नेपाल–भारत नाकामा तीन दिनदेखि अलपत्र सुत्केरीको उद्धार



Download our app to get more features

रुपन्देही, २० चैत । नेपाल–भारर्त दुबैतर्फ लकडाउन भएपछि भारतको सुनौली नाकामा रोकिएकी १० दिनकी सुत्केरीको उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ । रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जी तीन दिनदेखि सुनौली नाकामा अलपत्र परेकि थिईन।

भारतको गाजियाबादमा सुत्केरी भएकी उनी तीन दिनदेखि सुनौलीमा रोकिएकी थिईन । उनलार्ई प्रमुख जिल्ला अधिकारी महादेव पन्थको समन्वयमा तिलोत्तमा नगरपालिकाले उद्धार गरेको नगर प्रमुख वसुदेब घिमिरेले बताए । सुत्केरीलाई सोमबारदेखि बेलहिया समाज र स्थानीय बासिन्दाले खानाको प्रबन्ध मिलाउँदै आएका थिए । 
सुत्केरीसंगै उनका श्रीमान मजोज तथा २ र ३ बर्षका छोरालाई समेत नेपाल प्रबेश गराएर एम्बुलेन्समार्फत रुपन्देहीको शंकरनगरस्थित दुर्गादत्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै १४ दिन क्वारेन्टीनमा बसेर घर जान पाउने प्रमुख जिल्ला अधिकारी महादेव पन्थ ले बताए।

सुनौली नाकामा रोकिएका तीन सय चार जना नेपालीलाई भने भारतको नौतनहवास्थित क्वारेन्टाइन र बेलहियामा रोकिएका एक ५४ जना भारतीयलाई भैरहवास्थित क्वारेन्टाइनमा खानेबस्नेको प्रबन्ध मिलाएको रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । रुपन्देहीमा तीन सय ५० जना क्वारेन्टाइनमा छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts