जाडोबाट जोगिन के खाने कस्तो व्यायम गर्ने ? (भिडियोसहित)



Download our app to get more features

जाडो मौसममा धेरैजसोले पानी कम खाने गर्छन । हुनत गर्मीयामको तुलनामा जाडोमा तिर्खा पनि कम लाग्ने भएकाले यसो गरेको हुनसक्छ । तर तिर्खा लागेन भन्दैमा आवश्यक मात्रामा पानी नखानु स्वास्थ्यका लागि हानिकारक हो भन्छन् ब्लु क्रस अस्पतालका फिजिसियन प्राडा प्रकाशराज पाण्डे । 

यस्तै जाडो समयमा चिसो धेरै भयो भनेर भm्याल ढोका बन्द गरेर माकल तथा हिटर बालेर सुत्नु पनि नहुने उनको सुझाव छ । खानपानमा पनि यो बेला निकै ध्यान दिनुपर्ने उनको भनाइ छ । न्यानो लुगा लगाउन र सकेसम्म चिसोमा नहिड्न उनले सुझाव दिएका छन् । चिसोबाट शरीररलाई जोगाउन शरीरमा धेरै उर्जा आवश्यक पर्छ सो उर्जाका लागि क्यालोरीयुक्त खानेकुरा खानुपर्ने डा. पाण्डेको परामर्श छ । 

खानपानका साथसाथै नियमित व्यायमलाई पनि रुटिन बनाउनु पने उनको भनाइ छ । जडोमा छातीका रोगीले स्वास्थ्यको बारेमा विशेष ध्यान दिन आवश्यक हुन्छ । छातीका दीर्घ रोगीले जाडो सुरु भन्दा अगाडि निमोनियाको भ्याक्सिन लिदा राम्रो हुने उनको भनाइ छ । चिसोमा मर्निङ वाक नगर्न पनि उनको सुझाव छ । जाडोयाममा उच्च रक्तचापको जोखिम बढी हुने हुँदा हृदयघात हुने सम्भावना पनि त्यतिकै रहन्छ । त्यसले गर्दा जाडोमा बिहानको चिसोबाट बच्न आवश्यक हुन्छ । जाडोयाममा कसरी स्वस्थ रहने भन्ने बारे डा. पाण्डेले थप सुझाव भिडियोमार्फत दिएका छन् । 
 

हेरौं भिडियो 

Last modified on 2019-12-24 11:43:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts