क्यान्सरका १० प्रतिशत बिरामी मात्रै वंशानुगत (भिडियोसहित)

What's This?


Download our app to get more features

सन् २००० देखि विश्व क्यान्सर दिवश मनाउन थालिएको हो । यो दिवसको सुरु गर्नुको एउटै उदेश्य भनेको क्यान्सर रोगको बारेमा सचेतना जनाउनु नै हो । साथै क्यान्सर भइसकेका बिरामीको उपचार र दीर्घ जीवनका बारेमा दिवसले निकै राम्रो का मगर्दै आइरहेको छ । सबै सरोकारवाला निकाय एकै स्थानमा आएर क्यान्सर दिवस मनाउदा त्यसको निकै प्रभाव परेको हामीले अनुभव गरेका छौं । 

क्यान्सर रोग रोकथाममा विकसित देशहरुले धेरै पहिलादेखि नै विभिन्न अभियान सुरु गरिसकेका छन् । नेपालसहितका विकासोन्मुख देखमा भने यसकाविरुद्ध विभिन्न अभियान भर्खरै सुरु भइरहेको छ । क्यान्सर न्यूनिकरणको प्रमुख काम भनेकै नियन्त्रण हो । क्यान्सर हुने जम्मा दुई वटा कारण छन् । एउटा वंशानुगत र अर्को हो वातावरणीय कारण । वातावरणीय कारण भनेको खानपीन, रहनसहन पर्छन । जस्तो चुरोट खाएमा फोक्सोको क्यान्सर हुने जोखिम बढी हुन्छ भन्ने छ, सुर्ति गुट्खा खाएमा मुख तथा गालाको क्यान्सर हुन्छ भन्ने छ, रातो मासु धेरै खायो भने ठूलो आन्द्राको क्यान्सरको जोखिम हुन्छ भन्ने छ । यी कुरालाई आम नागरिकसम्म पु¥याउनु आवश्यक छ । यो आवश्यकलाई विश्व क्यान्सर दिवस मनाउँदा सहयोग गरिरहेको छ । 

यहाँ जोड्नै पर्ने कुरा के छ भने १० प्रतिशत क्यान्सरका बिरामी मात्रै वंशानुगतबाट आएका हुन्छन् । ९० प्रतिशत भन्दा बढी क्यान्सरका बिरामी जन्मिसकेपछि वातावरणीय कारणबाट हुन्छन् । यसकारण वातावरणीय प्रभावलाई नियन्त्रण गर्ने हो भने क्यान्सरको जाखिमबाट जोखिन सकिन्छ । विश्व क्यान्सर दिवस अर्थात ४ फेब्रुअरीका अवसरमा ल्याप्रोस्कोपिक सर्जन प्राडा कमल कोइरालाले क्यान्सरबाट जोगिन दिएका अन्य उपाय निम्न छन् :-

हेरौ भिडियो :-

Last modified on 2020-02-19 16:50:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts