सन्तुलित खाना कसरी खाने ?



Download our app to get more features

दैनिक जीवनको व्यस्थता र शहरी जीवनशैलीका कारण आम मानिसको दैनिकी पनि फेरिँदै गएको छ । कामको व्यस्थतासँगै होटल तथा रेष्टुरेन्टको खाना खाने बानीले पनि सन्तुलित भोजनको कमी भइरहेको हुन्छ । 

जसका कारण विभिन्न रोगहरु पनि लाग्ने गरेका छन् । चिकित्सकहरुका अनुसार अधिकांश रोगहरु खानामा हुने मिसावट र मात्रा नमिलेका कारण नै लाग्ने गरेका छन् । 

 

अधिकासं नेपालीहरु बिहानको समयमा एक पटक खान खाएपछि दिन भरी भोकै बस्ने चलन छ । अथवा कुनै भोज वा चाडपर्वको समयमा शरीरको क्षमता भन्दा पनि बढी खाना खाने बानी हुन्छ । यसरी सन्तुलन नमिलाई खाना खानुको उपज नै ग्यास्ट्रिक, अल्सर तथा फुडपोइजन हो । 

कसरी खाने त खाना

मानिस स्वस्थ्य हुनको लागि दिनमा ४ पटक खाना खानु पर्छ । खानामा अनिवार्य सागसब्जी, मौसमअनुसारका फलफूल, दहि, दुध, घिउ तथा माछामासु समावेस गराउनु नराम्रो हुन्छ । बेलुकाको खानामा सकभर मासुको प्रयोग नगर्ने, सुख्खा रोटीलगायत हल्का खानाको सेवन राम्रो मानिन्छ । 

बेलुकीको खाना ७ बजे भित्र खाइसक्ने र संभव भएसम्म हल्का हिडडुल वा व्यायाम गर्नाले पनि पाचन प्रक्रियामा सहज हुन्छ । त्यसैगरी खाना खाँदा आफ्नो स्वास्थ्यमा पनि विशेष ख्याल राख्नु जरुरी हुन्छ । कब्जियतको समस्या हुने मानिसले दैनिक फाइबरयुक्त खानामा जोड दिनुपर्छ । 

Last modified on 2016-06-16 16:07:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts