यसरी बच्न सकिन्छ कानको संक्रमणबाट



Download our app to get more features

मानिसको महत्वपूर्ण अंगमध्ये कान पनि एक हो । हरेक मानिसमा कानको संरचना एउटै हुन्छ । तर कानमा हुने संक्रमण र समस्या भने फरक–फरक हुन सक्छ । कानमा जुनसुकै उमेर समुहका मानिसमा संक्रमण हुने भएपनि विशेष गरी बालबालिकामा कानको संक्रमणको जोखिम बढी नै हुन्छ । 

कानका भित्री संरचनाहरु जटिल भएपनि कानको मुख्य काम भनेको आवाजलाई श्रवण गर्नु हो । चिकित्सकीय भाषमा कानको संरचना अनुसार कानको संक्रमणलाई विभाजन गरीन्छ । यसलाई कानको बनावट अनुसार नै तीन तहमा विभाजन गरीन्छ । 

शरीरको मुख्य अंगमध्ये पर्ने कानमा कहिलेकाँही विभिन्न खालका संक्रमणहरु देखापर्न सक्छ । कानमा संक्रमण हुने धेरै कारणहरु हुन्छन् । अनावश्यक रुपमा कान कोट्याउने, कानमा तेल तथा जथाभावी औषधिको प्रयोग गर्ने, कानमा पानी हाल्ने, बच्चालाई सुताएर दुध खुवाउने जस्ता व्यवहारले कानमा समस्या देखिन सक्छ । 

उमेर, संक्रमणको पारिवारिक इतिहास, एलर्जी तथा रुघा खोकी, जन्म विकार, कमजोर प्रतिरक्षा प्रणाली पनि कान संक्रमणको जोखिम हुन्छ । त्यस्तै रुघा बढी लाग्ने र एलर्जीले बारम्बार सताउने मानिसलाई पनि जोखिम वर्गमा राखिन्छ । 

कान दुख्ने, चिलाउने, कानबाट रगत वा कुनै पदार्थ बगिरहने जस्ता समस्या देखापरे कानमा कुनै संक्रमण हुँदैछ कि भनेर सजक रहनु पर्छ । सामान्यतया कानको संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ । 

कानको संक्रमणबाट बच्न अनावाश्यक बाह्य वस्तुले कान नकोट्याउने, जथाभावी औषधीको प्रयोग नगर्ने, साना बच्चालाई दुध चुसाउँदा मुखबाट बगेर कानमा दुध नपर्ने गरी काखमा राख्ने जस्ता उपाय अपनाउनु जरुरी हुन्छ । 


नबिना कार्कीेले गरेको कुराकानीमा आधारित ।

Last modified on 2016-06-23 09:38:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts