मौन घातक रोग मधुमेहबाट जोगिन अपनाऔं यी उपाय



Download our app to get more features

मधुमेह अहिले विश्वभरि नै फैलिएको रोगहरु मध्येको एक हो । इन्टरनेशनल डाइजिटिज फेडेरेशनका अनुसार महामारीको रुपमा फैलिरहेको मधुमेहका कारण हाल विश्वभर झन्डै ४६ करोड हाराहारीमा मानिसहरु प्रभावित छन् । सन् २०४५ सम्ममा यो संख्या झन्डै दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ भने दक्षिण एसियामा यो संख्या ७४ प्रतिशतले बढेर जानेछ ।

मधुमेह के हो ?
प्यानक्रियाज वा अग्नाशयमा इन्सुलिन नामक हार्मोन उत्पादन हुन्छ । इन्सुलिनले कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । प्यानक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा मधुमेह रोग लाग्ने गर्छ । सामान्यतया रगतमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने हुन्छ । विश्वमै दीर्घ रोगले चिनिएको मधुुमेह एकपटक लागिसकेपछि पूर्ण रुपमा निको हुँदैन । यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । त्यसैले यो रोग लाग्नु भन्दा पहिले रोग लाग्नै नदिनुमा ध्यान दिनु पर्छ ।

कति प्रकारको हुन्छ मधुमेह ?
अहिलेसम्मको अभ्यासमा मधुमेह दुई प्रकारको हुन्छ । टाइप वान र टाइप टु ।
टाइप वान : टाइप वान मधुमेह विशेष गरि युवा अवस्था र बालबालिकामा लाग्ने गर्छ । टाइप वान मधुमेह भनेको शरीरमा इन्सुलिनको मात्र शून्य जस्तै हुनु हो ।
टाइप टु : टाइप टु मधुमेह मोटोपना भएका, असन्तुलित खानपान, अत्यधिक तनाव, व्यायामको कमीले हुने गर्छ ।

मधुमेह एउटा मौन घातक रोग हो । जसले लक्षण नै नदेखाई शरीरमा विभिन्न रोगहरु निम्त्याउने काम गर्छ । जसले गर्दा मानिसलाई आफू स्वस्थ भएको अनुभव हुँदा पनि मधुमेहले उच्च रक्तचाप, पक्षघात, मिर्गौलामा समस्या लगायतका रोगहरु हुन सक्छ ।
यो एक प्रकारको वंशानुगत रोेग पनि हो । जसले हाम्रो शरीरमा ग्लुकोजको मात्रालाई बढाउँछ र शरीरमा नकारात्मक असर पर्न जान्छ ।

मधुमेहका लक्षणहरुः

  • शरीरको तौल घट्दै जाने
  • मुख सुख्खा हुने
  • छिटोछिटो पिसाब लाग्ने
  • शरीर धेरै मोटो अथवा पातलो हुने
  • मधुमेह भइसकेपछि के हुन्छ ?
  • मिर्गौलामा असर पर्ने
  • आँखाको ज्योति गुम्न सक्ने
  • दीर्घकालिन रुपमा हृदयघात
  • मष्तिक पक्षघात
  • खुट्टा झम्झमाउने


घाउ हुने र घाउ भएको थाहै नहुने, जसले गर्दा खुट्टा काट्नै सम्मको अवस्था आउन सक्छ । अर्को भनेको गर्भावस्थामा पनि मधुमेह हुन सक्ने सम्भावना उच्च हुन्छ । गर्भावस्थामा देखिएको मधुमेह पछि बालबालिकामा पनि हुन सक्ने सम्भावना रहन्छ ।

मधुमेह शरीरबाट निर्मूल पार्न सकिने रोग होर्ईन तर सन्तुलित आहार, नियमित व्यायम र सकारात्क व्यवहारले यसलाई नियन्त्रणमा राख्न सकिन्छ । मधुमेह रोगलाई कसरी नियन्त्रणमा राख्ने र मधुमेह हुनै नदिने विषयमा मधुमेह, थाइराइड तथा हार्मोन रोग विषेशज्ञ सुमन सिंखडा यसो भन्छन्ः

हेरौं भिडियोमा:

Last modified on 2020-12-31 07:29:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts