नुन चर्को र रातो मासु धेरै खानेलाई ठूलो आन्द्राको क्यान्सरको जोखिम उच्च (भिडियोसहित)



Download our app to get more features

नेपालमा ठूलो आन्द्रा र पेटको क्यान्सर संक्रमण निरन्तर बढी रहेको बताउँछन् ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष डा. एके कश्यप । उनका अनुसार एक वर्ष अघिसम्म पनि ७–८ नम्बरमा रहेको ठूलो आन्द्रा र पेटको क्यान्सर अहिले दोस्रो नम्बरमा छ । 

नेपालमा रोग पहिचान (स्क्रिनिङ) गर्ने प्रचलन नहुँदा यसका बिरामी बढ्दै गएको उनको भनाइ छ । ठूलो आन्द्रामा क्यान्सर संक्रमण हुने विभिन्न कारण छन् । कतिपय अवस्थामा यो वंशाणुगत पनि हुन्छ । साथै नुन बढी खाने, रातो मासु बढी खाने, चिल्लो खानेकुरा खाने र फाइवर कम खानेलाई पेट तथा ठूलो आन्द्राको क्यानसको जोखिम बढी हुन्छ । 

फाउन्डेसडमा दर्ता भएर आउने बिरामीलाई उपचारमा विशेष व्यवस्था समेत गरेको उनको भनाइ छ । यसरी आएका बिरामीले निःशुल्क उपचार सेवा पनि लिन सक्छन् । फाउन्डेसनले देशभर रहेका स्थानीय तहको वडा वडामा गएर शिविर सञ्चालन गर्दै बिरामीलाई थप सेवा दिने लक्ष्य लिएको छ । 

हेरौं भिडियो  

 

Last modified on 2019-12-19 15:26:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts