मोबाइलको चंगुलमा आजका बालबालिका



Download our app to get more features

यो र यस उपरान्तका केही लेखहरूको श्रृंखलामा मोबाइल दुरुपयोगले निम्त्याएका मनोसामाजिक समस्याहरूको घटनाप्रसँगसहित चर्चा गर्ने जमर्काे हुँदैछ । 

रन्जन (लेख प्रयोग भएका सबै नाम परिवर्तित हुन्) जन्म परिवारको धेरै चाहनापछि भएको हो । ऊ सबैको लाडप्यारमा लुटपुटिएको स्पष्ट छ । हर कुरामा उसलाई सबैले चाहिनेभन्दा ज्यादा नै माया र भाउ दिने गर्थे । उ पनि यसको फाइदा उठाउने गथ्र्यो । खाना खान पनि ज्यादै नाटक गथ्र्याे । स्वास्थ्यबर्धक पोसिलो खाना नखाने तर रेडिमेड, जंकफुड पत्रु खाना पाए मज्जाले खाने गथ्र्यो । 

बालकको अभिभावकको रेष्टुरेन्ट थियो । हामी पनि सो रेष्टुरेन्टमा जाने आउने भएकाले कहिलेकाही उनीहरुले सल्लाह लिन्थे । रन्जनका अभिभावकले छोराले खाना खाएन, भनेको मानेन भने फकाउन मोबाइल दिने गर्थे । सुरुसुरुमा त उ मोबाइलमा गीत संगीत सुनेर कार्टुन हेरेर बस्थ्यो । पछि पछि भिडियो गेम लगाइदिएपछि मात्रै खाना खान थ्यो । यो उसको नियम नै बनिसकेको थियो । केही गरी मोबाइल भएन, हेर्न पाएन भने खानै नखाने हुन थल्यो । खाना खाने बेला मात्रै होइन, अरु बेलामा पनि मोबाइलमा भिडियो, गेम वा कार्टुन हेरेर बस्ने, कसैलाई वास्ता नगर्ने गर्न थाल्यो । बच्चाले काममा र अरू कुरामा अलमल नगरी दिएकोमा बाबुआमा पनि खुशी नै थिए । बाजेबज्यै पनि फुच्चेले मोबाइल खेलाएको र त्यसमा थरिथरि हर्कत गरेको कुरा ग्राहकलाई धक नमानी सुनाउँथे । म भने उसमा आइरहेका परिवर्तन देखेर भित्रभित्र छट्पटिन्थेँ । एक दुई पटक भनि पनि हेरे । निर्दाेष र अबोध बालकको यसका के दोष । उसलाई के थाहा ? के सही के गलत वा के हितकर के अहितकर भनेर । मोबाइलको लत बच्चा र अरु मानिसकै लागि पनि राम्रो नहुने कुरा औंल्याउने प्रयास गरे । तर, अभिभावकले सुने नसुनेझैं गरेर टारे । 

रन्जनको स्कुल जाने उमेर पनि भयो । तर मोबाइलमा बानी लागेको फुच्चे स्कुलमा घुलमिल र एडजस्ट हुन नसक्दा शिक्षकहरूले अभिभावकसँग कुराकानी गरे । यो कुरा मबाट लुक्ने कुरै भएन । उनीहरूले बडो हिच्किचाहटका साथ मसँग कुरा राख्दासम्म बच्चामा मोबाइल लत बसिसकेको थियो । तर, उपाय उपचारको विकल्प के नै हुनसक्छ र ? अभिभावक, शिक्षक सबैको प्रयास जरूरी भयो त्यो समस्या सम्बोधन गर्न । अलि ढिलै भए पनि बाबुआमाको आँखा खुलेको थियो । 

रविन निम्न मध्यम वर्गीय परिवारको एक किशोर हो । रविनका बुवा एक अफिसमा क्लार्क सरहको पदमा काम गर्छन् । जसोतसो दुःखजिलो गरेर उसको पढाइ धानीरहेका छन् । अभिभावकको यथासक्य हेरदेख, निगरानी र सहयोगमा उसले एसईईमा सोचेभन्दा राम्रो नतिजा ल्यायो । परिवारको आशा प्रगति उसमा आएर पुरा हुने कुरा यदाकदा प्रकट पनि भयो । परीक्षाको सफल नतिजामा उसका कतिपय साथीहरूले के, कतिले के उपहार पनि पाए । आर्थिक स्थिति उति अनुकूल नभएको हुनाले उसले कुनै गिफ्ट पाउने आशा पनि थिएन । त्यहि बेला साउदीमा काम गरिरहेका उसका मामा घर आएका थिए । भान्जाको नतिजाबाट खुशी भएका मामाले पनि कसैका लागि भनेर ल्याएको मोबाइल उपहारमा दिए । रविनका बाबुलाई यो कुरा अलि मन परेको थिएन । मामाले मायाले दिएको उपहारमा धेरै केही भन्ने कुरा पनि भएन ।

मोबाइल उपहार पाएपछि रविन के के न पाएजस्तै गरी हिँड्न थाल्यो । अधिकांश समय भिडियो गेम, आवश्यक अनावश्यक गुगल सर्फिंङमा बित्न थाल्यो । शुरुशुरुमा डाटा चलाउँथ्यो, अनि थरिथरि पेकेजमा चलायो । पछि घरमा नेट नभएपनि छरछिमेक चारैतिर भएपछि अहिलेको रविन जस्तो केटोलाई नेटको समस्या हुने कुरा रहेन । दिमाग तेज भएकोले चाहिने बेला मेहनत गरेर आगामी दिनमा पनि राम्रै गर्ला नि भनेर सोच्ने बाबु प्लस टुको पहिलो वर्षको नतिजाले चकित परे । उ जष्ट पास थियो । 

यस्तो कथा आजभोलि धेरै आमाबाबुको यथार्थ भैरहेको छ । ओपिडी, मिडिया, घरघर, स्कूलहरू यस्ता प्रकरणले व्याप्त छन् । धरानका केही स्कूलमा १०, ११, १२ कक्षाका अध्ययनरत विद्यार्थीमा गरिएको सर्वेक्षण अनुसार सयौं विद्यार्थीमा मोबाइल लत रहेको देखियो । 
 

Last modified on 2019-12-31 13:19:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts