दाँतलाई हेलचेक्र्याँइ नगर्नुहोस् है



Download our app to get more features

बाहिरबाट हेर्दा मानिस जतिसुकै स्वस्थ भए पनि दाँतको समस्याका कारण सास गन्हाउछ भने  व्यक्तित्वमै नकारात्मक प्रभाव पर्न सक्छ । यसले जुनसुकै उमेर समूहका महिला, पुरुष तथा बालबालिकामा असर गरिरहेको हुन्छ । त्यसैले स्वास्थ्यको कुरा गर्दा मुख तथा दन्त स्वास्थ्यलाई कहिल्यै पनि पछि पार्नुहुँदैन र सामान्य रुपमालिनु हुँदैंन । सामान्य रुपमा दुखेको दाँतलाई ध्यान नदिदा पछि गएर किराले खाने, गिजा सुन्निने, पिप आउने, संक्रमण हुने जस्ता समस्या देखिन्छन् । सुरुमै उपचार हुन सके यस्ता समस्याबाट बच्न सकिन्छ । दाँतमा संक्रमण भएमा साधारण उपचारबाट निको नहुने अवस्थामादाँतको जराभित्र रहेका नसाको उपचार गर्नु पर्छ जस्लाई रुट केनाल ट्रिटमेन्ट वा इन्डोडन्टिक थेपारी (आरसिटि) भनिन्छ । यदि संक्रमण दीर्घ भएदाँत नै निकाल्नुपर्ने अवस्था सृजना हुनसक्छ । त्यसकारण दन्त स्वास्थ्यलाई गहन रुपमा लिन जरुरी छ ।

 
दाँत इनामेल र डेन्टीन गरी दुइवटा तह हुन्छन् । जरा सिमेन्टमा हुन्छ । इनामेल र डेन्टीनको तहभन्दाभित्रपल्प हुन्छ । पल्पभनेको नशा, रक्त नलीर टिस्युहरुले बनेको एउटा चेम्बर हुन्छ । दाँतमुख भित्र देखिने भाग क्राउनको भित्रि भागमा पल्प चेम्बर हुन्छ । त्यो पल्प चेम्बरबाट नै जराको भित्रसम्म केनल(खालीभाग) हुन्छ । केनलबाट पल्पदाँतको जराको टुप्पासम्म गएको हुन्छ । सामान्यतया किराले दाँत खाएर, गिजामा संक्रमणभएर, चोटपटक लागेर पल्प टिस्युमा हुने इन्फेक्सनबाट दाँतमा दुखाई हुन्छ । दाँतमा दुखाइहुनु भनेको पूर्णरुपमा वा सामान्य पल्पमा इन्फेक्सन पल्पाइरिस सुरु हुन्छ । त्यसको उपचार गर्ने विधि नै रुट केनल विधि हो ।

 
दाँतमा भएको संक्रमणलाई निकालेर सफा गरी केनललाई इस्ट्रएल गरेर पुनः त्यो दाँतमा संक्रमण हुनबाट बचाउन विशेष तरीकाको पदार्थबाट भर्ने काम गरिन्छ । 
सामान्यतया चिसो या तातोले दाँतदुख्ने, गिजा सुन्निने, किराले खाएको जस्ता लक्षण भएको पाइन्छ । दीर्घ संक्रमण भएको छ भने सुन्निने, पिप आउने पनि हुन सक्छ । कुनै दाँतमा समस्या आएको र दुखाई छ वा सुन्निएको छ भने त्यस समस्यालाई रुट केनलले समाधा नगर्न सकिदैन भने दाँत निकाल्नुको विकल्प हुँदैन । त्यसकारण आरसिटी भनेको संक्रमित दाँतलाई बचाउने एउटा अन्तिम उपचार पद्दति हुन सक्छ ।

 
दाँत सम्बन्धी कुनै समस्याआउँदा सर्वप्रथम समस्याको पहिचान तथा उपचार विधिकाबारेका निश्चीत हुन दाँतको एक्स–रे गर्न जरुरी हुन्छ । यदि दाँतको नसाको उपचार आरसिटी गर्नु पर्ने देखिएमा दाँतको इनामेल र डेन्टीनको भागभित्र पल्प चेम्बरसम्म ड्रिल मेसिनले ड्रिल गरिन्छ र पल्प चेम्बरलाई खुलागरिन्छ ।

 
हरेकदाँतको फरक एनाटोमीहुने भएकाले रुटको संख्या र केनलपनि फरक हुन्छन् । एक देखिचारवटा विभिन्न अगाडिदेखि पछाडिसम्मको दाँत हेरेर रुट केनलको संख्या फरक हुन्छ । यसलाई पहिचान गर्न दाँतको एक्स–रे ले मद्दत गर्छ । जसअनुरुप पल्प चेम्बरलाई स्कामेट गरेर रुट केनलभित्रकति केनल छन् पत्तालगाएर विशेष किसिमको औजारद्वारा नर्भ, टिस्युलाई सफा गरिन्छ वा निकालिन्छ । सफा गर्नका लागि सामान्य स्लाईन, सोडियम हाइपो क्लोराइड, क्लोरहेक्जाडिन आदि द्वारा सफा गरेर ड्रेसिङ्ग गरिन्छ । कुनै रुट केनल एक स्टेपमा हुन्छ भने कुनैलाई अवस्था हेरी २-३ पटकको ड्रेसिङ्ग पछि पुरा गरिन्छ । आरसिटी गर्ने प्रक्रिया पिडा रहित गर्नका लागि लोकल एनेस्थेसियाको प्रयोग गर्ने गरिन्छ । 


जटील समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथाअन्य रोगकाऔषधि सेवन गरिरहेका व्यक्तिलाई विशेष ध्यानमा राखेर उपचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा एन्टियोबायोटिक दिएर उपचार गरिन्छ ।
दीर्घ संक्रमण भैरहेमा व्याक्टेरियाले गर्दा मुटु रोगलाई पनि असर गर्न सक्छ । त्यसकारण कुनै पनि संक्रमण दीर्घ रुपमा रहनु स्वास्थ्यका लागि राम्रो मानिदैन । कहिलेकाहीँ आरसिटी गरेका दाँतमा पुन संक्रमन हुन सक्छ , त्यसका लागि व्यक्तिगत रुपमा मुखको स्वस्थतामा ध्यानदिनु पर्ने हुन्छ । तर बिरामीको कारणले तथा कहिलेकाहीँ फिलिङ्गमा खराबीका कारण हुनसक्छ । आरसिटी गरिसकेपछि स्थायी रुपमा फिलिङ्ग गरिए पनि दाँतको नसाको उपचार भइसकेपछि सो दाँतव्रिटल हुन्छ । त्यसमा कुनै अतिरिक्त दबाब परेमा दाँत भाचिन सक्छ । त्यसको सुरक्षाका लागि कृतिम क्राउन लगाइन्छ ।


दाँतमाहुन सक्ने इन्फेक्सन बाट बच्चअपनाउनु पर्ने कुराहरु
दाँत र गिजामाहुन सक्ने किटाणुको संक्रमणबाट बच्नतथा स्वस्थ मुखका लागि मुख्यत सफाईमा ध्यान दिनुपर्छ ।दैनिक दुई पटक विहान र बेलुका दात ब्रस, पेष्ट (मंजन) ले माझ्ने गर्नाले दाँतको सतहमा जम्मा हुने डेन्टल प्लागरहन पाउदैन, जसमा विभिन्न प्रकारका व्याक्टेरिया हुन्छन् । दाँतमा अड्केका खाद्य पदार्थहरु पनि ब्रस गर्नाले त्यहा रहन पाउदैनन् । डेन्टल फ्लस (विशेष किसिमको धागो) को प्रयोगले दाँतका विचमा अड्केका खाद्यपदार्थ तथा हातको सतहमा वा ब्रसले सफा गर्न नसक्ने ठाँउको सफाइ गर्न मद्दत गर्छ । साथै मुख कुल्ला गर्ने विशेष प्रकारको झोल औषधी (माउथवास) को प्रयोग गर्नाले गिजाको समस्या तथा किरा लाग्ने समस्या रोकथाम गर्छ । यसका साथै खाद्य पदार्थमा पनि ध्यान दिनुपर्छ । सुर्ती तथा सुर्तीजन्य पदार्थ पान सुपारीको प्रयोग गर्न हुँदैन । नियमित रुपमा दन्तचिकित्सको सल्लाह र मुखको जाँच वर्षमा दुई पटक गराउनुपर्छ ।

-डा. हरिश जोशी, मेडिकल डाइरेक्टर तथा वरिष्ठ दन्त चिकित्सक ओम अस्पताल
 

Last modified on 2016-11-23 15:10:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts