मुटुरोग र कोरोना भाइरसः भ्रम र यथार्थ



Download our app to get more features

वुहानमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को बढ्दो संक्रमणसँगै मुटु रोग विशेषज्ञको पनि चाँसो बढ्दै गएको पाइएको छ । बढ्दो चाँसो र जिज्ञासाका कारण विशेषगरि मुटु रोगीमा कोरोना संक्रमण पश्चात मृत्यु दर बढ्दो पाइएको छ । जुन १० दशमलव ५ प्रतिशत छ । उच्च रक्तचाप भएका बिरामीमा पनि मृत्यु दर ६ प्रतिशत देखिएको छ ।

१५ प्रतिशतदेखि १६ प्रतिशत बिरामीमा मुटुको चालमा गडबडी, ६ प्रतिशतदेखि ७ प्रतिशत बिरामीमा Acute Cardiac Injury (मुटु सुन्निने) देखा परेको छ ।

CE inhibitors/ARB'S; Losartan, Enalapril ग्रुपका उच्च रक्तचापमा व्याप्त रुपमा प्रयोग गरिने औषधि सम्बन्धी विवाद कोरोना संक्रमित बिरामी देखिएको छ । हृदयघात र हार्ट फेलिएरले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा थप जटिलता सिर्जना गरेको  छ ।

यिनै विषय वस्तुलाई विश्लेषण गर्न केहि बुँदागत मुटु रोग र कोरोना भाइरस सम्बन्धी यथार्थ र भ्रम प्रस्तुत गरेको छु । 

                   कोरोनाभाइरस र मुटु रोग                                                                             

             यथार्थ                    

        भ्रम             

१. सबै मुटु रोगीलाई कोरोना संक्रमणको उच्चजोखिम हुन्छ ।       

 यथार्थ 

 

२. मुटु रोगमा विशेषतया ह्रदयघात तथा हार्ट फेलिअरका बिरामी उच्च जोखिममा पर्दछन् ।                                

 यथार्थ 

 

 ३. RAAS Inhibitor Negative Theory : RAAS Inhibitors (ACE-I/ARB'S ; Enalapril/Losartan) ग्रुपका औषधिले AT-II Receptor मा अवरोध पैदा गर्नका कारण  AT-II Receptor को Upregulation भई कोरोनाभाइरस भारि मात्रामा शरीरको फोक्सोका कोषहरुमा प्रवेश (Internalize) गरि संक्रमणको जतिलता बढाँउछ ।

(विवादित भविष्यमा थप सोध र प्रमाणको आवश्यकता)
 
 

४.RAAS Inhibitors नामक उच्च रक्त चापको औषधि COVID-19 बिरामीलाई प्रयोग गर्न नहुने ।

 

  भ्रम

५.RAAS Inhibitor Positive Theory: RAAS Inhibitor ग्रुपका औषधिहरुले भाइरस प्रवेश गर्ने AT-II रिसेप्टरमा अवरोध पैदा गर्ने भएकोले कोरोनाभाइरस प्रवेश शरिरको कोषहरुमा रोक्न सक्ने जनाइएको ।      

(विवादित, भविष्यमा थप सोध र प्रमाणको आवश्यकता)
 
 

६.यूरोपियन सोसाइटि अफ कार्डियोलोजि र अमेरिकन हार्ट अशोसिएसनले जारी गरेको विज्ञप्ति अनुसार ACE-I/ARB'S (RAAS Inhibitors) लिईरहेको COVID - 19 बिरामीले नरोक्ने र आवश्यक परेको खण्डमा पुर्व निर्धारित निर्देशिका अनुरुप प्रयोग गरिनु पर्ने जनाएका छन्।  

 यथार्थ 

 

७. COVID-19 संक्रमित बिरामीले नयाँ उच्च रक्तचाप भएको खण्डमा यो विवादको सहि उत्तर नआए सम्म अरु ग्रुपको उच्च रक्तचापको ओषधि प्रयोग गर्न उचित देखिन्छ । तर COVID-19 संक्रमित बिरामीमा हार्ट फेलिएर अथवा हृदयघातको लागि आवश्यक परेमा निर्देशिकाअनुसार चलाउनु पर्ने उचित देखिन्छ ।

 यथार्थ 

 

८. कोरोनाभाइरसबाट मुटु संक्रमित भई सुन्निने (Acute Viral Myocarditis) ६%- ७% बिरामीलाई देखा पर्दछ ।

 यथार्थ 

 

९. हार्ट फेलिअर तथा Acute Myocarditis भएका बिरामीमा NT Pro BNP र HighSensitivity Tropnin बढेको पाइन्छ । hsTropnin बढेको बिरामीमा मृत्युदर १० गुणाले बढी देखिएको छ ।

 यथार्थ 

 

१०. हृदयघातमा देखिने HighSensitivity Tropnin को भरमा मात्र COVID-19 संक्रमित बिरामीमा हृदयघात भएको यकिन गर्न नसकिने । यसको निमित्त COVID-19 संक्रमित बिरामीको लक्षण, ECG, Echo & hsTropnin को जाँच समग्र रुपमा आवश्यक छ । 

 यथार्थ 

 

११. COVID-19 संक्रमणबाट मृत्यु भएका ५०% भन्दा बढी बिरामीमा hsTropnin को मात्रा बढि देखिएकोले मुटु पनि COVID-19 संक्रमणको उच्च जोखिममा पर्दछ ।

 यथार्थ 

 

१२. Acute Viral COVID-19 Myocarditis (मुटु सुन्निएको) अवस्थामा steroid र Immunoglobulin फाइदाजनक देखिएको छ । 

 यथार्थ 

 

१३. Statin Theory: (Cholesterol घटाउने औषधि) COVID-19 संक्रमित बिरामीमा आवश्यक परेमा पूर्व निर्धारित निर्देशिकाअनुसार दिन सकिने । मुटुको नसा सुन्निन गई हृदयघात भएको कारण Statin फाइदाजनक हुन सक्ने जनाइएको छ ।                               

 यथार्थ 

 

१४. साथै Statin ARDS का केहि बिरामीमा लाभदायक पाइएको छ ।

विवादित (भविष्यमा थप सोध र प्रमाणका आवश्यकता)
 
 

१५. COVID-19 संक्रमण नभएका मुटु रोगीहरुमा Secondary Infection बचाउनका निम्ति  Pneumococcal  र Influenza का Vaccine  दिन सकिने ।     

 यथार्थ 

 

१६. कोरोना संक्रमित हार्ट फेलिअर बिरामीलाई अत्याधिक तरल पेय पदार्थ दिन नहुने ।

 यथार्थ 

 

१७. COVID-19 संक्रमित बिरामीमा हृदयघात भएको खण्डमा (STEMI) लाई THROMBOLYTICS (STK, TNK) (जमेको रगत पघाल्ने औषधि) दिई उपचार गर्न सकिन्छ ।

 यथार्थ 

 

१८. (High risk MI Grace Score>140) उच्च जोखिमका हृदयघातमा PPE र Cathlab मा चुस्त Infection Prevention को व्यवस्था भएमा मात्र Cathlab मा लगि Angioplasty गर्नु उचित हुन्छ ।

 यथार्थ 

 

१९. NON-STEMI COVID-19 संक्रमित बिरामीको दुई पटक रिर्पोट नेगेटिभ आएको खण्डमा मात्र Angiography अथवा Angioplasty गर्न उचित हुन्छ ।

 यथार्थ 

 

२०. Azithromycin + Chloroquine नामक औषधिहरु COVID-19 संक्रमित बिरामीमा सहज रुपमा प्रयोग गर्न सकिने ।

 

भ्रम

२१. Azithromycin र Chloroquine  को एकैसाथ COVID-19 संक्रमित बिरामीमा प्रयोग गर्दा बिरामीको ECG मा QTc>450 ms बढी भएमा पयोग गर्न नहुने अथवा Baseline QTc 25% ले बढेमा गर्न नहुने । यसो गर्दा मुटुको चाल गडबड भई रोकिने (Cardiac Arrest) हुन सक्दछ ।

 यथार्थ 

 

२२. सामान्य मुटु रोगीले यस COVID-19 Pandemic अवस्थामा टेलिहेल्थ (TeleHealth or Telephonic Consultation)  को प्रयोग गरि उपचार गराउनु उपयुक्त हुन्छ ।

 यथार्थ 

 

२३. पौष्टिक आहार, राम्रो निद्रा र तनाव व्यवस्थापनले कोरोना संक्रमित मुटु रोगीको उपचारको अभिन्न अंग हो ।

 यथार्थ 

 

 

(डा. शाह सहायक प्राध्यापक (Interventional Cardiologist)  पाटन तथा वयोधा अस्पतालमा कार्यरत छन्)

Last modified on 2020-03-28 09:35:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts