एसएलसी फेल भएका विद्यार्थीलाई गाली हैन हौसला दिऊँ



Download our app to get more features

रेक वर्ष झैं यसपाली पनि विद्यार्थीहरुको लामो प्रतिक्षालाई अन्त्य गर्दै प्रवेशिका परिक्षा (एस.एल.सी) को परीक्षाफल सार्वजनिक भएको छ । दश वर्षसम्मको विद्यार्थीको मुल्याकंन गर्ने माध्यमको रुपमा पनि एस.एल.सी परीक्षालई लिइन्छ । फलामको ढोका भनिने एस.एल.सी परीक्षा सबैको जिज्ञासाको केन्द्रविन्दु समेत बन्ने गर्छ । 

परीक्षा दिने हरेक विद्यार्थी सफल नै हुन्छन् भन्ने छैन । तर हरेक विद्यार्थीको चाहाना भने शत प्रतिशत उतीर्ण हुने । त्यस्तै हरेक अभिभावक पनि आफ्ना बालबालिकालाको राम्रो परिणामको अपेक्षा गरेका हुन्छन् । परीक्षाफल प्रकाशनको क्रममा एकतर्फी सोचाइका कारण वर्षेनी धेरै बालबालिकाहरु डिप्रेसनमा पर्ने, आत्महत्या गर्ने जस्ता समस्या देखिने गरेको पाइन्छ ।

त्यस्तै निन्द्रा नलाग्ने, नकारात्मक सोचाइ आउने तथा विभिन्न खाले मानसिक समस्यासमेत झेल्नु परेको पाइन्छ । यसबाट परिवार तथा राष्ट्रले भविष्यमा हुनसक्ने दक्ष जनशक्ति गुमाउनु पर्ने अवस्थानआउला भन्न सकिन्न ।  

यस्ता किसिमका समस्या व्यवस्थापन गर्न सर्वप्रथम हरेक अभिभावक तथा विद्यार्थीले आफूमा सकारात्मक सोचाइ ल्याउने प्रयत्न गर्नुपर्छ । परीक्षालाई कुनै त्यस्तो डरलाग्दो भयानक अवस्था नठानी एउटा अवसर काे रुपमा िलनुपर्छ । ताकि अर्को वर्षसमेत त्यो अवसरको सदुपयोग गर्ने गरी आफूलाई तयारी अवस्थामा राख्न सकियोस् । 
विद्यार्थी फेल हुँदा हरेक अभिभावकलाई दुःख लाग्नु स्वभाविक हो । तर यसो भन्दैमा आफ्ना बालबालिकाको आन्तरीक क्षमताको कदर गर्न भुल्नु हुँदैन । फेल हुँदैमा सबै थोक सकिँदैन यसबाट देखिएका कमि कमजोरीलाई थप मेहनत गर्न हौसला प्रदान गर्नुपर्छ ।

नतिजाफल बिग्रेका कारण विद्यार्थी आफैंमा तनावमा परेको हुन्छन् । यस्तो अवस्थामा साथीभाइ, अभिभावक, आफन्त सबैले मनोबल गिराउने गाली हैन, हौसला बढाउने वातावरण र्सिजना गर्न सहयोग गर्नुपर्छ । जसको कारण मानसिक तनावमा परेका विद्यार्थीले गलत बाटो रोजेर कुनै भयानक दुर्घटना हुनबाट रोक्छ । 

 

डा .अाेझासँग नबिना कार्कीसँग गरेकाे कुराकानीमा अाधारित ।

Last modified on 2016-06-17 08:11:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts