क्यान्सरको ९० प्रतिशत उपचार नेपालमै, कुन कुन अवस्थामा विदेश जानुपर्छ ? (भिडियोसहित)



Download our app to get more features

क्यान्सर उपचारका लागि विदेशिनुपर्ने बाध्यता नरहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका प्रमुख डा. सुदिप श्रेष्ठ बताउछन् । उनका अनुसार नेपालमा नै सबै क्यान्सरको प्रायः सबै उपचार सम्भव रहेको छ । तर कुनै विशेष अवस्थामा भने चिकित्सकको सल्लाह अनुसार विदेश जानु पर्ने अवस्था आउने सक्ने उनी बताउँछन् । 

नेपालमा सबैभन्दा बढि देखिएको क्यान्सर फोक्सोको रहेको उनले बताए । यसको उपचारका लागि पनि बिरामी अर्काे मुलुक जानु नपर्ने डा. श्रेष्ठ बताउँछन् । फोक्सोको क्यान्सरको उपचारमा शल्य चिकित्सा र किमोथेरापि लगाएतका अन्य थेरापी नेपालमा नै उपलब्ध रहेको उनले बताए । 

कुनै स्पेशल अवस्थामा फोक्सोको क्यान्सर स्पेशल रेडियोथेरापि बाट पनि गर्नुपर्ने हुन्छ । यो नेपालमा पनि सुरु भइसकेको छ । 

फोक्सोको क्यान्सर लगायत स्तन क्यान्सरको उपचारका लागि पनि विदेशिनु पर्ने आवश्यकता नरहेको उनी बताउँछन् । उनले प्राय जसो फोक्सोको क्यान्सरको लागि कहिँ जानुनपर्ने अवस्था बनिसकेको छ ।
त्यस्तै रक्त क्यान्सर, आमाशाय, ठूलो आन्द्राको क्यान्सरको सबै निदान नेपालमा नै सम्भव रहेको उनको दावी छ । 

तर नाक कान घाँटीको क्यान्सर भएमा भने केही उपचारका लागि विदेश जानुपर्ने उनी बताउँछन् । चिकित्सकको सल्लाहमा प्लाटिक सर्जरीको केहि प्राविधिक प्रक्रियामा मात्र जान आवश्यक रहेको छ । त्यस्तै प्रोष्टटको क्यान्सरमा भने कोहि कोहिलाई विदेश पठाउनुपर्ने आवश्यक्ता हुन्छ । छालाको क्यान्सरको उपचार पनि नेपालमा नै सम्भव रहेको उनले बताए । 

डा. श्रेष्ठले नेपालमा क्यान्सरका बिरामी प्राय जसो तेस्रो र चौथो चरणमा आइपुग्ने गरेको बताए । क्यान्सरको पहिलो चरणमा बिरामी अस्पताल आइपुगे ८० प्रतिशत निको हुने सम्भावना हुन्छ । त्यस्तै दोस्रो चरण ६० प्रतिशत, तेस्रोमा ४३ प्रतिशत र चौथो चरणमा निको हुने सम्भावना कम हुन्छ । 

नेपालमा क्यान्सर रोगको रोकथामका लागि स्पष्ट नीति आवश्यक रहेको उनको ठहर छ । क्यान्सर रोगबाट विशेषगरी खानपिनमा ध्यान दिन पनि डा. श्रेष्ठले बताए । साथै वर्षमा कम्तिमा पनि एक पटक स्वास्थ्य जाँच गर्न सुझाव दिएका छन् । जसका कारण क्यान्सर लागि हालेपनि समयमा नै उपचार पाएपछि निको हुने सम्भावना बढि हुन्छ । 

हेरौं भिडियो
 

Last modified on 2019-11-19 14:26:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts