शिक्षण अस्पतालका चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी



Download our app to get more features

काठमाडौं, १ जेठ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएसँगै  बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन क्वारेन्टाइन तथा ‘सेल्फ आइसोलेसनमा राख्ने तयारी गरेको छ ।

अस्पतालको न्यूरो सर्जरी वार्डको बेड नंम्बर ५० मा भर्ना भएकी ६ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँँटीको बिरामी रहेको अस्पतालले जनाएको छ । अहिले ती बालिकालाई गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी बिरामीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएमा कन्ट्र्याक ट्रेसिङ र परीक्षण गरिने अस्पतालले जनाएको छ । निर्देशक प्राडा खड्गाले बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काममा फर्कन पनि अनुरोध गरेका छन् । अस्पतालले अत्यावश्यकबाहेकका शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) को प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध गरेको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts