‘स्लिम एण्ड फिट’ हुने होडमा जब ढाडको नशा च्यापियो  



Download our app to get more features

रियलस्टेटको व्यवसाय गर्छु । स्वस्थ हुनका लागि स्वास्थ्यमा सचेत हुन जरुरी हुन्छ भन्ने लाग्छ । तर, आवश्यकता भन्दा धेरै सचेत हुँदापनि घातक हुनेरैछ कहिलेकाहीँ । म आफै पनि स्वास्थ्यसँग निकै सचेत थिएँ र छु । तर, चाहिनेभन्दा बढि नै सचेत भएर मैले चालेको कदमले भने कालान्तरमा आएर आफैलाई ठूलो पीडा दियो । करिब तीन वर्षपहिलेको कुरा हो । शरीर अलि मोटो भएका कारण म जसरी पनि तौल घटाउने होडमा थिएँ । त्यसैका लागि साथिभाईको सल्लाह अनुसार म नियमित जिम जान थालेको हो ।

साथीभाईले सिटअप गरे पछि पेट घट्छ भने, उनिहरुकै लहलहैमा लाग्दा दैनिक २०/२५ पटकसम्म गर्नुपर्ने सिटअप पेट घटाउने होडमा दैनिक २ सय पटकसम्म गर्न थाले । जसले ३ महिनामा मेरो पेट घट्न पुग्यो । तर, तीन महिनापछि सिटअप गर्दागर्दै एक्कासी पछाडी दुख्यो । दुखाई यसरी बढ्यो कि दश मिनेटमै हिड्न समेत नसक्ने भएँ । त्यसपछि त एम्बुलेन्स नै बोलाउनु पर्योे । 

तुरुन्तै अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याई मलाई भर्ना गरियो । स्वास्थ्यजाँचका दौरान एमआरआई गर्दा थाहा भयो मेरो ढाडको नशा च्यापिएको रहेछ । चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भन्दै तयारी गर्न सल्लाह दिए । तर म शल्यक्रिया गर्न अलि डराएँ र शल्यक्रिया गर्ने पक्षमा पनि थिएन । परिवार र साथीहरुको सल्लाहमा गौशालामा रहेको एक प्राकृतिक चिकित्सालयमा पुगे । त्यहाँ मैले धेरै दुख पाएँ ।

चिसो खोरमा राखेर उपचार गर्ने, जथाभावी मालिस गर्नेगर्दा मेरो समस्या निको भएन । नशा च्यापिएको समस्यामा प्राकृतिक चिकित्सा प्रभावकारी उपचार पद्धति हो भन्ने मलाई पहिला देखिनै थाहा थियो । त्यसैले साथीको सल्लाहमा गौशालाबाट म स्पार्क हेल्थ होम सोल्टिमोडमा पुगे । २ वटै खुट्टा नचल्ने व्यक्ति समेत १५ दिनमै हिँडेर घर फर्केको कुरा सुनाउँदै साथीले मलाई त्यँहा पुर्याए । 

हेल्थहोमका विशेषज्ञले फिजियोथेरापी, ट्राक्सन, अकुपञ्चर, टेन्स, मसाज जस्ता उपचार  विधि सुरु गरेको १० दिनमा म आफै गाडी चलाएर आउन सक्ने भएको थिएँ । यहाँ आउँदा दाहिने खुट्टा सेन्सलेस थियो भने शरीर पुरै बाङ्गो थियो । मनदेखी भन्नु पर्दा मलाई  पुनर्जन्म पाएको जस्तै खुशी मिलेको छ । जुन अवस्थामा यहाँ छिरेको थिएँ सोचेको पनि थिइँन कि यति छिटो निको भएर हिड्न सक्छु भन्ने । 

सायद शल्यक्रिया गरेको भए यति छिटो र पूर्ण रुपमा निको हुने थिएन होला जस्तो लाग्छ । नशा च्यापिएको समस्यामा शल्यक्रिया भन्दा प्राकृतिक उपचार पद्धति प्रभावकारी हुन्छ भनेको सुनेको मात्र थिए । जब यो समस्या आफैलाइ भयो र उपचारपछि निको भएको छ यसले यो पद्धतिप्रति झनै विश्वास पनि बढेर गएको छ । 
यहाँ २५ प्रतिशत आश लिएर आएको थिए । शल्यक्रियाबाट यसको समाधान हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि एपोलो अस्पताल दिल्ली जानेसम्म कुरा भएको थियो । अन्तत यहाँको उपचारबाट पूर्ण निको भएको पनि ३ वर्ष भएको छ ।  

म सबैलाई सल्लाह दिन चाहान्छु । तपाईंहरु पनि पनि दुब्लाउने होडबाजीमा आवश्यक्ता भन्दा धेरै शारीरिक कसरत त गरिरहनुभएको छैन ? ज्यान फिट राख्ने नाममा आफैलाई घातक हुने व्यायाम नगरौं । विशेषज्ञको परामर्श र अनुगमनमा मात्र कसरत गर्नुहोला ।  


 

Last modified on 2016-07-20 15:28:27

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Ureter ma raheko stone hataune kunai treatment method xa vane plz suggest me


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts