कोरोना कहर : हाम्रो तरखर
कोरोनाको कहरले ३ महिना पनि नाघिसकेको छ । यस बीचमा विश्वका २२६ वटा देशमा १८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाखभन्दा बढीको मृत्यु भई सकेको छ । विभित्र कारणवस यो कहरको नराम्रो मारमा पर्नेहरूमा हासम्म उच्च विकसित देशहरू परेका छन् । हाम्रो देशमा अहिलेसम्मको जानकारी अनुसार ९ जनामा यसको संक्रमण भएको पाईएको छ । तर, भारतका जुन प्रदेशमा कार्यरत नेपाली त्यहाँ लकडाउन भएपछि नेपाल प्रवेश गरे र जसरी उनीहरू क्वारेनटाईन वा स्वनिषेधित अर्थात् सेल्फ आइसोलेसनको अवस्थाबाट गुज्रिए त्यो हेर्दा अहिलेको शान्त अवस्था यस्तै रहिरहला भत्र गाह्रो छ । अलपत्र अवस्थामा भारतीय भूमी वा नेपालमै रहेका नेपाली नागरिकको बिषयमा सर्बाेच्च अदालतले हालैमा दिएको निर्णयले ती अलपत्र परेकाहरुलाई ठुलो राहत मिलेको हुनु पर्दछ । अझै घरपुग्ने धोखोमा बीच बाटोमै अलपत्र परेकाहरुका अन्य कतिपय यसप्रकार ग्रसित सबैको उद्दार गरिदिनु बेसै हुने थियो । कोरोना कहरको आजको स्थिती भरसक यत्तिकै शान्त भएर जाओस यहि भगवानसँग प्रार्थना गरौं । यद्यपि वर्तमान अवस्थामा यो संख्या समुन्द्रमा देखिएको हिउको टुप्पो मात्र हो यो हिउँको पहाडको एउटा भाग होईन भनेर हामीले कुम हल्लाउनु गलत हुन सक्दछ ।
कोरोना भाईरसको कहरप्रति हामीले आफ्नो, समाजको र सरकारका तर्फबाट प्रयास पर्याप्त गरेकै देखिन्छ । एक अर्काप्रति केहि असन्तुष्टि हुनु पनि स्वाभाविकै हो । तर, यसमा ईमान्दार सवै हुनु जरुरी छ । किनकि आखिर कसै न कसैले त न्याय गर्ला नी ! त्यसकारण के भयो भत्रे चर्चा भन्दा आजसम्मका हाम्रा आफ्ना र विश्वका तिता मिठा अनुभवले अब के गर्नु पर्छ भत्रे पाठ सिकाउछ त्यसतर्फ केहि मन्थन गरौं ।
यो कहरबाट जोगिन मुखमा मास्क लगाउनु सामाजीक सञ्जाल लगायत सवैतिर यो एउटा मुल मन्त्रको रुपमा देखिएको छ । तर विज्ञहरू भन्छन् सर्जिकल मास्क र ल्(ढछ मास्क स्वास्थ कार्यकर्ताको निम्ति मात्र हो । अरुले आफ्नै घरमा भएको कपडाले ननिस्सासिने गरेर मुख छोपेमा त्यो नै उपयुक्त हुन्छ ।
लकडाउनसँग पनि अब हामी अधिकाँश राम्ररी परिचित भईसक्यौं । तैपनि कतिपयले त यो किन गरीएको हो, यसको उदेश्य के हो र यसमा हामीले के के र किन गर्नु पर्छ र के के गर्न हँुदैन बुझेको देखिदैन । हुँदाहुँदा लोग्नेलाई रुघाखोकि लाग्यो भने पनि श्रीमतीले खाना पनि १ मिटर लामो पन्यूँले हालीदिने अथवा घरको मुलमान्छे कहरबाट बिमारी हँुदा कसैले नछुने, सबै एम्बुलेन्सका स्टाफले नै गर्नु पर्ने र निको भएको समाचारपछि उसलाई अस्पतालमा घरका मानिस लिन जाँदा उ बैरागीएर सदाको निम्ति बेपत्ता हुने अथवा एउटा गरिब नेपाली पेट पाल्न भारत जान्छ अनि बाध्यतावस नदीमा पौडि खेलि नेपाल छिरेको कारणले उसलाई नाङ्गै बजारमा घुमाईन्छ । यी क्रियाकलाप साँचो हुन् वा मन गढन्ते त्यो आफ्नो ठाँउमा छ । तर, एउटा कुरा स्पष्ट के छ भने, जनतालाई हामीले पर्याप्तसहयोग पु¥याउन र सुसुचित गर्न निस्चित रुपले सकेनौ । यो काम सरकारको मात्रै हो भनेर समाजसेवी, बुद्घिजीवि जानिफ्कार सबैले पन्छिन मिल्दैन । तर, जात्रे भएर आफ्नै हिसाबले काम गर्दै हिड्न पनि भएन । यसमा सरकारले परिस्थिती अनुकुल यथाआवस्यक अगुवाई लिन, नेतृत्वदाई भुमिका खेल्न र मार्ग दर्शन दिनअवस्य पर्दछ । ढिलो अझै भएको छैन । सिङ्गो देश सरकारको साथमा छ । यो मौका नगुमाउँ ।
खुसिको कुरो यो छ कि अहलिेसम्म समुदायस्तरमा अथवा कुनै गाँउमा कोरोनाका बिरामी उपचारबिना घरमै मृत्यु भएको सुन्नु परेको छैन । तरपनि देशको पश्चिम भागमा यसको त्रास मनग्य छ भन्ने कुरामा सरकार सजग छ भन्ने कुरामा हामी विश्वस्त छौं । कथमकदाचित यो भई हाल्यो भने त्यसको निम्ति तयारी अवस्थामा रहनु जरुरी छ । क्यानाडा जस्तो देशमा यस्तो देखिएकोले नेपालमा पनि सम्भव छ भन्न त मिल्दैन । तर यदि त्यहाँ हुन सक्दछ भने नेपालमा नहोला कसरि भत्रे ?
वर्तामान कहरकोे कठिन अवस्थालाई सधै नकारात्मक दृष्टिकोणले हेर्न पनि मिल्दैन । किनकि हामीले आफ्ना शुभेच्छुकहहरु राम्रो देख्यौं र अक्सर यी कठिनाईहरु पश्चातको समय उत्पादनशिल नै हुन्छ पनि । देशले यी कठिनाईको अवस्थामा पाएका साधन, श्रोत र सुविधासहयोगको दुरगामी फाईदाहरु उठाउन घेरै राम्रा र उल्लेखनिय काम पनि गर्न सक्दछ । अहिले अस्थाई अस्पताल बनाउने, आईसीयू स्थापना गर्ने आषधि र उपकरण जोडजम्मा गर्ने सरकारको यौटा अति प्राथमिकता प्राप्त आयोजनामा परेको छ । यो खुसिलाग्दो कुरो हो । तर यसलाई हामीले क्षणिक समाधान मात्र नसम्झि यसले हामीलाई चिरकालसम्म सहयोग पु¥याईरहने दृष्टिकोणले आफ्ना प्रयास केन्द्रीत गर्नु उचित हुनेछ । मानौं भोलि कोरोनाकोे समस्या शून्य अवस्थामा पुग्यौं, त्यसबेला हुनसक्छ अर्काे यस्तै समस्या आउला , त्यसको निम्ति हामी तयारी अवस्थामा हुनेछौं । यो कारणले हाम्रो काममा केहि ढिलाई भएको भान हुन सक्तछ । तर समयमै अल्प, मध्यम र दीर्घकालिन योजनाको सोच हुदा केहि ढिलाई भएकोमा चित्त बुझाउने ठाँउ अवस्य हुन्छ ।
यी दीर्घकालिक सोचमा कसैको त्यति बिरोध हुने देखिदैन । किनकि हामीले डेंगु ज्वरोको कुरा गर्न थालि नै सकेका छौ । हात्तिपाईले हामी उन्मुलन गर्ने प्रयासमा छौं, मलेरिया करिब करिब उन्मुलन भई सक्यो भनेर मख्ख परेका छौं । तर अहिलेको परिस्थितीमा यसरि ढुक्क परिहाल्नु उचित हाईन । हाम्रा अहिल दीर्घकालिक सोचका साथ काम गरेर सोकि दीघकालिकसोच अनुसार तयारी गर्दै रह्यौ भने निश्चय पनि भोलि आउने सबै प्रकारका आपतकालिन समस्या समाधान गर्नमा निश्चय पनि समयले सरल र शिघ्रता प्रदान गर्ने छ । यो देशमा प्राकृतिक र अप्राकृतिक सवै प्रकारका आपत्कालिक अवस्थाहरु आईरहन्छन् र यस प्रकारका संरचनाहरु ती सबै तत्काल प्रयोगमा ल्याउन सक्दा निश्चय पनि धन, जन र समयको राम्रो बचत हुनजान्छ । बरु सरकारका आपतकालिन व्यवस्थाको जानकारी र ती अवस्थामा जनतालेके गर्नु पर्दछ भन्ने जानकारी उनीहरुलाई स्पष्टरुपमा निरन्तर र व्यापक माध्यमहरुबाट समयमै दिईराखेमा त्यसबाट नोक्सान छैन । बरु नाफै हुन्छ । कोरोना रोगको संक्रमण गति र यसले गर्ने क्षतिलाई दृष्तिगत गर्दै हामीले देशका भित्री कुनाकाप्चा सम्म पनि हाम्रा कार्यक्रमलाइ प्रभावकारी रुपमा लैजान जरुरी छ । यस अर्थमा कि नेपालको एएटा व्यक्ति वा एउटा गाँउसम्ममा पनि यो भाईरस रहुञ्जेल विश्व सुरक्षित हुन सक्दैन । त्यो अवस्थामा यसले नत राजा महाराजालाई छुट दिन्छ नत विश्वविख्यात मानवलाई नै ।
लकडाउन र सामाजीक दुरी कहिलेसम्म भन्नेबारेमा गम्भीर रुपमा सोच्ने बेला आएको देखिन्छ । यसमा नीति निर्माताहरूको ठोस सोच पक्कै होला । तर आम नागरिकमा दिनदिनै यसले दैनिक जीवनमा थप कठिनाई ल्याउदैछ भने कतिपयमा मानसिक चिन्ताले गर्दा व्यक्तिगत वा पारीवारिक समस्याहरु देखिन थालेको समाचारहरु बरावर आएका छन् । जुन स्वाभाविकै हो । आममानिसमा मानसिक समस्या पनि बढ्दै गएका र यसबाट कसरि छट्कारा पाउने चिन्ता बढ्दै गएको समाचार माध्यमहरुमा पाईन्छ । यी समस्याको समाधान बिषयमा रेडियो, टिभि र पत्रपत्रिकामा प्रचार प्रसार पनि हुदै नआएका होईनन् । तर समस्या समाधानमा ति पर्याप्त र प्रभावकारी भएका देखिदैनन् । दैनिक ज्याला मजदुरि गरी जीविका गर्ने, खेतिपाति, दुग्ध व्यवसाय, कुखुरा ब्यवसायमा संलग्न हुने सवैको आफ्नै समस्या छ जस्लाई सजिलै पन्छाउन पनि मिल्दैन । त्यसकारण लकडाउन कहिले सम्म गर्ने त भन्ने प्रश्न यी मात्र होईन आमनागरिक सवैमा बरावर उठिरहन्छ ।
यो क्षणमा छिमेकि मुलुक भारतले के गर्दछ भन्ने सोच्नु स्वाभाविक मात्र होईन माथी उल्लेख गरीएझै रोग प्रकोपको दृष्टिकोणले हाम्रो बाध्यता पनि हो । भारतमा यदि लकडाउन छ भनै हामीले मात्र खुल्ला भनेर के त्यो सहि नीर्णय हुनसक्ला र ? किनकि भारतले लकडाउन भन्नुको अर्थ त्याहाँ रोग एक अर्कामा सर्ने सम्भावना अझै छ भन्ने बुझिन्छ । यदि हामी कहाँ खुल्ला र भारतमा लकडाउन भएको अवस्थामात्याहाबाट मानिस नेपाल आए भने हामीले आउन दिने वा नदिनै । तसर्थ यी र प्राविधिक कारणले नेपालको लकडाउन भारतको निर्णयमा स्पष्ट रुपमा भरपर्दछ ।
फेरि प्रश्न उठ्छ के भने भारतको मात्र हामीले सोच्ने वा विश्वको परिस्थिति ? किनकि अमेरिकामा त साँचै भनु भने अझै लकडाउन सुरु भएकै छैन । बिभिन्न प्रान्तले आफ्नो आफ्नै व्यवस्था गरेका छन् । बेलायतमा लकडाउन जुन सम्म पनि लम्बिन सक्तछ भन्ने बिचारहरु आईरहेको देखिन्छ । यस परिस्थितीमा सोचौ हामी अब के गर्ने त ? किनकि हाम्रो देशको भौगोलिक, आर्थिक, सामाजीक अवस्था र विश्वका अरु मुलुकको धेरै अर्थमा एउटैै छैन । यस्तै सबैको समस्यासमाधान गर्ने उपाय पनि एउटै नहुन सक्छ ।
यसो हेर्दा लकडाउन गरिरहन पनि गाह्रो, खुल्ला गरि हाल्न पनि नसकिने र अहिले सरकारको सोच पनि केहि खुकुलो गर्दै जाने अभिप्राय देखिन्छ । यो ठिक पनि हो । तर खुकुलो भन्नाले के र त्यो किन भन्ने कुरा आम जनताले राम्ररी बुझेको हुनु पर्दछ । जस्तो नाकमुख रामरी छोपेकै हुनु पर्ने, बाहिरका मानिससँग अत्यावस्यक नपरुञ्जेल भेटघाट नगर्ने, गरिहाले पनि सकेसम्म २ वा कम्तिमा १ मिटरको दुरी राखेर बार्तालाप गर्ने, अर्काले ल्याएको चिज भरसक हातहातै नलिई भईमा राखिदिन भन्ने, ल्याईदिएको वस्तु र ल्याउने ब्यक्तिको सतर्कताको स्तर हेरी आवस्यक परे केहि घण्टा त्यो वस्तु घाममा राख्ने, होईन बिग्रने चिज छ भने त्यो राम्ररी पकाएर मात्र खाने र यस प्रकारको कृयाकलाप पश्चात सम्भव हुने बित्तिकै हात धुईहाल्ने गर्नु पर्दछ । यी सावधानिहरु केवल कोरोनाको महामारी होउञ्जेलमात्र होईन तत्पश्चात पनि यथावत गरिरहन आमनागरिकलाई सुसुचित गर्नु पर्दछ । यो सवै गर्नुको मतलव रोग एकअर्कामा मात्र नसरोस् भन्ने होईन, बिरामीको संख्या कम भएर अस्पतालमा सेवा प्रदान गर्ने कार्यमा खटिएका चिकित्सक र अरु स्वास्थ्यकर्मीको कार्यबोझमा कमि होस् र उनका परिवार र हामी सबैमा पनि खुसियालि छाओस् भन्ने हो । यो समस्याबाट आज संसारमा कति परिवारमा कति आपद् बिपद् परेको छ र कति नराम्रोसँग नैरास्यता छाएको छ भन्ने हामी धेरैलाई सामाजीक सञ्जाल मार्फत अवगत भएकै छ ।
ढिलै भएतापनि सरकारले ¥यापिड टेष्ट सुरुगर्नु खुसिको कुरा हो । यस्को नतिजा के आयो भने के कदम चाल्ने भत्रे सोच भएकै हुनु पर्दछ । नतिजा आएपछि गरीने काममा हामी गर्दैछौं हुँदैछ भनेर टार्नु देशलाई नै घातक सिद्घहुन सक्दछ । तसर्थ यदि अझै यो काम गर्न बाँकि नै छ भने ढिलाई नगरी तत्काल सुरूगरी हाल्नु उचित हुने छ । उदाहरणको निति कठिन परिस्थितीमा काम गर्दा धेरै स्वास्थ्यकर्मीलाई भरसक कार्यरत अस्पतालमै वा नजिकको सफा होटलमा खाने बस्ने ब्यवस्था भएमा काममा सजिलो मात्र होईन पारीवरिक चिन्ता र परिवारलाइर्् रोग सर्ने सम्भावनाबाट केहि टाढा भईने थियोे भत्रे मनसाय देखिएको यो विचार न्यायोचित नैै हो ।
सरकारले गरेको लकडाउनको नतिजा संतोषजनक आए पनि यो व्यवस्थामा खुकुलोपना ल्याउन निकै सतर्कता र सोचबाट मात्र निर्णय लिनु उचित हुनेछ । किनकि यसो हेर्दा तत्काल रोग नियन्त्रण भएको देखिएला तर कुन कुनाबाट फेरि सुरू हुने हो ठेगान हुत्र, खासगरेर हाम्रो जस्तो देशमा । स्मरण रहोस कोरोनाको कहर नियन्त्रणमा चिनले देखाएको तदारुकता विश्व विख्यात छ । तै पनि चैत्र २२ र २३ मा त्यहाँ बिरामीको संख्या ३० बाट ३९ र मृत्युको संख्या ४७ बाट ७० पुगेको थियो भने २६ गते नयाँ बिरामी संख्या ६२ रहेकोमा उनीहरु मात्र होईन विश्व चिन्तित छ । हाम्रो देशमा यस्तो भयो भने विश्व अवस्य पनि तर्सिने छ । यस्तै न्यूयोर्क सहरको चिडियाखानामा बाघमा कोरोना भाइरस पाईएको समाचारपनि हामी सामु ताजा नै छ । यसबाट तर्सि भने नहालौं । केवल होसियारी अपनाउ भत्र खोजेको हो ।
यस्तै प्रदेश १ ले स्वास्थ्य कार्यकर्ताको ५० लाख र संघिय सरकारले २५ लाखको बीमा गरीदिने भएको छ । यो अत्यन्त सराहनीय कुरा हो । तर कुन कुन स्वास्थ्य कार्यकर्ताको बीमा हुने हो त्यो स्पष्ट गरी उनीहरुको बीमा गरी हाल्नु उचित देखिन्छ । नत्र अनावश्यक झमेला आउन सक्छ । यसमा सरकारको तदरुकता अवस्य पनि हुनेनै छ ।
विदेशमा दुःख सुख पसिना बगाएर रिमिट्यान्सको माध्यमबाट देशको अर्थ स्थितीलाई राम्रै धानीरहेको अवस्थामा हामीले सधै ती ४० लाख नेपालीले यस्तै अवस्थामा देशलाई काँध हालि रहन सक्लान् भन्न सकिँदैन । कोरोना मात्र होईन भोलि अनेकौ अरु स्थिति आउन सक्छ । त्यसैले यस्तै बेलामा यदि हामीले अब आफंै आत्म निर्भर हुन्छौं भन्ने सोचका साथ अगाडि बढ्यौं भने निश्चय पनि केहि राम्रो नतिजा आउने नै छ । तर, ठोस काम हुनु जरुरी छ, हुँदैछ भन्ने भाषणमा मात्र होईन ठोस योजना कार्यान्वयनमा ल्याएर देशवासिलाई चित्त बुझाउनु पनि आज यस्तै बेलामा झन टड्कारो आवस्यकता देखिएको छ ।
अन्तमा देशमा रहेका गैरसरकारि संस्थासँग छलफल र सहमतिबाट उनीहरुमा भएका अपार स्रोत र समयलाई सदुपयोग गर्ने तर्फ सरकारले त्यति वास्ता गरेको देखिँदैन । यस सम्बन्धी आन्तरिक छलफल पछि यो विषयलाई थाति राख्ने निर्णय भएको भए त्यस्मा यहाँ खासै थप छलफल त्यति सहयोग सिद्घ नहोला । नत्र हालको परिवेसमा यो पनि दीर्घकालिन सोचको सन्दर्भमा एउट राम्रै उपाय हुनसक्ने थियो । खास गरेर स्थानीय स्तरमा गरीने सहयोग, परामर्श सेवा, बाह्य आगन्तुकको जानकारी तथा स्वास्थ्य सेवा पहुँच वा सरलिकरण जस्ता कार्यमा सरकारलाई सम्भवतः राम्रै सहयोग पुग्ने थियो ।
(कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाका पूर्व प्रमुख हुन्)