मौसमी फ्लूबाट बच्न डा. सिजापतिका टिप्स



Download our app to get more features

मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो तथा रुघाखोकी शुरु भएको छ । नेपालको परिपेक्षमा यो नौलो कुरा होइन । मौसम परिवर्तन भएसँगै हाम्रो शरीरले तत्कालै परिवर्तन भएको वातावरणलाई समायोजन गर्न नसक्दा विभिन्न खालका मौसमी भाइरल देखा पर्छन् । 

बढ्दो वायु प्रदुषण र बदलिँदो मौसमको असर आममानिसम प्रत्यक्ष वा अप्रत्यक्ष परिरहेको हुन्छ । यसरी मौसम परिवर्तनसँगै देखिने समस्यालाई मौसमी फ्लू भनिन्छ । सामान्य भाषमा भन्दा एउटा मौसममा रहिरहेको शरीर अर्को मौसमा घुलमिल हुन खोज्दा देखिएको समस्या हो । 

भर्खरै मनसुन वर्षा शुरु भएको छ । वर्षासँगै अधिकांस मानिसमा रुघा, खोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्न थालेका छन् । मौसम परिवर्तन हुँदा घाँटी खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने सिगान बग्नेजस्ता समस्याले पनि सताइरहेको हुन्छ । हेर्दा सामान्य लागेपनि मानिसको सानो अरावधानीका कारण भाइरलका बिरामीको चाप विभिन्न स्वास्थ्य संस्थाहरुमा बढ्ने गरेको छ । 
 
मौसमी फ्लू छिटो सर्ने रोग हो । यसकारण पनि संक्रमित व्यक्तिले विशेष सतर्कता अपनाउन पर्छ । यस्ता संक्रमणबाट बच्न समय अनुसारका लुगा लगाउने, धुवाँ, धुलोमा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता व्यवहार अपनाउन सकिन्छ । 

मौसमी फ्लू मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छयूँ गरेपछि, खोकेपछि साबुन पानीले हात धुनु जरुरी हुन्छ । हात नधोइकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन । यसअर्थ खोक्दा, हाच्छयूँ गर्दा अनिवार्य सफा रुमाल वा टावेलको प्रयोग गर्नुपर्छ ।  यस्ता सावधानी अपनाएमा संक्रमित व्यक्तिबाट रोग अरूलाई सर्ने डर कम हुन्छ ।

रुघा खोकी भनेर गरिने असावधानीले फोक्सोमा संक्रमण भएर निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहेलो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्छन् । आफूलाई यस्ता भाइरल संक्रमण भएमा निको नहुन्जेल कार्यालय, विद्यालय वा धेरै मानिसको आवतजावत हुने स्थानमा नजानु नै उपयुक्त हुन्छ । 

 

नबिना कार्कीले गरेको कुराकानीमा आधारित 

 

Last modified on 2016-06-20 21:43:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts