के हो अक्कुपन्चर ? किन गर्ने ?



Download our app to get more features

हाम्रो शरीरमा विभिन्न प्रकारका इनर्जी बग्ने बाटो (इनर्जी वे) हरु हुन्छन् । ती एनर्जी बग्ने बाटोमा अवरोध भएमा शरीरमा रोग उत्पन्न हुन्छ । अक्कुपन्चरका माध्यमबाट सो अवरोध हटाउने काम गरिन्छ । आधुनिक विचारधारा अनुसार अक्कुपन्चरले शरीरको नयोरोहर्मोनल पथको माध्यमबाट शरीरमा असर वा प्रभाव देखाउँछ । जब छालामा रहेका निश्चित अक्कुप्वान्ट वा बिन्दुमा सियो घोचिन्छ, यसले नसालाई उत्तेजित गर्छ । सो नसाको माध्यमबाट ती सूचना दिमागमा पुग्छन् । दिमागले त्यही सूचनाको आधारमा प्राकृतिक रुपमा विभिन्न प्रकारका हर्मोन तथा रसायनहरु जस्तै : बिटा, इनडोरफिन, सेरोटोनिन लगायत दुखाइ कम गर्ने रसायनको उत्पादन गर्छ ।

अक्कुपन्चरको सिद्धान्तअनुसार हाम्रो शरीरमा १२ वटा स्रोत हुन्छन् । प्रत्येक च्यानल अर्थात् स्रोत हुन्छन् । प्रत्येक च्यानल अर्थात् स्रोतमा फरक–फरक संख्यामा इनर्जी प्वाइन्ट हुन्छन् । यस्ता इनर्जी प्वाइन्ट जम्मा तीन सय ६१ वटा हुन्छन् । रोगअनुसार फरक–फरक (अक्कुप्वाइन्ट) लाई उत्तेजित गरिन्छ । यदि सही बिन्दुको इनर्जी प्वाइन्टमा सही तरिकाले बोधन गरियो भने त्यस ठाउँमा भारीपन, झमझम करेन्ट लागेजस्तो चिलिाएको अनुभव हुन्छ । विश्व स्वास्थ्य संगठनले कन्ट्रोल क्लिनिकल ट्रायलको रिपोर्टका आधारमा निम्न रोगमा अक्कुपन्चर चिकित्सा पद्धतिलाई उपयोगी मानेको छ ।

उपचार हुने रोगहरु 

♦ नसासम्बन्धी समस्या 

♦ माइग्रेन (टाउको दुखाइ)

♦ निद्रा नलाग्ने समस्या

♦ महिनावारीको दुखाइ

♦ कम्मर, घाँटीको दुखाइ

♦ वाकवाकी लाग्नु, उल्टी हुनु

♦ मस्तिष्कघात 

♦ प्यारालाइसिस

♦ अनुहारको प्यारालाइसिस

♦ पक्षघात

♦ क्यान्सरको दुखाइ

♦ बाथ, जोर्नीको दुखाइ

♦ मोटोपन

♦ नसाका कारणले गर्दा हुने पिसाबसम्बन्धी समस्या

♦ रोगप्रतिरोध क्षमताको बृद्धि आदि

Last modified on 2019-10-24 05:56:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts