महिनावारी सुकिसकेको महिलाको यौनीबाट सेतो पानी बग्नु खतराको संकेत: डा. वैद्य

भिडियोसहित



Download our app to get more features

महिलासँग सम्बन्धीत विभिन्न स्वास्थ्य समस्या मध्येको एक हो सेतो पानी बग्नु । जसलाई ह्वाईट डिस्चार्ज पनि भनिन्छ । विशेषगरी महिलाको यौनीबाट सेतो पानी बन्गे गर्छ भने पाठेघरमा पनि यो समस्या देखिन सक्छ ।

सामान्यतया हेर्ने हो भने सेतो पानी बग्नुलाई अधिकांश महिलाहरुले वेवास्ता गरेको र पछि पाठेघरको मुखको क्यान्सर वा अन्य यौनीसँग सम्बन्धीत समस्याहरु देखिने हुन्छ । त्यसकारण सेतो पानी बगेको छ भने त्यसलाई बेवास्ता भने गर्नु हुँदैन ।

सेतो पानी किन बग्छ ? सेतो पानी बग्यो भने के हुन्छ ? लगायतका थुपै्र प्रश्नहरु महिला वा किशोरीहरुमा उब्जिने गर्छ । तर, यसलाई गम्भीरतका साथ नलिने बानीले समस्या बल्झिने हुन्छ । महिनावारी हुने वा भइराख्नेहरुमा सेतो पानी बग्नु र महिनवारी सुकिसकेकाहरुमा सेतो पानी बग्ने दुई अवस्था हुन्छ ।

महिनावारी सुकिसकेको महिलामा सेतो पानी बग्नु डर लाग्दो अवस्था हो । किनकी महिनावारी सुकिसकेको महिलामा सेतो पानी बग्ने र गन्हाउने, रगत मिसिएको सेतो पानी बग्नु भनेको खतराको संकेत हुन सक्छ । किनभने महिनावारी सुकिसेकेको अवस्थामा यौनीबाट निस्कने चिल्लो पदार्थ आउने क्रम नै बन्द भइसकेको हुन्छ । त्यसकारण महिनावारी सुकिसकेको महिलामा यदि सेतो पानी बग्ने, सेतो पानी बग्नुको साथै गन्हाउने, रगत मिसिएको पानी बग्ने कुरालाई बेवास्ता गर्नु हुँदैन । यस्तो समस्या देखिनु भनेको पाठेघरको मुखको क्यान्सरको संकेत हुन सक्छ वा यौनीमा संक्रमण भएको हुन सक्छ । त्यसकारण समयमै सचेत भएर चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

अर्को कुरा भनेको महिनावारी भइराख्ने महिला वा किशोरीहरुमा त्यस्तो समस्या छ भने पनि त्यो यौनीमा संक्रमण भएको हुन सक्छ । यौनी अर्थात् भजाइनामा संक्रमण हुनुको विभिन्न कारण हुन सक्छ । जस्तै पिसाब फेर्दा यौनीलाई सफा नगर्नु, पिसाब फेरेर पनि यौनीलाई सुक्खा नबनाउनु वा पटक पटक पिसा फेर्ने तर त्यसलाई सुक्खा नबनाउनाले पनि सेतो पानी बग्ने वा सेतो पानीसँगै गन्हाउने समस्या पनि हुन सक्छ । त्यसकारण पिसाब गरिसकेपछि यौनीलाई सक्खा बनाइ हाल्नु पर्छ ।

अर्को कुरा संक्रमण भनेको जहाँबाट पनि हुन सक्छ । जस्तै कि दिशा गर्ने बेलामा सफा गर्दा पछाडी मलद्वार सफा गर्ने क्रममा त्यसै हातले यौनी पनि सफा गरिदिनाले पनि त्यसले यौनीमा संक्रमण गराउने हुन सक्छ । त्यस्तै यौनीमा संक्रमणको अर्को कारण भनेको अन्डरगार्मेन्ट अर्थात् भित्रि लुगा सफा नहुनु, घाममा मज्जाले नसुकाउने जस्ता बानीले पनि यौनीमा संक्रमण गराउने हुन्छ । त्यस्तै चिसोले पनि यौनीमा संक्रमण गराउन सक्छ । किनकी महिलाको यौनी भनेको एकदमै संवेदनशिल भाग हो । जहाँ चिसो अथवा ओसिलो भइराख्यो भने त्यहाँ सेतो दूधको जस्तो पानी बग्ने, दहीको टुक्रा जस्तो आउने र चिलाउने जस्ता समस्याहरु हुन सक्छ । त्यसकारण यौनीलाई संक्रमणबाट जोगाउनका लागि सुक्खा बनाइ राख्ने र सफा राख्नुपर्छ ।

महिलाको संवेदनशील अंग रहेको यौनीमा संक्रमण हुन नदिनका लागि महिनावारीको बेला पनि विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा के हुन्छ भने महिनावारी हुँदा घरकै कपडा प्रयोग गर्ने, कपडा प्रयोग गर्दा पनि कसरी प्रयोग गरिएको छ ? सफा गर्दा राम्रोसँग सफा भएको छ की छैन, यदि सफा गरिएको छैन र एउटै कपडा लामोसमय प्रयोग गर्ने हो भने त्यसले पनि संक्रमण गराउन सक्छ । त्यसकारण यी कुरामा पनि ध्यान दिनुपर्छ । अब सेनेटरी प्याड लगाउनेलाई त ठिकै छ संक्रमण कम हुन्छ किनभने प्याड भिज्नासाथ प्याड चेन्ज गरिहालिन्छ । तर, गाउँघरमा बस्ने महिलाहरुले परिवार नियोजनको साधन कपर्टी राख्ने गर्छन् त्यसले पनि संक्रमण गराउने हुन्छ ।

त्यसबाहेक कहिलेकाही पानी आयो वा पानीसँगै रगत मिसिएको छ भने त्यो पाठेघरको मुखबाट त पानी झर्या होइन भनेर हेर्नुपर्छ । त्यसकारण पानी झर्यो भन्ने कुरालाई संक्रमणको साथै पाठेघरमा कुनै समस्या त भएन भनेर पनि हेर्नु आवश्यक हुन्छ । अर्को भनेको पानी झर्ने साथसाथै पेटपनि दुखेको छ भने पाठेघरमै संक्रमण भएको छ भनेर बुझ्नु पर्छ । तर, केही समस्या छैन खाली पानी मात्रै बगेको छ भने पाठेघरको मुखको क्यान्सर हो की भनेर शंका गर्नुपर्छ । यी यस्ता समस्या देखिएमा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु पर्छ र समयमै गर्नु उचित हुन्छ । यस्ता कुरालाई बेवास्ता भने गर्नु हुँदैन । त्यसले पछि ठूलो समस्या ल्याउन सक्ने हुन्छ । 

भिडियोसहित:

Last modified on 2021-01-11 16:14:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts