नसर्ने रोग: आफ्नै लापरवाहीले बढ्दै



Download our app to get more features

नेपालमा मात्रै होइन विश्वभर नै नसर्ने रोग दिन प्रतिदिन बढ्दै गैरहेको छ । विलासी जीवनशैली, खानपान, व्यस्तताले गर्दा यस्ता रोगबाट पीडित बन्नेहरु सबै उमेर समूहका छन् । मधुमेह, उच्च रक्तचाप, पक्षघात, हृदयघात, मिर्गाैलासम्बन्धी रोगले सबै उमेर समूहका मानिसलाई आक्रमण गरिरहेको छ ।

नेपालमा केही वर्षदेखि नसर्ने रोग मधुमेह, मोटोपना, दम, हृदयघात, मुटुरोग, मिर्गाैला आदिबाट ग्रसित हुनेहरु तिव्र गतिमा बढीरहेका छन् । यही गति रहिरहे आगामी १० र ११ वर्षमा नेपालमा मधुमेह रोगीको संख्या दोब्बर विज्ञहरुले अनुमान गरेका छन् । हामी आफै यति धेरै ब्यस्त छौ की आफ्नो लागी समय नै छैन । केही समय निकालेर शारीरिक अभ्यास गर्ने, समयमा खानेकुरा खाने, नियमित चिकित्सकको परामर्श लिने, फुर्सद नै छैन । यदि आफूले आफ्नो बारेमा ख्याल गर्ने हो भने नसर्ने रोग धेरै हदसम्म घट्छ । समय बचाउन हामी ताजा खानेकुरा खादैनौं । शारीरिक क्रियाकलाप पनि खासै गर्दनौं । हामी कामको चापले गर्दा होटेलबाट तयारी खानेकुरा मगाएर खान्छौ । बट्टाको खानेकुरामा अत्याधिक नुनिलो, चिल्लो हुने भएकोले त्यस्तो खानाले मानव शरीरमा नराम्रो असर गर्छ । अभिभावकहरुको व्यस्तताले गर्दा बालबालिकाको पोषणस्तर एकदमै खस्किदै गैरहेको छ । गम्भीर बिरामी भएपछि मात्रै चिकित्सक कहाँ देखाउने चलनले पनि नसर्ने रोगको खतरा बढीरहेको छ । जबकी कम्तीमा पनि ६ र ६ महिना मा स्वास्थ्य चेकजाँच गराउनु पर्छ । 

नेपालमा मिर्गाैलाका ३० लाख रोगी रहेको विभिन्न अध्ययनले देखाएको छ । ती मध्ये ८० प्रतिशतमा मधुमेह, उच्च रक्तचाप हुने गरेको छ । मिर्गाैला प्रत्यारोपण गर्न नमिल्ने भएपछि, डायलाइसिस गराउनु पर्ने हुन्छ । अहिले डाइलाइसिस गर्नु पर्ने बिरामी बढ्दै गएका छन् । यसको बिभिन्न कारणहरुमा मधुमेह, उच्च रक्तचाप, तनाव, खानपिन, रहनसहन, मोटोपाना, दम आदि हुन् । 
यसका लक्षणहरु :
पिसाब फेर्दा गाह्र्रो हुनु, ज्वरो आउनु, पिसाब अनियन्त्रित हुनु, एकै चोटि पिसाब राम्ररी नहुनु ।

कमजोरी हुनु, हातखुट्टा, पेट फुल्नु, पिसाब पोल्नु, दिसा लागि रहनु, सुस्त, काममा जागर नचल्नु । 

छाला फुस्रो हुनु, तौल घाट्दै जनु, पिसाबको रङ पहेँलो हुनु, तथा अलि अलि रगत देखिनु, पिसाब पोल्नु, आदि, देखा पर्न सक्छन् । तर, कतिपयलाई कुनै पनि लक्षण नै देखिदैन । जसले गर्दा रोग लगेको पत्तो नै हुँदैन । 

डायलाइसिस बिरामीलाई अरु बिरामीको जसरी नै पोषिलो खानेकुरा दिनुपर्छ । डायलाइसिस गराउँदा शरीर कमजोर भएको हुन्छ । रगतको कमी, कुपोषण आदिले दुब्लाउदै जान्छन् । यस्तो बेलामा सन्तुलित आहारको आबश्यकता बढी पर्छ । 

आहार तालिका बिरामीको उमेर, तौल, रुचि, शाकाहारी, मांसहारी, समुदाय, पेसा, आयआर्जन, सबै हेरेर गर्नुपर्छ । बिरामीको दिनचर्या कस्तो छ, त्यो नि हेर्नुपर्ने हुन्छन् । खानेकुरामा अत्याधिक मात्रामा सोडियम, पोटासियम, फोस्फोरस, आदिको मात्रा हेर्नुपर्छ ।
सोडियम कम भएको खानेकुरा
ब्रोकाउली, स्याउ, स्याउको जुस, गहुँको पास्ता, आलु, सखरखण्ड, पानी सिंगडा, माछा, मासु, टुना, अण्डा, दही, दूध, एभोकाडो, बदाम, मकै, चिया, भेज सुप, लसुन, आदि 

कम पोटासियम भएको खानेकुरा
स्याउ, स्याउको जुस, भात, हरियो सिमी, काउली, दूध (तर भएको ), चेरी, भन्टा, अंगुर, भुइ कटहर, सेतो चयाँउ, खरबुजा, आदि

कम फोस्फोरस खानेकुराहरु
ताजा खानेकुरा, भात, दुध, चिज सानो टुक्रा , फलफूल , पाउरोटि, अण्डा सेतो भाग्, माछा, मासु, आदि ।

मिर्गाैला, डायलाइसिसको बिरामीलाई सन्तुलित आहारको आबश्यकता पर्छ । शरीरमा विभिन्न प्रकारको सुक्ष्म तत्वको कमी भएमा, संक्रमण हुने, रगतको कमी, आदि भइरहन्छ । सुक्ष्म पोषण तत्वको कमी भएमा, रोगसँग लड्ने क्षमता कम भाएमा झनै् शरीर कमजोर हुँदै जान्छन् । 

बिरामीले कस्तो प्रकारको झोल कुराहरू सेवन गरिरहेका त्यो पनि हेर्नुपर्ने हुन्छ । साथै, खानेकुरामा अत्याधिक पोटासियमको सेबन गर्दा मुटुमा नराम्रो असर पर्न सक्छ । जसले गर्दा मृत्यु पनि हुन सक्छन् ।

बिरामीसँग आहार परामर्श 
बिरामीसँग परामर्श एकदम आवश्यक छ । बिरामीसँग खानेकुराको सही जानकारी, कुनै प्रकारको एलर्जी छ÷छैन, सबै हेर्नु पर्छ । उसको रुचि, बानी, पोषण स्तर सबै बुझ्नु पर्छ । 

कतिपय बिरामीमा अस्पतालमा बस्दा दिक्क मानेर खानामा रुचि नै हराएको पाइन्छ् । मनमा बिभिन्न प्रकारको भवना आउँदा धेरै नै बिरामी भएको महशुस गरेर झन् झन् बिरामी हुन्छन् । फेरी डायलाइसिसको बिरामी केही घण्टामा नै घर फर्किने हुँदा राम्ररी आहार परामर्श दिनुपर्छ । तौल घट्नु, खान मन नलाग्नु, कमजोरी महशुस गर्नु, मनमा धेरै कुराहरू खेलाउनु, नकारात्मक सोचाइले, गर्दा स्वास्थमा एकदम नराम्रो असर परिरहेको हुन्छन् । जसले गर्दा परिवार, समाजबाट अलि टाढा नै बस्ने गर्छन् । यस्तो बेलामा सकारात्मक, उत्साहजनक कुराहरू बिरामी सामु भन्नु पर्छ । खानेकुराको महत्व, सही पोषणको उपयोगिताको बारेमा जानकारी राम्रो तरीकाले गराउनु पर्छ । 

८० प्रतिशत रोगको कारण मधुमेह
हाम्रो शरीरमा करिब ८० प्रतिशत रोग मधुमेहको कारणले गर्दा नै हुन्छन् । उचित खानपान, रहनसहन, व्यस्त जीवनशैलीले गर्दा हामी शरीरलाई चाडै नष्ट गरिरहेका छौं । 

 

शाह मार्क इन्टरनेशनल किड्नी सेन्टरमा पनि कार्यरत छिन् ।

Last modified on 2019-09-26 17:46:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts