ओस्टियोपोरोसिसबाट कसरी जोगिने ? जानौं (भिडियोसहित )



Download our app to get more features

ओस्टियोपोरोसिस भनेको हड्डी मक्किने रोग हो । यो प्रायजसो उमेर ढल्कदै गरेका व्यक्ति वा वृद्धावस्थामा देखा पर्ने समस्या हो । महिलामा महिनावरी सुकिसकेपछि वा ६० वर्षपछि यो रोग देखा पर्छ । तर पुरुषमा भने हर्माेनको कमी भएपछि ७० वर्षपछि देखा परेका केसहरू छन् । 

मानव शरीरमा रहेको हड्डी क्याल्सिय र अन्य मिनरल्सले बनेको हुन्छ । जब उमेर ढल्कदै जान्छ तब मिनरल्समा कमी हँुदै जान्छ र हड्डी मक्किन थाल्छ । यस्तो बेला सानो चोट लाग्ने बित्तिकै हड्डीहरू भाँच्चिने हुन्छ । विशेषगरी मेरुदण्डको हड्डीमा यसको असर बढी हुन्छ । पुरुषको तुलनामा यो समस्या महिलामा बढी देखिन्छ । यसको मुख्य कारण हर्मनको कमी नै हो । महिलामा स्टोजन नामक हर्माेन महिनावारी सुकिसकेपछि बढ्न थाल्छ । जसले क्याल्सिय र मिनिरल्स जस्ता तत्वको उत्पादन घट्छ । यसको कमी हँुदै जाँदा हड्डी मक्किने गर्छ । साथै विभिन्न औषधिका कारण पनि चाडै नै हड्डी मक्किन सक्छ । 

ओस्टियोपोरोसिस हुन नदिन के गर्ने 

ओस्टियोपोरोसिस हुन नदिन नियमित शारीरिक व्यायम गर्ने, खानपानलगायतमा विशेष ध्यान दिँनुपर्छ । खानपान र जीवनसैलीमा सुधार गरे ओस्टियोपोरोसिसबाट बँच्न सकिने बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मी बताउँछिन् । 
 

हेरौं भिडियो :


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts