मलद्वार वरपर आउने सबै घाउ पायल्स हुँदैनन्, यसो भन्छन् डा. भाट
 
            पायल्स रोग हामीले बारम्बार सुनेको र कतिपयले त भोगेको समस्या पनि हो । यसलाई हेमोरोइड, बबासिर भनेर पनि भनिन्छ ।
पायल्स भनेको मानिसको मलद्धार वरिपरि रहेको रक्तनसाहरु विविध कारणबाट सुन्निएको अवस्था हो । साधारणतया ती रक्तनसाले दिसा गर्ने प्रक्रियालाई सघाउ पु¥याईरहेका हुन्छन् । एकिनका साथ संख्या निर्धारण गर्न नसकिए पनि नेपालमा यो समस्या व्यापक बनिरहेको छ । 
यसकारण हुन्छ पायल्स 
पायल्स हुने कुनै निश्चित एक कारण छैन । प्रायः नियमित दिसा गर्ने प्रक्रियामा बाधा भएमा, विभिन्न कारणबाट पेटको चाप बढेमा, बलपूर्वक मल त्याग गर्ने बानी भएमा र वंशाणुगत कारणबाट पनि पायल्स हुन्छ । लामो समयसम्म उभिनु पर्ने पेशा भएका व्यक्तिमा यो समस्या बढी देखिन्छ ।
यस्ता व्यक्तिलाई बढी जोखिम
पायल्स कब्जियत भएकामा, भारी वजन उठाउनेमा, बुढ्यौलीमा, गर्भवती महिलामा, ठूलो आन्द्रा तथा मलाशयको क्यान्सरका रोगीमा, रेशादार खानाको कमी गर्नेमा, बढी मात्रामा रक्सी, मासु, चुरोटको सेवन गर्नेमा बढी देखिन्छ । पायल्स दुई प्रकारका हुन्छन् । पहिलो बाहिरी पायल्स र दोस्रो भित्री पायल्स ।
पायल्सका लक्ष्यण
- सामान्यतया मलद्धार वरिपरिका जुनसुकै समस्यालाई पायल्स भनेर मानिसहरु चिकित्सककोमा पुग्ने गर्छन तर मलद्धार वरिपरि भेटिने सबै समस्या पायल्स होइनन । पायल्स मलद्वार वरिपरि देखिने मध्ये एक समस्या मात्रै हो ।
- बहिरी पायल्समा मलद्धार वरिपरि कुनै भागमा गाँठो भेटिने अनुभव हुन्छ यो अवस्थामा गाँठो अत्यधिक दुख्ने हुन्छ । यो डल्लो प्रायः भित्र छिर्दैन ।
- भित्री पायल्समा दिसा गर्ने ठाउँबाट रगत आउने हुन्छ । विभिन्न कारण मध्ये मलद्धारबाट रगत आउने एक रोग पायल्स हो । तर यसको विशेषता भनेको दिसा गरिसकेपछि मात्र रगत देखा पर्छ । यो अवस्थामा दुखाईको भने अनुभव हुँदैन । मलद्धार वरिपरि चिलाउने हुनसक्दछ । भित्री पायल्समा दिसा गर्ने बेलामा डल्लो भेटिने अवस्थाका आधारमा यसलाई चार चरणमा विभाजित गरिएको छ ।
१. रक्तनशाहरु गाँठो बाहिर आउँदैन, दिसापछि रगत देखा पर्छ ।
२. गाँठो निस्कन्छ अनि आफै भित्र जान्छ ।
३. गाँठो निस्कन्छ अनि हातले ठेलेर भित्र छिराउनुपर्छ ।
४. हातले ठेलेर पनि भित्र जाँदैन, मलद्धारमा अड्केर बस्छ ।
पायल्सको उपचार विधि
- रोग लागेपछि उपचार गर्नु त परि नै हाल्छ । यद्यपि, रोग लाग्न नदिनु बुद्धिमानी हुन्छ । पायल्समा पनि यो लागू हुन्छ । त्यसैले पायल्सबाट जोगिन सर्वप्रथम कब्जियतबाट जोगिनुपर्छ । दिसा नरम बनाइराख्न साग सब्जी र पानीको प्रशस्त सेवन गर्नुपर्छ । रक्सी र चुरोटको सेवन गर्नुहुँदैन भने माछामासु कम खाने गर्नु पर्छ । धेरै बेरसम्म दिसा रोकेर राख्नु हँुदैन ।
- बहिरी पायल्सको उपचारमा बिरामी ३ दिनभित्र आएमा गाँठोलाई काटेर फाल्न सकिन्छ । तीन दिन भन्दा पछि आएमा औषधि सेवन, आराम, सफासुघर तथा सिज बाथ (वाटामा तातोपानी राखेर मलद्धार डुबाएर बस्ने विधी) उपयुक्त हुन्छ ।
- भित्रि पायल्सको उपचारमा सुरुवाति दुई अवस्थामा आएमा खानपान, औषधि उपचार, आराम, सिज वाथ उपयुक्त हुन्छ । दोस्रो अवस्थालाई रबर व्याण्डले च्याप्ने, स्क्लेरोथेरापी पनि गर्न सकिन्छ अन्य दुई अवस्थामा भए सर्जरी नै गर्दा उपयुक्त हुन्छ ।
पायल्स हुने जटिलता
दिसा गर्दा अत्यधिक रक्तश्राव भई रत्तअल्पता (हेमोग्लोविनको कमी) सम्मको अवस्था आउन सक्छ । पायल्सको गाँठोमा घाउ भई किटाणुको संक्रमणबाट इन्फेक्सन भई एन्टिबायोटिक नै लिनुपर्ने अवस्था आउन सक्छ÷भित्री पायल्स चौथो अवस्थामा आई गाँठो च्यापिएर जटिल अवस्था सृजना हुन सक्छ ।
के पायल्स पछि क्यान्सर हुन्छ ?
प्रायजसो बिरामी पायल्सलाई क्यान्सर रोग हो कि भन्ने भ्रममा पर्छन । तर पायल्स रोग क्यान्सर होइन र पछि क्यान्सरमा परिणत हुने पनि होईन । तर पायल्स ठूलो आन्द्रा र मलासयको क्यान्सरको लक्षण भने हुन सक्दछ । त्यसैले साधारणतया ४५ वर्ष उमेरमाथि पायल्स देखिएमा वा दिसाको गडबडी भएमा सिग्मोइडोस्कोपी वा कोलोनोस्कोपी जाँच अनिवार्य हुन्छ ।
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                