‘कोरोनाबाट नेपाल पनि अछुतो छैन, समयमै सचेत हौं’ (भिडियोसहित)



Download our app to get more features

कोरोना भाइरसलाई नोबल कोरोना भाइरस सन् २०१९ भनेर चिनिएको छ । यो चीनको हुवान प्रान्तमा सन् २०१९ को अन्तिमतिर देखिएको थियो । सुरुमा यो रोगको संक्रमण लिएर करिब ४० जना जति मानिस अस्पताल भर्न भएका थिए । एकै चोटी यति धेरै मानिसमा संक्रमण देखिएपछि यसप्रति सिंगो राज्यको ध्यान आकृष्ट भएको हो । त्यतिखेर उपचारमा संलग्न चिकित्सकहरुले कतै सन् २००३ को सार्स त फर्किएर आएन भनि आसंका पैदा गरेका थिए । 

उनीहरुले संक्रमितको परीक्षण गर्दा सार्स भन्दा बिलकुल फरक रिर्पोट पाए । त्यति मात्रै होइन यसअघि देखिएका कोरोना भाइरस भन्दा पनि यसको लक्षण फरक र आक्रामक थियो । त्यसयता चीनमा मात्रै होइन विश्वभर नै नोबल कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा समेत २ जनामा कोरोना संक्रमण देखिसकेको छ । नोबल कारोनाबाट कसरी बच्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी यसप्रकार छ । 
हेरौं भिडियो 

 

Last modified on 2020-01-29 14:52:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts