के हो 'हेड एण्ड नेक' क्यान्सर ?
अन्य क्यान्सरको तुलानामा नाक, कान, घाँटीको क्यान्सर बारे कमै सुनिन्छ । तर यी अंगमा पनि क्यान्सर भएका बिरामीहरु धेरै छन् । नाक, कान, घाँटीको क्यान्सरलाई हेड एण्ड निक क्यान्सर पनि भनिन्छ । के हो हेड एण्ड निक क्यान्सर ? यो किन हुन्छ र यसबाट बच्न कस्तो सावधानी अपनाउने भन्ने विषयमा क्यान्सर रोग विशेषज्ञ डाक्टर विजेशराज घिमिरेको सुझाब यस्तो छ ।
नेपालमा नाक, कान, घाँटीको क्यान्सरका बिरामी धेरै छन् । हाम्रो खानपान, जीवनशैली आदिका कारण यो समस्या अझै बढ्दै छ । हेड एण्ड निक क्यान्सरभित्र मुख, घाँटी, थाइराइड, नाकको क्यान्सर बढी भएको पाइन्छ ।
मुखको क्यान्सर
मुखको घाउ लामो समयसम्म निको नहुनु, नमिलेका दाँतले मुख भित्रको मांशपेशीलाई छोई घाउ बनाउनु र मुखभित्र सेता निला धब्बा वा दाग आई लामो समय निको नहुँदा अन्ततः मुखको क्यान्सर हुन सक्छ ।
नाकको क्यान्सर:
बढी धुँवा धुलोमा बस्ने, लामो समय उनीका धुलो भएको स्थानमा बस्ने, काठ, इट्टा भट्टामा काम गर्ने व्यक्तिलाई त्यसको धुँलोले नाकको क्यान्सर हुन सक्छ ।
घाँटीको क्यान्सर:
नियमित धुम्रपान मध्यपान गर्ने व्यक्तिलाई घाँटीको क्यान्सर हुन सक्छ ।
मूख्य कारण :
- धुम्रपान, मध्यपान गर्नु ।
- बढी तारेको, पोलेको, चिल्लो, पिरो, मसलेदार खाना खानु ।
- धुवा, धुँलोमा लामो समय बस्नु ।
क्यान्सरका लक्षण:
मुखमा घाउ खटिरा आए औषधि खाँदा पनि ढिला निको हुनु, मुखमा अल्सर हुनु, मासु पलाउनु आदि ।
घाँटीको क्यान्सरमा श्वास फेर्न अप्ठ्यारो हुनु, आवाजमा परिवर्तन हुनु, घाँटी दुख्नु, सुनिनु, ग्लगाड आउनु आदि । यस्तै कानको क्यान्सरमा कान नसुन्नु, कानबाट रगत बग्नु, कान डम्म हुनु आदि ।
बच्ने उपाय:
- स्वस्थ खाना खाने ।
- ध्रुमपान मध्यपान नगर्ने ।
- सम्भव भएसम्म धुँवा धुँलोमा काम नगर्ने, यदि गर्नु परे पनि माक्स लगाउने वा आवश्यक साधनको प्रयोग गर्ने ।
- माथिका मध्ये कुनै पनि लक्षण देखिए चिकित्सकसँग परामर्श लिने । यदि सुरुवाती चरणमै थाहा भए यस्ता क्यान्सरलाई पूर्ण निको हुन्छ ।