वयस्क र वृद्धवृद्धामा भन्दा बालबालिकामा क्यान्सर छिटो निको हुन्छ (भिडियोसहित)



Download our app to get more features

विश्वमा प्रत्येक मिनेट १७ जनाको मृत्यु क्यान्सरका कारण भइरहेको छ । हामी कुराकानी गर्दागर्दै पनि केही मानिसको क्यान्सरकै कारण मृत्यु भइरहेको हुन्छ । यसकारण क्यान्सर सचेतनासम्बन्धी विभिन्न कार्यक्रम र गतिविधिको औचित्य र महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ । 

क्यान्सरको जोखिम र यसको छिटो निदान आवश्यक छ । यसपछिका सही उपचार विधिको महत्व पनि उत्तिकै छ । पछिल्लो समय बालबालिकामा पनि क्यान्सरको जोखिम बढ्दो क्रममा छ । हुनत बालबालिका र अन्य उमेर समूहमा हुने क्यान्सरबीच भिन्नता छ । ठूला मानिसमा हुने क्यान्सरमा वातावरणीय प्रभाव बढी देखिन्छ । बालबालिकामा भने उनीहरुको जीन, जीनहरुको समूहमा पर्ने असर र चोटहरुका कारण हुने गरेको देखिन्छ । उनीहरुमा कोषहरु नबन्ने बनेका कोषहरु पनि वयस्क नहुने र उनीहरुको संख्या अनियन्त्रित हुने हुन्छ । बालबालिकामा विषेशगरी रगतको क्यान्सर, एएलएल, एएमएल, ट्युमरहरु, मांसपेसीमा हुने क्यान्सरलगायत हुन् । बालबालिकामा हुने क्यान्सरमा वातावरणीय प्रभाव निकै कम पर्ने हुनाले निको हुने सम्भावना निकै बढी हुन्छ । बालबालिकामै क्यान्सर भएर निको भएका व्यक्तिहरू अन्य सामान्य व्यक्ति जस्तैं ७०–८० वर्षसम्म बाच्न सक्छन् । यसरी निको भएका व्यक्तिहरूमा अरु व्यक्तिमा भन्दा बढी प्रतिबद्ध हुन्छन । सामान्य व्यक्तिले भन्दा यस्ता व्यक्तिले देशका लागि अझै बढी योगदान पु¥याउन सक्ने बताउँछन् ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा. प्रकाश तिवारी । 

नेपालको सन्दर्भमा प्रत्येक वर्ष १५ सय बालबालिका क्यान्सरबाट पीडित भइरहेका छन् । त्यस मध्ये अस्पताल आएकाबाट ५०–६० प्रतिशत बालबालिका निको बनाएर पठाउने गरेका छौं । तर विकशित मुलुकमा भने ८० प्रतिशत भन्दा बढी निको भएको तथ्यांक छ । हामी कहाँ बालबालिकाको कम्जोर आर्थिक अवस्था, उपचारमा ढिलोगरी आउनेलगातय कारण कम मात्रामा निको भएको हो ।   

(४ फेब्रुअरी अर्थात विश्व क्यान्सर दिवसका अवसरमा हाम्रो डक्टरले डा. तिवारीसँग गरेको कुराकानी)

हेरौं भिडियो :-

 


 

Last modified on 2020-02-19 16:52:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts