लकडाउन र त्यसपछि सरकारले गर्नुपर्ने तयारी



Download our app to get more features

चरम संकट हुँदा आउने चुनौती सामना गर्न र साथै सुरुको चरण मा सकभर समुदायमा रोग फैलिनबाट रोक्न र महामारी सकभर काबु बाहिर नजाओस् भनेर, व्यवस्थापन र बिरामीको उपचार गर्न  लकडाउन गरिएको हो । साथै संक्रमित भैसकेका र उसका सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि बेलैमा जाँचपड्ताल गर्ने र सोहीअनुसार निदान गर्नु लकडाउनको उद्देश्य हो । यो समय लकडाउनपछिको चरणको व्यापक तयारी र योजना बनाउने समय पनि हो । लकडाउनलाई कसरी व्यवस्थित गर्दै खोल्दै लैजाने भन्ने एउटा पाटो हो अर्को भनेको लकडाउनको समयमा धेरै काम, धेरै योजना, धेरै सेवा प्रवाह प्रभावित हुने हँुदा लकडाउन खुलेपछि हुन सक्ने भीडभाड व्यवस्थापन चुनौतीपूर्ण छ । 

कोरोना भाइरस (कोभिड–१९) प्रभावित बेरोजगारी समस्या, विभिन्न  व्यापार व्यवसायमा आएका समस्याको लेखाजोखा र उचित सम्बोधन गर्ने बेला पनि हो । त्यसैले यो समय भनेको गम्भीर रुपमा तयारी गर्ने बेला हो । दैव संयोगले तयारीको लागि यतिको समय र लकडाउनको समय पनि जोड्दा तयारीको लागि समय नभएको गुनासो गर्ने ठाउँ छैन । निश्चय पनि सारा बिश्वले नै भोगेको समस्या र चुनौती हो यो । नौलो समस्या पनि हो । त्यसैले यो भाइरस र रोगका बारेमा अरु जान्न बाँकी छ तैपनि बाँकी विश्वबाट धेरै देख्न सिक्न र हाम्रो परिस्थिति अनुसारको निर्णय गरेर लागू गर्न हामीलाई मौका छ । जसको भरपुर सदुपयोग हुनु जरुरी छ ।

लकडाउनको बेला गर्नुपर्ने थप कार्य
राहतका सम्बन्धमा

१) स्थानीय तहमार्फत सरकारले बाँडेको राहत धेरैले पाएकै छैनन् भन्ने समाचार आइरहेका छन् । राहत पाउने सबैको विस्तृत विवरण अनलाइन राखिओस् जसको सरोकारवालाहरु निगरानी गर्न सकुन ।

२) राहत वितरणमा कुनै अनियमितता भए वा राजनीतिकरण, विभेद भएमा तुरुन्त गुनासो दर्ता गराउने र तेसको सुनुवाई र छानबिन एवं कारबाही हुने बेवास्था गरिओस् ।

३) सरकारले अहिले बाँडेको राहत पर्याप्त छ ? सरकारले अत्यन्त गरिबलाई खातामा रकम पठाउने व्यवस्था र उचित रकमको प्याकेज घोषणा गरोस् । 

४) राहत सामग्री बाँड्दा भीडभाडका भइरहेका अवस्गा यसमा सावधानी अपनाउ ।

अन्य ध्यान दिनुपर्ने कुरा
१) मदिरा पसल र मदिरा खरिदबिक्री लकडाउन अवधिभर बन्द गर्ने ।

२) तरकारी बजार व्यवस्थित गरि भीडभाड हुन नदिने ।

३) सबै संबैधानिक अंगहरु जस्तै मानव अधिकार आयोग, महिला आयोग, दलित आयोगलगायतका सबै आयोग लाई अत्यन्तै सक्रिय भूमिका निभाउन अनुरोध गर्ने । 

४) योग र व्यायामलाई घरमैमा गर्न प्रोत्साहन गर्ने ।

५) टेलिफोन वा अनलाइनबाट मनोचिकित्सक तथा मनोवैज्ञानिक परामर्शदातासँग परामर्श लिने । अनलाइन अध्यापन, बिद्यार्थी र बच्चाहरुलाई लक्षित कार्यक्रम टिभी वा अनलाइनमार्फत प्रवर्धन तथा संचालन गर्ने ।

६) विदेशमा रहेका नेपाली, वैदेशिक रोजगारीका लागि गएका र विदेशमा अध्यनरत  विद्यार्थी तथा नेपाल–भारत नाकामा अड्केका तथा देशभित्रै अफ्ठ्यारो र अलपत्रमा परेका व्यक्तिको उद्दार या सहयोग गर्न सरकारले तत्परता जनाउने । 

७) भारतमा क्वारेन्टाइनमा जातीय छुवाछुत समस्याको समाचार आएको, हाम्रो देशमा पनि कैयौं ठाउँमा अझै त्यो समस्या छ । साथै महिनावारी, छाउ लगायतका समस्या भएको अवस्थामा, क्वारेन्टाइन व्यवस्थापनमा मानव अधिकार हनन् नहुने र सबै सुरक्षित हुने वातावरण बनाउनु पर्यो । अति आवश्यक सेवा र सुरक्षाकर्मीसहित मापदण्ड पुगेको र मान्छे बस्न खुसी हुने खालको खान, खाजा र आवासको व्यवस्था भएको क्वारेन्टाइन बनाउने । 

कोभिड क्लिनिक सञ्चालन सम्बन्धमा
कोभिड क्लिनिक अन्तर्गत फिवर क्लिनिक संचालन गर्ने, अन्यको हकमा आइसोलेसनसहितको सेवा सकभर डेडिकेटेड अस्पतालबाट मात्रै गर्ने । यसो गर्दा अन्य बिरामी सेवा पाउनबाट बन्चित हुँदैनन् र प्रभावकारी सेवा पाइराख्छन । कोरोना संक्रमणको जोखिम कम गर्न पनि यो विधि महत्वपुर्ण हुन्छ । स्वास्थ्यकर्मीहरु पनि कम जोखिममा हुने र प्रभावकारी सेवा दिन सक्ने अवस्था हुन्छ । हालको अवस्थामा कोभिड क्लिनिक र आइसोलेसन संचालन गर्न जिल्ला अस्पताल वा त्यो भन्दामाथिको अस्पताल छानिएको छ । यस्तो अवस्था अन्य सेवा प्रभावित हुने अन्य समस्याक बिरामी संकास्पद कोभिड संक्रमितको सम्पर्कमा आउन सक्ने हुन्छन् । सो अवस्थामा उपयुक्त सेवासहितको क्वारेन्टिन स्थलमा बिरामीले परीक्षणको नतिजा नआउन्जेल बस्ने व्यवस्था गर्दा उपयुक्त होला । यो उपलब्ध भौतिक पुर्बधार अनुसार पनि भर पर्छ ।

अति आवश्यक तयारी सम्बन्धमा 
१) अति आवश्यक मेडिकल उपकरण र सामग्री यथाशिघ्र खरिद ।

२) भेन्टिलेटर, पिपिई र औसधि मात्रै नभई पर्याप्त अक्सिजन कन्सेंनट्रेटरको जोहो गर्ने वा किन्ने । 

३ ) आइसियुमा खटिने स्टाफहरू यदि तालिमप्राप्त छैनन् भने धेरै दिनको सम्भब नभए नि आइसियुमा काम गर्ने सामान्य तालिम दिने । 

४ ) एन्टिबडी र एन्टिजेन दुबै टेस्ट किट्स उपलब्ध गराउने, थप पिसिआर मेसिन उपलब्ध गराउने ।

५ ) अति आवश्यक चिकित्सक, विशेषज्ञ र अन्य स्वास्थ्यकर्मी अहिले करारमा मागेको अवस्था छ । त्यो पनि एक, दुई महिनालाई आदि । यसको सट्टा छोटो समयको सूचना निकालेर स्वास्थ्यकर्मी भर्ना गर्न माग पनि उठेको छ । जुन अत्यन्तै जायज छ । लोकसेवामार्फत रिक्त सबै दरवन्दि तुरुन्त भर्ना गर्ने । भाडाको सिपाहीबाट युद्द लड्न र म्यादी स्वास्थ्यकर्मीबाट कोरोना महामारीविरुद्ध लड्न खोज्नु जोखिम नै होला । स्वास्थ्यकर्मीलाई नि जोखिम मोल्नलाई लोकसेवामार्फत पूर्ति गर्दा उपयुक्त होला ।

६) हालको तयारी अत्यन्तै छोटो समय र तुरुन्तै हुनसक्ने महामारीलाई नजर गरेर बनेको हो । कोभिड–१९ को कुनै औषधि नबनिसकेको र खोप पनि नबनेको अवस्थामा कम्तिमा पनि एकदेखि डेढ वा दुई बर्षसम्म यो भाइरसको जोखिम रहन सक्छ । सोहही अनुसार करिब एक दुई वर्षसम्मको तयारी एक लेभलमा गर्नु पर्ने देखिन्छ । त्यसैले हाल स्थापना गरेका कोभिड अस्पताल  एक र दुई वर्ष संचालन गर्नु पर्ने हुन सक्छ । त्यसको लागि जनशक्ति आबश्यक हुन्छ त्यसैले पनि आवश्यक जनशक्ति र रिक्त दरबन्दीका जनशक्ति तत्काल लोक सेवाबाट पूर्ति गर्नु पर्छ । साथै सरकारले सबै प्रदेशमा यही मौकामा कम्तिमा एक एक ओटा ट्रोपिकल र सरुवा रोग अस्पताल निर्माण गरे तत्काल र भविष्यको आवश्यकता पनि दीर्घकालिन रुपमा समाधान गर्न सहज हुन्थ्यो ।
  
पोस्ट लकडाउन पिरियडको तयारी 
१) लकडाउनलाई चरन्बद्ध रुपमा व्यवस्थित तरिकाले खुकुलो बनाउदै लैजानुको विकल्प हुँदैन । महामारी विज्ञहरुको राय लिने, नेपालमा कोरोना संक्रमण कहिले पिकमा पुग्छ सबै विचार गरेर मात्र निर्णय गर्ने । विभिन्न देशहरुले अवलम्बन गरेको अभ्यास हेर्ने र हाम्रो देश र परिस्थिति अनुसारको निर्णय लिने ।

२) मुख्यतयाः सुरुमा कृषि, कलकारखाना, ठुला योजना निर्माण खुलाउने त्यसपछि दोस्रो चरणमा स्कुल, कलेज खोल्ने ।

३ ) कन्ट्याक्ट ट्रेसिंङलाई प्रभावकारी बनाउदै बेलैमा संक्रमितलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने । लकडाउनलाई सकभर केसलोड हेरी स्थानीय तहमा सिमित गर्ने । हाललाई थप समय (दुइ साता) लकडाउनको मिति भन्दा पर, अन्तराष्ट्रिय र राष्ट्रिय उडान सेवा बन्द गर्ने । भारतसँगको सिमाना अरु थप केही महिना सिल गर्ने । बजार विस्तारै खोल्ने भीडभाड नियन्त्रण हुने किसिमले ।

४) अन्य उपायमा ६० वर्ष काटेका व्यक्तिहरूलाई अलि लामो समय घर बाहिर ननिस्कन या कम निस्किन भन्ने । रक्तचाप, मधुमेह, क्यान्सर, एचआइभीलगायत, इम्मुनो सुप्प्रेसिभ ड्रग्स (प्रतिरोधात्मक शक्ति कम गर्ने औसधि), आदिहरु अलि केहि समय घरमै बस्ने । घरबाट काम गर्दा सावधानी अपनाउने ।

५ ) अरु केहि महिना भोजभतेर, सम्मेलन, खेलकुद, जात्रालगायत भिडभाड हुने कार्यहरु रोक लगाउने ।

६) लकडाउन लगत्तै अन्य स्वास्थ्य सेवा सुचारु तथा प्रभावकारी रुपमा संचालन गर्ने । रोकिएका कार्यक्रम भीड कम हुने उपाय अपनाउंदै सञ्चालन गर्ने । जस्तै खोप लगायत जनस्वास्थ्यका महत्वपुर्ण कार्यक्रम संचालन गर्ने । हुन त बजेट र भण्डारण शक्तिको कुरा हुन्छ नत्र अहिले तेलको मूल्य अत्यन्तै सस्तो भएको बखत तेल किनेर संचय गरेर भण्डारण गरे राम्रो । 

७) प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका कार्यक्रमको बजेट रकमान्तर गरेर वा व्यवस्थापन गरेर गाउँमा स्वरोजगार, व्यवसाय या कृषिलाई जोड गरौँ । अहिलेसम्म कृषिको अनुदान प्रभावकारी भन्दा दुरुपयोग धेरै भएका समाचार आएक छन् । त्यसैले अब बरु भण्डारण र बजार, बिक्री वितरणको व्यवस्था गरेरे उब्जनीमा जोड दिने । जसले किसानहरु लाई ठुलो राहत हुन्छ, स्थानीय उत्पादन बढ्छ । 

८) राज्यले इन्टरनेट, वायरलेस सेवा द्रुत गतिमा देशभर फैलाउने ।  पहाडी भेग, तराईका गाउँ या सिमानाकाको कुन कुनामा पनि पुर्याउन कि नेपाल दुरसंचार प्राधिकरण वा निजी कम्पनी र सेवा प्रदायकलाई जिम्मा दिने ।  ईबैंकिंङ र मोबाइल पेमेन्टलाई प्रवर्धन गर्ने । अनलाइन व्यवसाय, सैच्छिक कार्यक्रम प्रबर्धन गर्ने ।

९) सबै राष्ट्रिय र अन्तरास्ट्रिय गैरसरकारी संस्थाको परिचालन, सहयोग, अनुभब, दक्ष्यता, जनशक्ति, संजालको प्रयोग । साथै सबै व्यवसाहिक संस्थाहरु, छाता संस्थाहरु को परिचालन ।

१०) सबै जिल्ला लेभलका अस्पतालमा आइसोलेसन वार्ड निर्माण गर्नेगरी आगामी बजेटमा व्यवस्था गर्ने । साथै सबै प्रदेशमा प्रदेश स्तरीय प्रयोगशाला स्थापना तथा स्तरोन्नति गर्ने । आवश्यक उपकरणहरु जडान गर्ने, कम्तिमा बिएसएल ३ ल्याब र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जनशक्ति बढाउने । यी कुरामा ल्याबसम्बन्धी विशेषज्ञहरुको राय लिने, अरु छलफल गरि निश्कर्समा पुग्ने । सबै प्रदेश मा १–१ वटा सरुवा रोग अस्पताल आइसीयुसहितको निर्माण गर्ने । हाल पालिका स्तरमा अस्पताल बनाउने होडबाजी छ यसलाई न्यूनीकरण गर्दै जनस्वास्थ्यका कार्यक्रम, सर्भिलेन्स प्रणालीमा जोड दिने ।

 

(यो लेखकको निजी विचार हो । यसमा उनी कार्यरत संस्थाको कुनै सहमति या विमति छैन)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts