नेपालमा कस्तो छ क्यान्सरको उपचार पद्धति (भिडियोसहित)  

What's This?


Download our app to get more features

नेपालमा मात्रै होइन विश्वभर नै क्यान्सरका बिरामी बढ्दै गइरहेको क्यान्सर रोग विशेषज्ञ डा. सुभाष पण्डित बताउँछन् । तथ्यांकको कुरा गर्ने हो भने नेपालमा हरेक वर्ष ३० हजारलाई क्यान्सर हुने गरेको छ ।

उनका अनुसार ३० हजार मध्ये करिव १२ हजार मात्र कुनै न कुनै अस्पतालमा उपचारका लागि पुग्छन् । बाँकी बिरामी अस्पतालसम्म पुग्न सकेका छैनन् । नेपालमा बढी हुने क्यान्सर भनेको फोक्सोको क्यान्सर हो । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र नाक कान घाँटीको क्यान्सर धेरै देखिने गरेको छ । 

क्यान्सरको उपचार पद्धति ३–४ प्रकारका रहेको डा. पण्डित बताउँछन् । शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी र ब्राकीथेरापी पद्धति क्यान्सर उपचारको प्रभावकारी विधि हो । 

क्यान्सरका लगभग ५० देखि ७० प्रतिशत बिरामीलाई कुनै न कुनै रुपमा रेडियोथेरापीमार्फत उपचार आवश्यक पर्छ । ब्राकीथेरापीबाट उपचार गराउँदा बिरामीको सम्पूर्ण उपचार एक सातामा सकाउन सकिन्छ । क्यान्सरका उपचारका विभिन्न विधि र प्रविधि आइरहेका छन् । त्यसकारण क्यान्सरका बिरामीले हरेश खानु हुँदैन् । हरेक प्रकारका क्यान्सरको उपचार सम्भव हुने अवस्था आएको छ । 

नेपालमा क्यान्सर रोगको उपचार पद्धति कस्तो भन्ने विषयमा डा. पण्डितले दिएको भिडियो सन्देश यस्तो छ ।

हेरौं भिडियो ः

Last modified on 2020-02-06 11:09:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts