‘किस डे’ : चुम्बन गर्दा सम्बन्ध राम्रो हुनुका साथै स्वास्थ्यलाई पनि हुन्छ फाइदा...
फेब्रुवरी महिनालाई प्रेमको महिना भनेर पनि चिनिन्छ । माया र प्रेमको महिना भएका कारणले फेब्रुवरीलाई विशेष मानिन्छ । प्रणय दिवस विशेष हुने यस महिनामा महिनै भरी माया र प्रेमको प्रतिकलाई मनाउने गरिन्छ । प्रणय दिवस अन्तर्गत आज ‘किस डे’ मनाइँदैछ । हुन त कोरोना महामारीका कारण अहिले पहिला झै यो दिवस उत्साहका साथ मनाइएको छैन । तरपनि दम्पत्ति र पार्टनरहरुले सावधानी अपनाएर यो दिवस मनाइरहेका छन् ।
मायाले भरिएको एक चुम्बनले तपाईंको भावनालाई मात्रै दर्शाउँदैन यसले तपाईंको स्वास्थ्यलाई पनि फाइदा पुर्याउने काम गर्छ । ह्युमन सेक्सुएलिटिमा अध्ययन गरेकी अमेरिकी डा. जेनेट ब्रेटियोले किस अर्थात् चुम्बन गर्दाको स्वास्थ्यजनक फाइदाको बारेमा यसो भन्छिन् :
चुम्बनमाथि विभिन्न अध्ययनहरु गरिएको छ । जसमा दुई जनाको सम्बन्ध राम्रो मात्रै बन्दैन उनीहरुको स्वास्थ्यलाई पनि फाइदा हुन्छ भन्ने देखिएको छ ।
खुशी : चुम्बन गर्दा एनडोफिन्स र एन्ड्रोफिन्स नामक हार्मोन उत्पन्न हुन्छ । जसले तपाईंलाई छुट्टै खुशी प्राप्त हुन्छ र तपाईंको तनावलाई कम गर्ने काम गर्छ । यदि तपाईं डिप्रेशनमा हुनुहुन्छ भने चुम्बन निकै नै फाइदाजनक हुन्छ ।
राम्रो जीवन बिताउनमा मद्दत : सन् २००९ मा गरिएको एक अध्ययन अनुसार जो व्यक्तिहरु चुम्बन गर्नबाट आनाकानी गर्छन् उनीहरुको तुलनामा चुम्बन गर्नेहरुले राम्रो जीवन बिताउने गर्छन् । चुम्बन गर्नेहरुले आफ्नो जीवन खुलेर बाँच्ने गर्छन् । चुम्बनले तपाईंलाई थकानबाट टाँढा राख्ने काम गर्छ र तपाईंको जीवन राम्रो बनाउँछ ।
सम्बन्ध बलियो बनाउँछ : चुम्बनको क्रममा अक्सिटसिन नामक हार्मोन बन्छ । जसले दुई जनाको बीच राम्रो सम्बन्ध बनाउने काम गर्छ । विशेषगरी दम्पत्ति वा पार्टनरहरुबीच हुने चुम्बनले एक अर्काबीच राम्रो सम्बन्ध बनाउनमा मद्दत गर्छ ।
अनुहारको मांसपेशि बलियो : चुम्बन गर्ने क्रममा तपाईंको अनुहारको ३० मांसपेशिहरु सक्रिय हुन्छ । जसले गर्दा तपाईंको अनुहारको मांसपेशि बलियो हुन्छ । मांसपेशी सक्रिय हुँदा तपाईंको मुखको पनि व्यायाम हुन्छ र तपाईंको गालासहित अनुहारलाई राम्रो बनाउँछ र मांसपेशीलाई कडा बनाइ राख्छ ।
हर्मोन तीव्र गतिमा परिवर्तन : प्रायः जसो व्यक्तिहरुले यौन क्षमतालाई बढाउनका लागि किस गर्ने गर्छन् । डा. ब्रेटियोका अनुसार चुम्बनको क्रममा पुरूषको टेस्टोस्टेरोन जस्ता हार्मोन महिलाको मुखमा स्थानान्तरित हुन्छ । टेस्टोस्टेरोनले महिलाको उत्तेजनालाई बढाइदिन्छ र यौनको अवसर बढेर जान्छ ।
मुटुको लागि फाइदाजनक : चुम्बन गर्नाले तपाईंको मुटुलाई फाइदा पुर्याउने काम गर्छ । चुम्बनले तपाईंको मुटुलाई स्वस्थ राख्ने र कार्डियोभास्कुलर रोगबाट जोगाउने काम पनि गर्छ । डा. ब्रेटियोले आफ्नो पार्टनरलाई नियमित रूपले चुम्बन गर्नेहरुमा तनाव कम हुने भन्दै चुम्बनले मुटुलाई पनि स्वस्थ राख्ने काम गर्छ । साथै पार्टनरहरु आफ्नो सम्बन्धलाई लिएर पनि सन्तुष्ट रहन्छन् ।
क्याबिटी कम हुन्छ : चुम्बनले तपाईं आफ्नो दाँतको क्याबिटीलाई हटाउन सक्नुहुन्छ । चुम्बन गर्ने क्रममा साल्भियाको उत्पादन बढेर जान्छ । यसले दाँतमा क्याबिटी, दाँत सर्ने र प्लार्क उत्पन्न गर्ने खालका किटाणुहरुलाई पनि नष्ट गर्छ । जसले तपाईंको दाँत स्वस्थ रहन्छ ।
एलर्जीबाट जोगाउँछ : चुम्बनले रगतमा एलजीई एन्टीबडीजको स्तर कम हुन्छ । यस एन्टीबडीजले हिस्टामाइनको प्रभाव गराउँछ । जसले हार्मोन एलर्जी जस्तै हाछ्यूँ र आँखामा पानी आउने जस्ता समस्याबाट राहत दिलाउँछ । त्यसकारण नियमित चुम्बन गर्नुपर्छ ।
दुखाई कम गर्छ : कतिपय मानिसहरु दुःखाईबाट राहत पाउनका लागि एक अर्कालाई चुम्बन गर्ने गर्छन् । चुम्बनको क्रममा शरीरमा एड्रेलिन नामक हार्मोन उत्पन्न हुन्छ जसले शरीरमा दुखाई कम गर्ने काम गर्छ । यदि एक अर्काको निकै नजिक भएर चुम्बन गर्ने हो भने यसले सबै किसिमका दुखाईलाई कम गर्छ । चुम्बनले सबैभन्दा काम गर्ने भनेको टाउकोको दुखाईमा हो ।
तनाव कम गर्छ : तनाव हुनेको मुख्य कारण कार्टिसल हार्मोन हो । चुम्बन गर्नाले कर्टिसोल कम हुन्छ र इम्यून सिस्टम बढ्छ । जसले तनावमा कमी आउँछ । त्यसकारण तनाव कम गर्नका लागि चुम्बन निकै लाभदायक मानिन्छ ।
क्यालोरी हुन्छ कम : नियमित चुम्बन गर्नाले २ देखि ६० क्यालोरी प्रति मिनेट कम हुन्छ । चुम्बन व्यायाम मध्येको उत्तम माध्यम पनि मानिन्छ ।