चिकित्सकले बिरामी जाँचेबापत लिने परामर्श शुल्क बढ्यो, यस्तो छ शुल्क सूची



Download our app to get more features

काठमाडौं, ५ फागुन । नेपाल चिकित्सक संघ (एनएमए) र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपाल (अफिन) ले चिकित्सकहरुको परामर्श शुल्क सम्झौता अनुसार कार्यान्वयन गर्न अस्पतालहरुलाई भनेको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग सरकारले गत माघ ४ गते गरेको सम्झौता लागू नभएपछि एनएमए र अफिनले निर्णय गर्दै शुल्क कार्यान्यनका लागि भनेको हो ।

एनएमए र अफिनको मंगलबार बसेको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानी निम्नानुसारको परामर्श शुल्क तोकी आजैको मितिबाट लागू गर्ने निर्णय गरेको हो ।

सरकारले २०७१ साल ५ महिना ११ गते मन्त्रीस्तरीय निर्णयअनुसार २०७१ साल ६ महिना १ गतेदेखि लागू हुने गरी चिकित्सकले बिरामी जाँच गरेबापत लिन पाउने परामर्श शुल्क निर्धारण भएको र उक्त शुल्क पत्रमा परामर्श शुल्क २/२ वर्षमा पुनरावलोकन गरिने भन्ने उल्लेख छ । 

एनएमका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सकहरुको परामर्श शुल्कको सिफारिस गरी नेपाल मेडिकल काउन्सिको पूर्ण बैठकबाट समेत अनुमोदन भई स्वास्थ्य मन्त्रालयमा पेश भएको १ वर्ष बितिसक्दा पनि समय सापेक्ष शुल्क परिमार्जन नगरिएको हुनाले यो निर्णय गरिएको बताए ।

अबदेखि यस्तो हुनेछ परामर्श शुल्क :

Last modified on 2021-02-18 07:25:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts