बच्चालाई पटमा दिसापिसाब गराउनुहुन्छ भने होशियार !



Download our app to get more features

आधुनिक जीवनशैलीका नाममा कतिपय कामले स्वास्थ्यमा असर पारिरहेका छन् । आजकाल अधिकांशले बच्चालाई सानैमा पट्टी ट्रेनिङ (पटमा राखेर दिसा–पिसाब गराउनु) गराउने चलन व्यापक छ । ६–७ महिना भएपछि बच्चालाई पटमा राख्न सिकाइन्छ । बच्चा आँफै बस्न सक्ने भएपछि अधिकांश अभिभावकले ठान्छन्, अब पटमा दिसा–पिसाब गराउने वेला भयो ।

तर, सानै उमेरका बच्चालाई पट्टी ट्रेनिङ दिँदा स्वास्थ्यमा गम्भीर असर निम्तिन सक्छ । तीन वर्षभन्दा कम उमेरका बच्चालाई पटमा राखेर दिसा–पिसाब गराउनु उचित काम होइन । यस कुरामा हरेक अभिभावक सचेत हुन जरुरी छ । वेक फरेस्ट युनिभर्सिटी, क्यालिफोर्नियाका वरिष्ठ युरोलोजिस्ट प्रा.डा. स्टिभ होजेसका अनुसार सानै उमेरमा बच्चालाई यसो गर्दा दुर्घटना निम्तिन सक्छ किनभने यस्ता बच्चाको ब्लाडर (मूत्रथैली) पर्याप्त रूपमा बलियो भइसकेको हुँदैन ।

कम उमेरका बच्चा पटमा बस्दा अपचको समस्या निम्तिने खतरा पनि उत्तिकै रहन्छ । बच्चाको कलिलो मलद्वार क्षतिग्रस्त हुनसक्छ र मूत्रनलीमा संक्रमणको सम्भावना हुन्छ ।

Last modified on 2019-10-14 14:51:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts