तपाईं कति मोटो हुनुहुन्छ ? - डा. अंशुमाली जोशी
साधारणतया मोटो हुनुलाई हाम्रो समाजमा स्वस्थ, खुशी र सन्तुष्ट मानिसका रुपमा चित्रण गरिन्छ । अझ कतिले त मोटो हुुनुलाई खानदानी परम्परा भनेर गर्वसमेत गर्ने गर्छन । तर, मोटो हुनुलाई तपाईं सकरात्मक रुपमा लिने गर्नुहुन्छ भने त्यो गलत हो । तपाईंले आफ्नो तौललाई सन्तुलनमा राख्न नसक्नुको परिणाम मोटोपना हो ।
तपाईं कति मोटो हुुनुहुन्छ ?
मोटोपन नाप्ने विभिन्न तरिका छन् ।
तरिका नं १.
तपाईंको लम्बाई सेन्टिमिटरमा नाप्नुस् त्यसबाट १०० घटाउनुस् । जति आउँछ त्यति किलो नै तपाईंको लम्बाई अनुसारको तौल (Ideal Body Weight) हुनुपर्छ । यदि त्यो भन्दा बढी तौल भएमा त्यो तपाईंको अनावश्यक मोटोपना हो ।
तरिका नं २.
तपाईंको लम्बाइ मिटरमा र तौल किलोग्राममा नाप्नुस् । लम्बाइलाई लम्बाइले भाग गर्नुस्, जति निस्कन्छ त्यतिले तौललाई भाग गर्नुस् । त्यसो गर्दा तपाईंको BMI (Body Mass Index) निस्कन्छ । यदि तपाईको BMI २३ भन्दा बढी भएमा तपाईं मोटो हुनुहुन्छ ।
मोटोपनासँग किन डराउने ?
मोटोपना विभिन्न रोगको कारक हो । मोटोपनाका कारण निम्न रोग हुने जोखिम उच्च हुन्छ ।
१. मधुमेह
२. उच्चरक्तचाप
३. उच्च कोलस्ट्रोल
४. हृदयघात
५. पक्षघात
६. छातिका विभिन्न रोग
७. युरिक एसिड
८. घुँडाको हड्डी खिइने
९. क्यानसरको जोखिम बढ्छ
१०. महिनावारी गडबढ
११. निसन्तानपना
१२. ग्यास्ट्रिक
१३. पित्तथैलीको पथ्थरी
१४. आमाशयमा समस्या
१५. कलेजो सुन्निने
मोटापनाले मानिसको रोग लाग्ने सम्भावनालाई ह्वात्तै बढाइदिन्छ । त्यस्तै मोटोपना नियन्त्रण गर्न सक्यो भने विभिन्न दीर्घरोगको सम्भावनालाई धेरै हदसम्म टार्न सकिन्छ ।
मोटोपन हुनेहरुले तौल घटाउन किन जरुरी छ ?
यदि १० % मात्र तौल घटाएमा कस्ता जोखिम न्यूनीकरण हुन्छन् त ?
१. सुगर ३०–५० प्रतिशतले कम हुन्छ
२. आइडियल नामक खराब कोलस्ट्रोलको मात्रा १५ प्रतिशतले कम हुन्छ ।
३. हानीकारक ट्राइग्लिसेराइड ३० प्रतिशतले कम हुन्छ ।
४. एचडिएल भनिने राम्रो कोलस्ट्रोल ८ प्रतिशतले बढ्छ ।
५. सुगर हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ ।
६. रक्तचाप १० एमएमएचजीले कम हुन्छ ।
पछिल्लो समय अस्वस्थकर खानपान, विलासी जीवनशैली र व्यायामका अभावमा धेरै मानिसमा मोटोपनाको समस्या प्रकोपकै रुपमा देखिएको छ । जसले गर्दा नसर्ने रोग लाग्ने जोखिमलाई बढाएको छ । यस्तो अवस्थामा मोटोपनाको जोखिमबाट मुक्ति पाउन सकेमात्र पनि धेरैजस्ता जीवनशैली सम्बन्धित रोगबाट जोगिन सकिन्छ ।
त्यसैले, आजै आफ्नो तौल जाँच गर्नुस र मोटो नहुन प्रयत्न जारी राख्नुस् ।
1 Comments
-
डा. तपाईलाई फेसबुक हेर्ने फुर्सद सायद नहोला याने सहयोगीले अपडेट गरि देलान पनि । तपाई पोखरा कहिले आउदै हुनुहुन्छ । म तपाईलाई भेट्न निकै जिग्यासु छु ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।