यसकारण आवश्यक छ फिजियोथेरापी (भिडियोसहित)



Download our app to get more features

सामान्य मानिसको बुझाईमा मसाज, सेराजिनलगायत नै फिजियोथेरापी हो । तर फिजियोथेरापी यत्तिमा सिमित छैन् । जनचेतनाको कमीका कारण फिजिथेरापीको वास्तविक परिभाषा नै आममानिसले बुझेका छैनन् । 

फिजियोथेरापी चिकित्सा विज्ञानको एक शाखा हो । जसमा बिरामीलाई कुनै शारीरिक पीडा महसुस हुन नदिई बाहिरी विधिबाट उपचार गरिन्छ । इलेक्ट्रोथेरापी, इलेक्ट्रो मोरालिटी, तातो र चिसोको थेरापी, हातको माध्यमबाट गरिने विभिन्न उपचार विधि फिजियोथेरापी अन्तर्गत पर्छ । यस्तो विधिले ढाडको समस्या, नसा च्यापिएको, प्यारालाइसिसलगायतमा राहत मिल्नुको साथै समस्या समाधान हुन्छ । फिजियोथेरापीले असामान्य मानिसलाई सामान्य जीवनतर्फ लैजाने काम गर्छ । उपचारपश्चात बिरामीले नयाँ जीवनको महसुस गर्ने गर्छ । 
यस्ता व्यक्तिलाई फिजियोथेरापी आवश्यक
बिरामीले मात्रै फिजोयोथेरापी लिने भन्ने आमधारण छ त्यो गलत हो । बिरामीका लागि जति फिजियोथेरापी महत्वपूर्ण छ त्यति नै सामान्य मानिसका लागि पनि यो महत्वपूर्ण छ । सामान्य मानिसका लागि स्वस्थ तथा तन्दुरुत रहन यसको महत्व छ भने ढाडको समस्या, नसा च्यापिएको, हातगोडा झमझमाउने मानिसलाई यसको आवश्यकता अझै बढी छ । आधुनिक उपचार पद्धतिको हरेक विधिमा फिजियोथेरापीको महत्व छ । जस्तै मुटुरोग, अर्थाेपेडिक तथा विभिन्न विभागमा शल्यक्रिया पश्चात बिरामीका लागि फिजियोथेरापी महत्वपूर्ण हुन्छ । 

करिब दश वर्ष पहिलसम्म फिजियोथेरापीसम्बन्धी ज्ञान नै थिएन । तर एलोपेथिक चिकित्सा विधिले निको हुँदैन भनेका बिरामी पनि फिजियोथेरापी पश्चात् सामान्य जीवनमा फर्किएको इतिहास हामी समक्ष थियो । हामी यही विश्वासमा निरन्तर लागिरहेका छौं । यही कारण अहिले सामान्यदेखि जटिल दुखाई हुँदासम्म मानिसको पहिलो रोजाई फिजियोथेरापी हुन थालेको छ । काठमाडौं बाहिरका मानिसमा समेत फिजियोथेरापीसम्बन्धी चेतना बढाउन स्पार्क हेल्थ होम हस्पिटलले शाखा विस्तार गरेको छ । जनस्तरमा यसको चेतना बढाउन विभिन्न प्रकारका कार्यक्रम गर्दै आइरहेको छ । विश्वमा सर्ने रोगहरूको भन्दा नसर्ने रोगको प्रकोप भयावह बन्दै गइहेको छ । नसर्ने रोगबारे अझै पनि मानिसमा चेतनाको कमी छ । काम तथा आराम गर्ने तरिकाबारे जानकारी नहुनाले मानिसमा ढाड दुख्ने, नसा च्यापिने जस्ता समस्या बढिरहेको छ । 

(डा. महतो स्पार्क हेल्थ होम हस्पिटलसँग आवद्ध छन् ।)
 

हेरौं भिडियो

Last modified on 2020-02-16 15:13:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts