मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको उद्दघाटन गरियो



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवन सञ्चालनमा आएको छ । 

२०७४ फाल्गुण १८ गते शिल्यानाश गरिएको भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार उद्दघाटन गरेका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा निर्माण भएको भवनमा २५ करोड रुपैयाँ लगानी भएको छ । 

अस्पतालका निर्देशक डा. उत्तम कृष्ण श्रेष्ठले भवनमा २५ वटा जेनरल वेड, ११ वटा क्याविन र एउटा VVIP Suite को व्यवस्था रहेको र ४ वटा ICU bed  रहेको बताए ।

उनले ४१ वेडमा मोनिटर जडान गरिएको र मोनिटरको सेन्ट्रल मोनिटर रहने पनि बताए । उनले नेपालमा पहिलोपटक सम्पूर्ण वेडको सेन्ट्रल मोनिटरको व्यवस्था रहेको यो एउटै मात्र अस्पताल रहने पनि जानकारी गराए ।

डा.श्रेष्ठका अनुसार अस्पतालमा नेपालकै पहिलो  Hybrid Cardio-vascular Operating theatre पनि निर्माण हुन लागेको छ । जुन theatre मा एकै समय शल्यक्रिया र Cath lab को काम गर्न सकिनेछ । ६ महिनापछि शुरु हुने उक्त Hybrid theatre नेपालकै पहिलो  Hybrid Cardio-vascular Operating theatre हुनेछ ।

मुटु, फोक्सो र रक्तनलीको विशेष उपचार गर्ने सेन्टरमा बिरामीको संख्या बढ्दै गएपछि पठन–पाठन र रिसर्चको काम समेत अगाडि बढाउने हिसाबले मनमोहन सेन्टर एनेक्स भवनको स्थापना गरिएको हो ।

Last modified on 2020-11-04 19:42:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts