कोरोना महामारीमा सबैभन्दा बढी प्रयोगमा आएको भिटामिन ‘सी’ को अत्यधिक प्रयोगले के हुन्छ ? जानौं
 
            कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै सर्वसाधारण नागरिकहरुमा अनेक प्रश्न र जिज्ञासाहरु जाग्यो । सर्वसाधारण नागरिक मात्रै होइन चिकित्सक, वैज्ञानिक, अनुसन्धानकर्ताहरुले पनि कोरोना भाइरसलाई लिएर अनेक प्रश्न उब्जाए । तर, कोरोना भाइरसबारे सहि र यकिन जानकारी हालसम्म पनि फेला परिसकेको छैन ।
हालसम्म फेला परेका विभिन्न अध्ययन र अनुसन्धानको आधारमा सन् २०१९ को अन्तिम महिना अन्तिम दिनमा चीनको वुहान सहरमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण एक व्यक्तिमा फेला परेको थियो । एकपछि अर्को गर्दै मानिसहरु संक्रमित हुने क्रम बढ्न थाल्यो र मृत्यु हुने क्रम पनि बढ्न थाल्यो । वैज्ञानिक र डाक्टरहरुले विभिन्न अध्ययन र उपचारको क्रममा कोरोना भाइरसले मानिसको रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्यूनिटि पावरमा प्रत्यक्ष असर गर्ने बताए ।
वैज्ञानिकहरुले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो भएका व्यक्तिमा कोरोना भाइरसले संक्रमण गर्ने सम्भावना कम रहेको भन्दै शरीरको इम्यूनिटि पावरलाई बलियो बनाइराख्न सल्लाह दिए । डाक्टर र वैज्ञानिकहरुले दिएको सल्लाहकै आधारमा मानिसहरुले शरीरको इम्यूनिटि पावर कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनुका साथै खोज पर्ताल गर्न थाले ।
बीबीसी फूडले गरेको एक अध्ययन अनुसार सन् २०२० मा इन्टरनेटमा सबैभन्दा बढी खोजिएको शब्द इम्यूनिटि पावर रहेको बताइएको छ । कोरोना भाइरसको डरका कारण मानिसहरु आफ्नो स्वास्थ्यका साथै रोगसँग लड्ने इम्यूनिटि पावर कसरी बलियो बनाउन सकिन्छ भनेर जान्नका लागि गम्भीर भएर विभिन्न उपायहरु अपनाउन थाले । जसका लागि भएभरका फलफूलको सेवन गर्ने र विभिन्न सप्लीमेन्टको प्रयोग गर्न थाले । जसमा सबैभन्दा बढी भिटामिन–सी युक्त फल र सप्लीमेन्ट सबैभन्दा बढी चर्चित बन्यो । वैज्ञानिकहरुले दावी गरे की, भिटामिन–सी इम्यूनिटि पावरलाई राम्रो बनाउनमा निकै सहयोगी हुन्छ ।
 
वैज्ञानिकहरुको यो दावी सहि हुन सक्छ । तर, के तपाईंलाई थाहा छ, भिटामिन–सी को अत्याधिक सेवनले तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । भिटामिन–सी पनि अन्य तत्त्व जस्तै हाम्रो शरीरका लागि फाइदाजनक हो । तर, यसको अत्याधिक प्रयोगले तपाईंको शरीरलाई हानि पुग्न सक्छ । 
आज हामी तपाईंलाई भिटामिन ‘सी’ को अत्याधिक प्रयोगले हुने साइड इफेक्टको बारेमा केहि जानकारी दिँदैछौं । साथै भिटामिन ‘सी’ को कति मात्रा तपाईंको लागि फाइदाजनक हुन्छ त्यस विषयमा पनि जानकारी गराउँदैछौं ।
वान्ता हुने : उल्टी एक्सपर्ट कहते हैं कि भिटामिन ‘सी’ की अत्याधिक मात्रा के सेवन से हमें डायरिया की शिकायत हो सकती है. आपका पेट खराब हो सकता है. उल्टी(दस्त की समस्या बढ़ सकती है. ये दिक्कतें बढ़ने पर बा‘डी डीहाइड्रेट भी हो सकती है.
हार्टबर्न : भिटामिन ‘सी’ को साइड इफेक्टमा हार्टबर्नको समस्या पनि पर्छ । यस अवस्थामा छातिको तल्लो र माथिल्लो भागमा जलन अर्थात् पोलेको जस्तो महसुस हुन्छ । घाँटीमा पनि पोलेको जस्तो समस्या बढ्ने हुन्छ । त्यसकारण भिटामिन ‘सी’ को सप्लीमेन्ट्स लिनुभन्दा पहिले एक पटक डाक्टरसँग सल्लाह गर्नुपर्छ ।
 
मन आत्तिने : भिटामिन ‘सी’ को अत्याधिक प्रयोगले तपाईंको मन आत्तिने वा मन बेचैन हुन सक्छ । भिटामिन ‘सी’ युक्त फलको अत्याधिक सेवनले यस्तो समस्या हुन सक्छ । तर, बजारमा पाइने भिटामिन ‘सी’ युक्त सप्लीमेन्ट्सको प्रयोग भने कमै मात्रामा गर्नुपर्छ ।
 
एब्डमिनल क्रैम्प : भिटामिन ‘सी’ को अत्याधिक सेवन गर्नाले तपाईंको पेटमा दुखाई हुन सक्छ । पेट बाउडिने जस्तो समस्या पनि हुन सक्छ । त्यसकारण एक पटकमा धेरै मात्रामा भिटामिन ‘सी’ युक्त खाद्य पदार्थको प्रयोग गर्नबाट जोगिनु पर्छ । 
अनिद्रा वा टाउके दुख्ने : भिटामिन ‘सी’ को अत्याधिक सेवनका कारण तपाईंलाई निद्रा नलाग्ने समस्या हुन सक्छ । जसलाई इन्सोमेनिया वा अनिद्रा र टाउको दुखाईको समस्या पनि भन्ने गरिन्छ । राती सुत्ने समय मन बेचैन हुने हुन्छ । त्यसकारण भिटामिन ‘सी’ युक्त खाना वा तत्वको सेवन सुत्ने समय गर्नु हुँदैन भने अत्यधिक मात्रामा पनि सेवन गर्नु हुँदैन ।
 
कति मात्रा हुन्छ उचित ?
विश्व स्वास्थ्य संगठनका अनुसार मानिसलाई प्रतिदिन ६५ देखि ९० मिलिग्राम भिटामिन ‘सी’ को आवश्यकता हुन्छ । उमेर अनुसार मानिसलाई भिटामिन ‘सी’ को आवश्यकता पर्छ । १० वर्षदेखि १८ वर्ष उमेर समूहलाई दिनमा ३० देखि ५५ मिलिग्राम भिटामिन ‘सी’ को आवश्यकता हुन्छ । एक दिनमा यदि २ हजार ग्रामभन्दा बढी भिटामिन ‘सी’ खाइयो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । उदाहरणका लागि एउटा सुन्तलामा करिब ६१ मिलीग्राम भिटामिन ‘सी’ हुन्छ । अर्थात् तपाईं एक दिनमा २ वटासम्म सुन्तला आरामले खान सक्नु हुन्छ । 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                