कोरोना भाइरस र यसले पारेको प्रभाव !
कोरोना भाइरस भन्दा पहिले धेरै किसिमका भाइरस आए गए तर अहिलेको जस्तो त्रास दिन सकेको थिएन । तर अहिले यो रोगले सबैलाई त्रसित बनाएको छ । अहिले साना साना बच्चाहरुलाई पनि कोरोनाको बारेमा जानकारी छ । अहिले त साना साना बच्चाहरु खोकी लागेपनी कोरोना लाग्यो मलाई भन्दै जिस्किन थालेका छन् ।
यो भाइरसको कारण यतिबेला विश्व नै तर्सिएको छ । विश्वमा ठूलो भुकम्प आउदै गरेको या विनाश नै हुन खोजेको जस्तो देखिन थालेको छ । यो सँगै केही व्यापारीहरु मौका छोपी कालो धन जम्मा गर्न सलबलाउन खोजेका छन् । ५ रुपैयाँ पर्ने मास्क अहिले पाउन गाह्रो छ र पाइहाले पनि रु १५०/२०० तिर्न परेको बाध्यात्मक स्थिती छ । अब केही समयपछि अत्यावस्यक चिजहरुलाई पनि कृत्रिम अभाव देखाई लुट्न पल्किने छन् ।
आजको दिनसम्म कोरोना भाइरसको प्रभाव नेपालमा देखिएको छैन तर पनि नेपालिहरु सबै यो रोगबाट त्रसित देखिन्छन् । हिजोको व्यस्त सहरहरु सुनसान हुन थालेका छन्, सिनेमा हल, सपिङ मल लगभग शून्य देखिन्छ ।
यो भाइरसको कारणले विश्व बजार नै सेलाएको छ । काठमाडौको मुख्य सडक तथा सहरहरु शून्य देखिन थालेको छ र अर्थतन्त्रलाई नकारात्मक असर पार्ने देखिन्छ र यसको असर नेपाललाई पनि पार्नेछ ।
कोरोना भाइरसले विश्वलाई एउटा पाठ भने पक्कै सिकाएको छ र जीवन के हो र कसरी जिउने भन्ने आभास गराएको छ । अहिले विश्वका हरेक देश एक आपसमा तछाड मछाड गर्दै को ठूलो र को बलियो भन्ने होडबाजी चलेको छ । मानिसहरु मेसिन जस्तै भएर काम गरिरहेका थिए उनिहरुले पारिवारिक जीवन तथा ब्यक्तिगत जीवन रमाइलो सङ्ग मनाउन तथा बिताउन पाएका थिएनन् केवल पैसाको पछाडि दौडी रहेका थिए । अब पक्कै पनि यो त्रासको बिचमा जिबनको मूल्य र मान्यतालाई बुझ्ने नै छन् । नेपाल सरकार पनि यो रोग प्रती उदासीनता देखाएको जस्तो देखिन्छ र ज्योतिषले जस्तो गरि ५ गते देखि या ७ गते देखि स्कुल कलेजको परिक्षा लिने र बिदा गर्ने जस्तो अपरिपक्व निर्णय गरिरहेको छ । के रोगले पनि दिनलाई या गतेलाई कुरेर आउने हो ? यो समय भनेको सावधानी अपनाउने दिन हो र केही समय स्कुल कलेज बन्द गर्दैमा आकाश नै खस्ने चाहिँ होइन । सरकारको विज्ञपति देख्दा नेपालमा कोरोना परिक्षा सकिएपछि मात्रै आउदैछ जस्तो भान हुन्छ । हामी सबै सचेत हुनु जरुरी छ जीवन भए पढाइ छ परिक्षा छ । पढाइ तथा परिक्षा केही समय धकिलिए केही फरक पर्नेवाला छैन ।
अहिले केही मिडियाले पनि हाउगुजी फैलाइरहेका छन् कि पृथ्वी नै प्रलय हुन थाले जस्तो गरि । यो बेलामा सर्वसाधारणलाई तर्साउने होइन धैर्य हुन सिकाउने हो ।
कोरोना भाइरसबाट हुने रोगले सबैजना मर्ने होइन केही कमजोर, दिर्घजिवी रोग भएका वयक्तिहरुलाई असर भने पक्कै पार्छ तेसैले यस्ता ब्यक्तिहरु विशेष चनाखो हुनुपर्ने देखिन्छ । भाइरस आउन सक्ने सम्भाबित क्षेत्रबाट टाढा रहने ,झोलिलो तथा प्रोटिन भएका खाने कुरा खाने र ब्यायामहरु गर्ने बानिको विकास गर्नुपर्छ ।
कोरोना भाइरस आकारमा ठूलो छ जसको कोषिय व्यास ४००/५०० माइक्रो हुन्छ , त्यसैले कुनै पनि मास्कले यसको प्रवेशलाई रोक्छ त्यसैले फार्मा्सिष्टले बेचिरहेको मास्क नै महंगो तिरेर किन्नु पर्छ भन्ने छैन । भाइरस हावामा बसोबास गर्दैन, तर भुइँमा रहन सक्छ त्यसैले यो हावा द्वारा प्रसारित हुँदैन । कोरोना भाइरस, जब यो धातुको सतहमा खस्छ, १२ घण्टा सम्म बाँच्नेछ, त्यसैले साबुन र पानीले हात धुनु नै यसको रोकथाम को उत्तम उपाय हुनजान्छ । कोरोना भाइरस जब यो कपडामा खस्छ ९ घण्टा सम्म रहन्छ त्यसैले लुगा धोएर सूर्यमा दुई घण्टासम्म सुकायो भने भाइरसको सजिलैसँग मृत्यु हुन्छ । भाइरस हातमा १० मिनेट जति बाँच्दछ त्यसैले रक्सीको सेनिटाइजर प्रयोग गरेर हात धुदा पनि यो भाइरस नष्ट हुन्छ । भाइरस २६–२७ डिग्री सेल्सियसको तापक्रममा मर्दछ, यो तातो क्षेत्रमा बस्दैन । त्यसैले हामिले दैनिक तातो पिउने पानी प्रयोग गर्नु राम्रो मानिन्छ ।आइसक्रिमबाट टाढा रहनुहोस् र चिसो खाना नखानुस । तातो नुन पानीले मुख कुल्ला गर्नाले टन्सिललाई मार्दछ र फोक्सोमा भाइरस चुहिन जानबाट बचाउँछ । यी निर्देशनहरूको पालना भाइरस रोक्नको लागि पर्याप्त छ ।
कोरोना भाइरस हाम्रो देशमा भित्रीन नदिनको लागि सरकारले प्रयाप्त कदम चालेको देखिदैन । बाहिरबाट नेपाल आउने पाहुनाहरुको राम्रो सङ्ग स्वास्थ परिक्षण हुनसकेको छैन । मापसे हो कि होइन भनेर छुट्याउनको लागि त मुख सुघ्नु पर्ने हाम्रा ट्राफिक दाजुभाइहरुको बाध्यात्मक स्थितिमा राम्रो सङ्ग स्वास्थ्य परिक्षण गरिरहेको छ भनेर आम जनताले कसरी पत्याउलान् ।
तेसैले हामी आम जनसमुदायले सरकारको मुख ताकेर बस्नु भन्दा पनि यो भाइरस लाग्न नदिन के उपायहरु गर्नु जरुरी छ भन्ने ज्ञान लिनुपर्ने र ज्ञान बाड्नु पर्ने जरुरी देखिन्छ । यो विषम परिस्थिमा हामी सबै मिलि सामना गरौ ।
रोग तथा भाइरसहरु आउछ्न जान्छन तर त्यसबाट जोगिने कसरी भन्ने ज्ञान लिनुपर्ने जरुरी देखिन्छ ।