किन फुल्छ कम उमेरमै कपाल ?



Download our app to get more features

लिलो उमेर मै कपाल फुलेर धेरैलाई हैरान बनाएको हुनसक्छ । सानो मै कपाल फुल्दा बुढो भइछस् भन्दै जिस्काउने प्रचलन पनि छ हाम्रो समाजमा । जसका कारण कपाल फुल्दा आत्मग्लानी समेत हुने गरेको छ । जब कपाल फुल्छ, अनि कतिपयले कपालमा रातो तथा कालो मेहेन्दी लगाउने गर्छन । 
 

आखिर किन फुल्छ त कपाल ? 


धेरैले भन्ने गर्छन् म अन्य स्थानमा जाँदा पानी परिर्वतन भएर, हावापानी परिवर्तन भयो भन्ने गर्छन्, यो सबै भ्रम मात्र हो । 


टाउकोमा हेयर फोलिकल रहेको हुन्छ साथै मेलानोसाइट सेले हुन्छ । छालामा पनि मेलानोसाइट रहेको हुन्छ । यसको मुख्य काम भनेको छाला तथा कपालमा रङ दिने हो । यो यु मेलानिल र फियो मेलानिल गरी दुई प्रकारको हुन्छ । यु मेलानिलले कपाललाई कालो बनाउछ भने फियो मेलानिलले खैरो वा रातो बनाउँछ । मेलानोसाइटमा ह्रास भएमा वा राम्रो सँग उत्पादन भएन भने कपाल सेतो हुने हुन्छ । 


कपाल फुल्ने प्रमुख कारण वंशाणुगत नै हो । बुबा आमाको कम उमेरमा नै कपाल फुलेको थियो भने पनि कम उमेरमै कपाल फुल्ने हुन्छ । यस बाहेक रक्तअल्पता, थाइराइड, भिटामीनको कमी, जिङ्कको कमी, विभिन्न औषधि सेवन, एन्टी क्यान्सर औषधि, ब्लड क्यान्सर जस्ता समस्या कारण पनि कपाल फुल्ने गर्छ । बालबालिकालाई चाहिने पौष्टिक आहारको कमी भए कुषोषण हुनुको साथै कपाललाई आवश्यक पर्ने पौष्टिक तत्वको पनि कमी हुन जान्छ । जसका कारण उमेर भन्दा पहिला नै कपाल फुल्ने सम्भावना रहन्छ । यदि टाउकोमा दुबी भएमा पनि त्यस स्थानमा कपाल फुल्ने सम्भावना हुन्छ । यि बाहेक कहिलेकाहीँ हर्मोनको परिर्वनका कारण यस्तो समस्या उत्पन्न हुन सक्छ । 


कपाल के कारणले फुलेको यसका लागि सर्वप्रथम उसको पारिवारिक इतिहास हेर्नु पर्छ । किन भने कपाल फुल्ने प्रमुख समस्या नै वंशाणुगत भएको हँुदा परिवारका अन्य सदस्यमा समस्या छ वा छैन यसको जानकारी लिनु जरुरी हुन्छ । यसबाहेक अन्य जाचँका लागि उसको उमेर अनुसार तौल र उचाई कस्तो रहेको छ त्यस अनुसार पौष्टिक आहारका कारण उसको तौलमा कमि भएको हुन सक्छ । त्यसैगरी शरीरमा आइरनको मात्रा, भिटामीन, फोलीक एसिडको मात्रा, थाइराइड जाँच गरिन्छ । पौष्टिक आहारको कमीका कारण शरीरमा आइरन, जिङ्कको कमी समेत भएको हुन सक्छ । 


वंशाणुगत कारणले कपाल फुलेको हो भने यसलाई रोकथाम गर्न सकिँदैन । तर पौष्टिक आहारको कारण हो भने खानपानमा विशेष ध्यान दिनुपर्छ । पौष्टिक आहारको साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ । साथै खानामा सँधै हरियो सागपातको प्रयोग गर्नु पर्छ । यसबाहेक क्याल्सीयम प्यान्टोथिनेट अर्थात भिटामीन बी फाइभको सेवन गर्नु पर्छ । के कारणले कपाल फुल्ने समस्या देखिएको हो त्यसको निक्र्याेल गरी सो अनुसार उपचार गर्नुपर्छ । 


डा. घिमिरेसँग बासुदेव न्यौपानेले  गरेको कुराकानीमा आधारीत  

Last modified on 2016-08-08 17:00:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts