‘वयस्कमा मात्रै होइन बालबालिकामा पनि हुन्छ एपेन्डिसाइटिस’ (भिडियोसहित)



Download our app to get more features

बालबालिकामा पनि एपेन्डिसाइटिसको जोखिम हुने गर्छ । धेरैजसो अभिभावक बालबालिकामा यस्तो नहोला भन्ने ठान्छन् तर साना केटाकेटीमा समेत एपेन्डिसाइटिस भएका घटना अस्पतालमा धेरै आउँछन् । तर उनीहरुमा ठूला मान्छेमा देखिने जस्तो लक्षण नदेखिन सक्छ ।

बालबालिकामा देखिने यो समस्या पहिचान र समाधानका लागि अनुभवी चिकित्सकको आवश्यकता पर्छ । बालबालिकामा एपेन्डिसाइटिस भएमा वान्ता गर्ने, बेसरी रुने, पेट दुख्ने र केही समयपछि पुनः हराउने, दाहिने भागमा पेट दुख्ने, पेट छाम्दा पनि बच्चा रुने गर्छ । बलबालिकामा एपेन्डिसाइटिस भएमा वयस्कमा भन्दा बढी जोखिम हुन्छ । उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा एपेन्डिसाइटिस फुट्ने सम्भावना बढी हुन्छ ।

तर एपेन्डिसाइटिस वशांनुगत रोग भने होइन । यदि बच्चाको पेट सुन्निएमा, लगातार २ घण्टासम्म निरन्तर पेट दुखेमा, वान्ता गरिहे एपेन्डिसाइटिसको लक्षणसँग मिल्ने वरिष्ठ बालशल्यचिकित्सक डा. के.पि देवकोटा बताउँछन् ।  

हेरौं भिडियो

 

Last modified on 2019-12-06 07:41:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts