कुन अवस्थामा गरिन्छ सिजेरियन सेक्सन (भिडियोसहित)



Download our app to get more features

पेटको तल्लो भाग र पाठेघर चिरेर शल्यक्रियाबाट बच्चा जन्माउने विधिलाई सिजेरियन सेक्सन भनिन्छ । कतिपय स्थितिमा प्रसव व्यथा सुरु भइसकेपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्थालाई इमर्जेन्सी सिजेरियन सेक्सन भनिन्छ भने कतिपय स्थितिमा यो केही समय कुरेर केही तयारी पछि गर्ने गरिन्छ । जसलाई इलेक्टिभ सिजेरियन सेक्सन भनिन्छ । 

प्राकृतिक रुपमा प्रसव अवस्थाबाट बच्चा जन्माउन नसकिने विशेष स्थितिहरूमा मात्र सिजेरियन सेक्सन गरिन्छ । पछिल्लो समयमा यो विधिबाट बच्चा जन्माउने दर बढ्दै गएको छ । कतिपय स्थितिमा आमा र बच्चाको जीवन जोगाउने यस विधि अपनाइन्छ । चिकित्सकीय आवश्यताअनुसार मात्र गरिनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले जोड दिदै आएको छ । हरेक सय गर्भवती मध्ये आठ जनाको सिजेरियन सेक्सनबाट प्रसव गराइने वी पी स्मृतिका अस्पतालका मेडिकल डाइरेक्टर तथा स्त्रीरोग विशेषज्ञ डा. धनबहादुर रानामगर बताउँछन् ।  

कस्तो अवस्थामा सिजेरियन सेक्सन गरिन्छ । सिजेरियन सेक्सनपछि स्वास्थ्यलाई कसरी ख्याल गर्ने भन्ने विषयमा  डा. मगरले दिएको भिडियो सन्देश यस प्रकार छ ः–
हेरौ भिडियो 

Last modified on 2019-12-26 12:47:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts