मधुमेहका बिरामीले लगाउनु पर्दैन जीवनभर इन्सुलिन (भिडियोसहित)



Download our app to get more features


शरीरको रगतमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ । विशेषगरी मधुमेह अव्यवस्थित खानपान र जीवनशैलीका कारण हुनेगर्छ ।

आलस्यता, मोटोपना, कार्बोहाइड्रेयुक्त खाना बढी खानाले, जंकफुड बढी प्रयोग गर्नाले मधुमेह हुन्छ । सँगै वंशाणुगत कारणले पनि मधुमेह लाग्नसक्छ ।

यसैगरी, महिलामा गर्भवति भएको अवस्था एक किसिमको मधुमेह हुन्छ । मधुमेह दीर्घरोग हो,  औषधिको प्रयोग गरेर यसलाई नियन्त्रण राख्न सकिन्छ ।

मधुमेह भएमा सामान्यतया मुख सुख्खा हुने, तिर्खा लाग्ने, पिसाब पटक–पटक लागिरहने, अकस्मात तौल घट्ने, शरीरमा आएका घाउ, खटिरा चाडै निको नहुने, हाटखुट्टा झमझमाइ रहनेलगायत लक्षण देखापर्छन् ।
जोसुकैलाई हुन्छ मधुमेह
मधुमेह जस्ता व्यक्तिलाई पनि देखापर्छ । दुई किसिमका मधुमेह हुन्छन्: टाइप वान मधुमेह र टाइप टु मधुमेह ।

टाइप वान मधुमेह साना बच्चालाई हुन्छ भने टाइप टु मधुमेह वयष्कहरुलाई हुन्छ ।

पहिला हामी मधुमेह ४० वर्ष कतिसकेका व्यक्तिलाई मात्रै हुने गर्छ भन्थ्यौं तर अहिले बच्चादेखि वृद्धवृद्धासम्मलाई भएको पाइएको छ ।

रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । यसकारण हामीले आफ्नो जीवनशैलीलाई सक्रिय बनाउन जरुरत हुन्छ ।

हामीले कार्बोहाइड्रेडयुक्त खाना सकेसम्म कम गर्ने, दैनिक व्यायम गर्ने, घरबाहिरका खाना नखाने, सागसब्जी बढी खाने गरेमा मधुमेह रोग लाग्ने सम्भावना कम हुन्छ । पहिला पहिला मधुमेह विकसित देशमा पाइने रोग भनिन्थ्यो भने अहिले विकासोन्मुख देशमा पनि देखिन थालेको छ ।

मधुमेहको समस्या दिनानुदिन बढ्दो अवस्थामा छ । नेपालमा मधुमेहको उपचार सहज छ । दुई किसिमले औषधि उपचार गर्न सकिन्छ: औषधिको प्रयोग र इन्सुलिन लगाएर । मधुमेह लागेका सबै व्यक्तिमा लक्षण देखापर्छ भन्ने हुँदैन ।

मधुमेहका ५० प्रतिशत रोगमा लक्षण देखा नपर्ने विभिन्न अनुसन्धानले देखाएको छ । यसकारण ४० वर्ष कटिसकेका व्यक्तिले नियमित मधुमेहको परीक्षण गर्नुपर्छ । 

इन्सुलिन पहिलो प्राथमिकता

समाजमा मधुमेहसम्बन्धी धेरै अन्धविश्वास छ । मधुमेहको औषधि जीवनभर खानुपर्छ भनेर कतिपय मानिस डराएर उपचार नै गर्न आउँदैनन् । औषधि खाए पनि नखाएपनि खानपिन र व्यायाममा ध्यान दिनुपर्छ । तर, कतिपय अवस्थामा यतिले मात्रै कन्ट्रोल हुनसक्दैन र इन्सुलिन पनि लाउनुपर्ने हुन्छ ।

धेरै मानिस  इन्सुलिन लगाउन  डराउने गर्छन् ।

इन्सुलिनलाई अन्तिम विकल्पका हो भन्ने भ्रम बोकेर मधुमेह रोगीले कम महत्व दिने गर्छन् । इन्सुलिन लगाउनुपर्ने अवस्थाका बिरामी समेत आफैं कन्ट्रोल गर्छु सोचेर रोगलाई झनै बढाउने गर्छन । तर, यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।  

अन्तराष्ट्रियस्तरमा हेर्दा पनि इन्सुलिन पहिलो प्राथमिकतामा पर्छ । इन्सुलिन लागाइसकेपछि छा्ड्न मिल्दैन निरन्तर लाइरहनुपर्छ भन्नु भ्रम हो । इन्सुलिनले त मधुमेह नियन्त्रण गर्छ र त्यसपछि औषधि मात्रै खाए हुन्छ ।

हेरौं भिडियो

 

डा. दिपेन्द्र कार्की हाल सातदोबाटो, ललितपूरमा रहेको गोसाईकुण्ड स्वास्थ्य सेवा प्रा.लिमा कार्यरत हुनुहुन्छ । 

 

प्रस्तुतीः मीरा खतिवडा

Last modified on 2019-08-10 15:17:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts