मधुमेहको असर पैतलादेखि शीरसम्म



Download our app to get more features

मधुमेह रोग सबै उमेर समूहका मानिसलाई देखा पर्न सक्छ । यो रोगबाट नेपालमा बर्षैपिच्छे हजारौं मानिस पीडित बनिरहेका छन् । मधुमेह एक प्रकारको वंशानुगत रोेग हो । जसले हाम्रो शरीरमा ग्लुकोजको मात्रालाई बढाउँछ र शरीरमा नकारात्मक असर पर्न जान्छ । मधुमेहका सुरुवाती लक्षणहरुमा शरीरको तौल घट्दै जाने, मुख सुख्खा हुने, अत्यधिक पानी तिर्खा लाग्ने, छिटोछिटो पिसाब लाग्ने, शरीर धेरै मोटो अथवा पातलो हुने हुन्छ । कतिपय अवस्थामा कुनै लक्षण नै नदेखिने पनि हुन्छ ।

मधुमेह भइसकेपछि पनि उपचार वा रोग नियन्त्रणका उपाय नअपनाए मिर्र्गौलामा असर पर्ने, आँखाको ज्योति गुम्नेसम्म हुन्छ । साथै मधुमेहले दीर्घकालिन रुपमा हृदयघात, मष्तिक पक्षघात समेत हुन्छ । रगतनली र स्नायूमा मधुमेहका कारणले खुट्टा झम्झमाउने, पैतालामा घाउ हुने, घाउ भएको थाहै नहुने समेत हुन्छ । जसलाई डाईबिटिज फुट भनिन्छ । जसको कारण पछि खुुट्टा नै काट्नु पर्ने पनि हुनसक्छ । मधुमेह शरीरबाट निर्मूल पार्न सकिने रोग होर्ईन तर सन्तुलित आहार, नियमित व्यायम र सकारात्क व्यवहारले यसलाई नियन्त्रणमा राख्न सकिन्छ । मधुमेह रोगलाई कसरी नियन्त्रणमा राख्ने र मधुमेह हुनै नदिने बिषयमा वयोधा हस्पिटल्सकी इन्डोक्राइनोलोजिष्ट डा. श्रद्धा श्रेष्ठको सल्लाह यस्तो छ । 

हेरौं भिडियो :– 


 

Last modified on 2020-01-09 15:26:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts