के दीर्घरोगीको मिर्गौला बिग्रेकोे लक्षण देखिँदैन ?



Download our app to get more features

तपाईं कुनै दीर्घरोगी हुनुहुन्छ भने सचेत हुनुहोस्, कुनै संकेत नदेखाई मिर्गौला गुम्न सक्छ । दीर्घरोग नभएकामा भने मिर्गौला बिग्रिएको केही संकेत देखिन्छ ।मिर्गौला रोग विशेषज्ञ डा.शक्ति बस्नेत भन्छन्ः

सामान्य व्यक्ति
स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा केही नपत्याउने लक्षण देखिन्छन् । उकालो–ओरालो गर्दा थकाइ महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक पानी पिउँदा पनि मुख सुकिरहनेजस्ता लक्षण देखिन्छन् । लक्षण बिरामीअनुसार फरक–फरक देखिन सक्छ । मिर्गौला बढी नै बिग्रिँदै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जाने र बिस्तारै छालाको कत्ला नै निस्किन थाल्छ । मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ ।

दीर्घरोगी
कुनै दीर्घरोगले ग्रस्त व्यक्तिको भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घरोगीमा बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर मिर्गौला ड्यामेजको अवस्थामा पुग्ने खतरा रहन्छ । यस्ता व्यक्तिले वेला–वेलामा मिर्गौला जाँच गराउनु नै खतराबाट बच्ने उत्तम उपाय हो । पिसाब परीक्षण गरेर पनि मिर्गौला स्वस्थ रहे/नरहेको पत्ता लगाउन सकिन्छ । बिग्रिन थालेको सुरुवाती अवस्थामै पहिचान भएर उपचार गरिए मिर्गौला जोगाउन सकिन्छ ।

Last modified on 2020-11-03 07:40:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts