स्वास्थ्य मन्त्रालयको वेवसाइटमै गलत सूचना !



Download our app to get more features

सूचना प्रविधिकाे क्षेत्रमा इन्टरनेट अहिलेको सबैभन्दा उत्तम आविष्कार मध्ये एक हो l यसले समाजमा विकृतिहरु ल्याएको छ भन्नेहरु पनि गलत छैनन् l तर एउटा कुरा के सत्य हो भने अध्ययन तथा अनुसन्धानकाे क्षेत्रमा यसको प्रयोग अपरिहार्य जस्तो भइसकेको छ l प्रायः संस्थाहरुले आफ्नो बेग्लै वेवसाइट बनाएर त्यसमा आफ्नो परिचय, उदेश्यहरु, कार्यशैली, प्रतिवेदन आदि राख्ने गरेको पाइन्छ l यो एउटा सामाजिक लेखा-परीक्षणको नमूना पनि हो l 

आफ्नो वेवसाइट कत्तिको मजबुद बनाउने भन्ने कुरा त्यस संस्थाको आर्थिक अवस्था र समाजप्रतिको उत्तरदायित्वसँग पनि सम्बन्धित हुन्छ l तर स्वास्थ्य मन्त्रालयले नै गुणस्तर कायम नगरी वेवसाइट चलाउनु भनेको यसको कमजोरी मात्र नभई सामाजिक अपराध पनि हो l यो मन्त्रालयको वेवसाइट हेर्दा छोटो समयमै मैले औंलाएका केही कमिकमजोरीहरु प्रस्तुत गरेको छु l अझ गहिराइमा केलाउने हो भने थप के के भेटिने हो थाहा छैन l

स्वास्थ्य मन्त्रालयको वेवसाइटको गृहपृष्ट (http://www.mohp.gov.np/ ) मा जाँदा देब्रेतिर “news and events” अर्थात् “समाचार तथा घटनाहरु” हेर्यो भने सबैभन्दा नयाँ कार्यक्रममा करिब एक वर्षअघि गरिएको  वार्षिक परिवार नियोजन दिवस मनाइएको भन्ने देखिन्छ l

यसैगरी नेपालका स्वास्थ्य सम्बन्धि परिषद्हरुको सूचीमा केही नाम छुटेका छन् भने केही को नाम अपूर्ण या गलत नै दिईएको छ l मेडिकल काउन्सिल र स्वास्थ्य अनुसन्धान काउन्सिल बाहेकको लिंक खोल्दा “document will be updated soon” अर्थात् कागजात छिटै अध्यावधिक गरिनेछ भनेर आउँछ l अरु थुप्रै लिंकहरुमा पनि सूचना नै छैन जसमध्ये केहीको फोटो यहाँ राखिएको छ l

यसको साथै थुप्रै ठाउँमा मन्त्रालयको नाम नै गलत राखिएको छ भने कति ठाउँमा भने यस अन्तर्गतका कार्यक्रमको नाम गलत लेखिएको छ l मुटुसम्बन्धि कार्यक्रमलाई “heart” लेख्नुपर्ने “herd” लेखिएको छ l

progress report अर्थात् प्रगति प्रतिवेदन अन्तर्गत् जम्मा दुईओटा कागजात छन् जुन “brief profile of MoHP 2070-71” र “brief profile of MoHP 2071-72” रहेका छन् l

यति मात्र नभई “top ten diseases” अर्थात् “प्रमुख दश रोगहरु” को लिस्टमा चार वर्ष अघिको वार्षिक प्रतिवेदनको डाटा राखिएको छ l

धर्मनिरपक्ष राज्य घोषणा भएको थुप्रै वर्ष भइसक्दा पनि “country profile” अन्तर्गत “नेपाल हिन्दु राज्य हो” भनी लेखिएको छ l

यी सबै कुराहरु खबर गर्न मन्त्रालयको “contact us” मा गएर क्लिक गरेको मन्त्रालयको नाम “स्वास्थ्य मन्त्रालय” हुनुपर्नेमा अन्यथा भएकोले कतै दिईएको सम्पर्क नम्बर र ईमेल पनि गलत त छैन भन्ने संकाले सम्पर्क नै गरिएन l

मन्त्रालय अन्तर्गत रहेका बिभागहरुको वेवसाइटहरुको त झन् कुरा गरेर साध्य नै छैन l सम्बन्धित पक्षको यसमा समयमै ध्यान पुग्नु आवश्यक छ l

 

सुवेदी सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, काठमाडौंका लेक्चरर पनि हुन् ।

email: [email protected]

Last modified on 2016-06-26 16:55:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts