मैमोग्राममार्फत यसरी पहिचान गरिन्छ स्तन क्यान्सर
स्तनको तन्तु असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्न विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ जसलाई मैमोग्राम भनिन्छ । यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि पनि हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर कम से कम दुई एंगलबाट स्तनको चित्र लिने गर्छन । नियमित चिकित्सकीय परीक्षणद्वारा स्तन क्यान्सरको शुरुवाती निदान गर्न मैमोग्राम अति नै आवश्यक हुन्छ ।
४० वर्षको उमेरपछि अथवा त्यो भन्दा पहिले यदि तपार्इंलाई स्तन क्यान्सरको खतरा छ भने, तपाईले हरेक वर्ष मैमोग्राम गराउनु आवश्यक हुन्छ । यदि तपाईंको परिवारमा स्तन क्यान्सरको कुनै व्यक्तिगत अथवा पारिवारिक इतिहास छ भने तपाईंको डाक्टरले ४० वर्षको उमेरभन्दा पहिने नै स्क्रीनिङ्गद्वारा जाँच गर्न सुझाब दिन्छन् ।
यदि तपार्इंको डाक्टरले स्तनकम हुनसक्ने क्यान्सर अथवा परिवर्तनको जाँच गर्न एउटा नियमित जाँचको रुपमा मैमोग्राम गर्न सुझाब दिन्छन् भने त्यस्तो प्रकारको जाँचलाई स्क्रिनिङ्ग मैमोग्राम भनिन्छ । यस प्रकारको जाँचमा प्रत्येक स्तनको दुई तरिकाले एक्स–रे गरिन्छ ।
यदि स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मैमोग्राम गर्न सुझाब दिन्छन । यदि स्तन प्रत्यारोपण भएको छ भने एउटा डाइग्नोस्टिक मैमोग्रामको आवश्यकता पर्छ । डाइग्नोष्टिक मैमोग्राम स्क्रीनिङ्ग मैमोग्राम भन्दा कयौं गुणा राम्रो हुन्छ ।
मैमोग्राम गर्नु अघि ध्यान दिनुपर्ने कुराहरू
१. डिओडोरेन्ट, बडी पाउडर, मलहम अथवा क्रिम स्तनमा प्रयोग गर्न रोक्न लगाईन्छ । यी पदार्थहरुले गर्दा एक्स–रे चित्र खराब गर्न सक्छ ।
२. गर्भवती अथवा गर्भवती हुने सम्भावना छ भने जाँच गर्नुअघि रेडियोग्राफर टेक्नोलोजिस्टलाई बताउनुपर्छ ।
मैमोग्रामको दौरान ः
१. तपाईंलाई छातीतिरको (स्तन वरिपरिको) कपडा हटाउन भनिनेछ र अस्पतालद्वारा तपार्इंलाई लगाउनको लागि गाउन उपलब्ध गराउनेछ ।
२. तपाईलाई मैमोग्राम मेसिनको नजिक उभिन भनिनेछ ।
३. प्रत्येक स्तनको कमसेकम दुई तरिकाले एक्स–रे गरी तस्विर लिइन्छ ।
४. रेडियोग्राफर टेक्नोलोजिस्टद्वारा स्तनलाई तल–माथि अथवा दायाँ–बायाँ गर्नुपर्ने हुन्छ ताकि एक्स–रेको लागि सही ठाउँ छान्न सकियोस ।
५. स्तनलाई दुई समतल सतहबीच दबाउने गरिन्छ । जसले गर्दा तपार्इंलाई केही समयको लागि अप्ठ्यारो महशुस हुन सक्छ तर यसले गर्दा तपाईंलाई कुनै हानी पुग्ने छैन ।
६. गहिरो सास लिन भनिनेछ र जबसम्म एक्स–रे लिइन्छ तबसम्म सास रोक्न भनिनेछ ।
७. स्तन प्रत्यारोपण गराइको छ भने अलि बढी एक्स–रे को आवश्यकता पर्छ र जाँच गर्न बढी समय लाग्छ ।
८. जाँचको परिणाम एक्स–रे द्धारा लिएको स्तनको तस्वीर डाक्टर कहाँ पठाइन्छ र रोगको निदान गरिन्छ ।
मैमोग्रामद्धारा लिएको तस्विरले स्तनमा भएको गाँठागुठी अथवा कैल्सियमलाई खोज्न मद्दत गर्छ । अधिकतम गाँठागुठी क्यान्सरको संकेत दिँदैन । यहाँ बीआई–आरएडीएस अथवा ब्रेस्ट इमेजिंग रिपोर्टिङ्ग र डेटाबेस सिस्टम नामक मैमोग्राम एक राष्ट्रिय निदान प्रणाली हो । यस प्रणालीमा सात श्रेणी हुन्छन् जहाँ शुन्यबाट ६ श्रेणीसम्म हुन्छ । प्रत्येक श्रेणीमा यो बताइन्छ कि के स्तनको अतिरिक्त तस्वीर आवश्यक छ कि छैन अथवा स्तनको कुनै पनि क्षेत्र क्यान्सरमुक्त छ अथवा क्यान्सरयुक्त हुने सम्भावना छ ।
(लेखक दास राष्ट्रिय ट्रमा सेन्टरका रेडियोग्राफर टेक्नोलोजिस्ट हुन्)