डा. कोइराला अस्पताल भर्ना 

What's This?


Download our app to get more features

चैत्र १, काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अस्पताल भर्ना भएका छन् । 

आइतबार राती अकस्मात् बिरामी भएपछि डा. कोइराला उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

 

चिटचिट पसिना, कमजोर र एक्कासी झाडावान्ता भएपछि आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको हो । 

कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, नेत्री सुजाता कोइराला, नेता बलबहादुर केसीलगायत अस्पताल पुगेका थिए ।

डा कोइरालालाई डा. मधु घिमिरेको टोलीले उपचार गरिरहेको छ ।

कोइरालाको स्वास्थ्य सुधार हुँदै गएको उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
 

Last modified on 2016-03-14 15:46:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts