पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना 

What's This?


Download our app to get more features

काठमाण्डौं, २ असार । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन् । पेटमा समस्या भएपछि ८८ वर्षीया शाहलाई आज बिहान स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरीएको छ । 

शाहको उपचारमा ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. मधु घिमिरेको टोली संलग्न रहेको नर्भिक अस्पताल स्रोतले जनाएको छ । उनको अवस्था हाल सामान्य रहेको छ । 
तत्कालीन राजा महेन्द्रकी पत्नी रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।

गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहिँ भित्रै बस्ने व्यवस्था मिलाइदिएको थियो ।
 

Last modified on 2016-06-16 15:24:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts