यसकारण हुन्छ हर्मोनमा गडबढीः आउँछन् यस्ता समस्या
कसरी गर्ने उपचार ?
हर्मोन भनेको एक प्रकारको रसायन हो । जुन हाम्रो शरीरमा भएका विभिन्न ग्रन्थीले उत्पादन गर्छ । विभिन्न किसिमका ग्रन्थीले फरक फरक हर्मोन उत्पान गर्छ । जसको काम पनि फरक–फरक हुन्छ ।
हरेक प्रकारका हर्मोनको आफ्नै खास काम हुन्छ । जस्तैं मष्तिष्कमा पिट्युटरी ग्रन्थी, घाँटीमा थाइरोइड ग्रन्थी, प्याराथाइरोड ग्रन्थी हुन्छ ।
पिट्युटरी ग्रन्थीले पनि चार पाँच वटा हर्मोन उत्पादन गर्छ ।
त्यसमध्येको एउटा हर्मोनले थाइरोइड ग्रन्थीलाई उत्तेजक बनाउँछ । जसले थाइरोइड हर्मोन उत्पादन गर्छ । हाम्रो शरीरमा विभिन्न अंगलाई सही ढंगले संचालन गर्न र त्यसलाई जिवित राख्न थाइरोइड हर्मोनको भूमिका छ ।
थाइरोइड हर्मोनसँगै भएको प्याराथाइरोइड ग्रन्थीले प्याराथाइरोड हर्मोन उत्पादन गर्छ । जसले हाम्रो शरीरमा क्याल्सियमको मात्रा ठिक राख्छ ।
प्याङक्रियाज (आमाशय) ग्रन्थीले इन्सिुलिन भन्ने हर्मोन निकाल्छ । इन्सिुलिनको कमी हुँदा मधुमेह रोग लाग्छ । यस्तै, मिर्गौलामाथि दुई वटा एड्रिनल ग्रन्थी हुन्छ । यसले पनि दुई तीन किसिमका हर्मोन निकाल्छ । हाम्रो शरीरमा एउटा कटिसन हर्मोन हुन्छ यसले ग्लुकोजको मात्रा व्यवस्थापन गर्छ । अल्डोस्टोरल ग्रन्थी हुन्छ जसले ब्लडप्रेसर नियन्त्रण र नुनको मात्रा शरीरमा ठिक राख्छ ।
यी हुन् हर्मोनका प्रकार
हर्मोनलाई केमिकल्ली तीन प्रकारमा विभाजन गरिएको हुन्छ । जस अन्तर्गत सबै भन्दा सामान्य हर्मोन पेप्टाइड हर्मोन, जसलाई प्रोटिनको एउटा रूप मानिन्छ । दोस्रो एमाइन हर्मोन, तेस्रो स्टेरोइड हर्मोन ।
थाइरोइड हर्मोन, एड्रेनल ग्रन्थीबाट निस्कने इपिनेफ्रिन नरइपिननेफ्रिन एमाइन गु्रपभित्र पर्छ । एड्रेनल ग्रन्थीबाट निस्केको कटिसोल, अल्डोस्टोरल, मेल सेक्स अर्गान टेस्टिस, फिमेलको डिम्बासयबाट निस्कने हर्मोन स्टेरोइड हर्मोनभित्र पर्छन् । यसबाहेक अन्य बे्रनमा भएको हाइपोथालामस, आमाशयबाट निस्कने हर्मोनलगायतका प्राय सबै पेप्टाइड गु्रपमा पर्छन् ।
हर्मोनमा गडबढी भए यस्ता समस्या
प्रत्येक ग्रन्थीले निकाल्ने हर्मोनको घटबढी भन्नाले कि बढी सेक्रेसन (स्राव) हुनसक्छ वा कम सेक्रेसन उत्पादन हुनसक्छ वा सेक्रेसन भइसकेपछि त्यसले कम काम गर्ने अवस्था हुनसक्छ । त्यो अवस्थाअनुसार सम्बन्धित प्रत्येक हर्मोन विशेषको शरीरमा जुन भूमिका छ सोही गडबढी भएपछि त्यहीअनुसारको लक्षण र रोग देखापर्छ ।
जस्तैं मधुमेह इन्सुलिन हर्मोनको गडबढीले हुन्छ । मुधुमेह पनि दुई प्रकारको छ । ‘टाइप वान’ र ‘टाइप टु’ । सामान्यतया टाइप टुमा इन्सुलिन हर्मोन प्रर्याप्त हुँदाहुँदै पनि बिस्तारै कम हुँदै जान्छ र सही ढंगबाट प्रर्याप्त काम हुन सक्दैन ।
यसैगरी, थाइरोइड ग्रन्थी घाँटीको रूद्रघन्टीको दायाँ र बायाँ हुन्छ । जुन पुतली बस्दा बनेको अकार जस्तै हुन्छ । यो ग्रन्थीले दुई वटा हर्मोन उत्पादन गर्छ । टि फो र टि ‘थ्रि’ । मुख्य रूपमा टि फो निकाल्छ ।
यी शरीरका महत्वपूर्ण हर्मोन हुन् । जस्तैः शरीरको अंगहरू मिलेर एउटा संरचना बनेको हुन्छ । संरचना भन्नाले स्नायू प्रणाली, रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली, मुत्र प्रणालीलगायत छन् ।
शरीरका कोशिकालाई जिवित राख्न, कोशिकालाई सही ढंगबाट सञ्चालन गर्न र नियन्त्रण गर्ने काम मेटाबोलिजमलगायत थाइरोइड हर्मोनको हुन्छ ।
आफू जिवित रहन र कोशिका वृद्धि गर्न, खानेकुरालाई शक्तिमा रूपान्तरण गर्न र सोही शक्तिलाई प्रयोग गरेर कोशिकालाई जिवित राख्ने काम मेटाबोलिजम हो । मेटाबोलिजम गराउने काम थाइरोइड हर्मोनको हो ।
यो हर्मोन कि बढी उत्पादन हुनसक्छ कि कम । बढी हुने अवस्थालाई नै हाइपडथाइरोडिजम भनिन्छ । जसमा हर्मोन बढी उत्पादन हुन्छ । जुन बढी हुँदा मेटाबोलिजम छिटो छिटो हुने, मुटु छिटो चल्ने, पसिना आउने, महिनावारी गडबढी हुने, पखाला लाग्ने हुन्छ ।
यसैगरी, यो हर्मोन थोरै उत्पादन हुँदा तौल बढ्ने, कपाल झर्ने, कब्जियत हुने, थकान महशुस हुने, काम गर्न मन नलाग्नेलगायत हुन्छ ।
यसैगरी, महिलामा ‘सेक्स हर्मोन’ गडबढी छ भने पोलिसिस्टिक ओभेरीयन सिन्ड्रम हुनसक्छ । यसैगरी, पुरूषमा टेस्टोस्टोरम हर्मोन हुन्छ, त्यो कुन समयमा कमी आएको हो, पिभर्टी भन्ने एउटा समय हुन्छ, सोही समय भन्दा अगाडि कमी आएको हो भने बालकमा यौवनअवस्थामा आउने परिवर्तन नआउने, पुरूषको जस्तो आवाज निस्कने लगायत हुन्छ ।
यसैगरी, ‘पिभर्टी’ भन्दापछिको समयमा हर्मोन कमी भएमा यौन जीवन सन्तुष्ट नहुने हुन्छ । यी लगायत विभिन्न हर्मोन छन् ।
मष्तिस्कमा हाइपोथालामस क्षेत्र हुन्छ । जसले पनि ५–६ किसिमका हर्मोन निकाल्छ । यसले मष्तिष्कमै भएका पिट्युटरी ग्रन्थीलाई रेगुलेट गर्छ । हाइपोथालामस मै गडबढी भएमा यससँग सम्बन्धित विभिन्न असर निस्कन्छ । जस्तैः बे्रनमा ट्युमर छ, विभिन्न रोगहरू छन्, कुनै इन्फेक्सन छ भने यो हर्मोन गढबढी हुन्छ । जुन हर्मोन गडबढी हुन्छ, सोही हर्मोन विशेषका समस्याहरू निम्तिन्छन् ।
यसकारण हर्मोनमा गडबढी
हर्मोन एउटा कारणले गढबढी हुन्छ भन्न सकिदैन । कुन ठाउँमा हर्मोन गढबढी भएको छ त्यो हेर्न जरूरी हुन्छ । जस्तै थाइरोइड हर्मोनको गडबढी हुनुको एक कारण ‘अटो इम्युनिटि’ हो ।
जसले बाहिरको ब्याक्टेरियासँग आक्रमण गर्नुपर्नेमा कहिलेकाही भित्री अंगहरूसँगै आक्रमण गर्ने हुन्छ ।
विशेषगरी थाइरोइडमा अटो इम्युन मेकानिजसमबाट आफ्नो थाइरोइड ग्रन्थीलाई नै विनास गर्छ । त्यस्तो भएपछि अटो इम्युनले कहिलेकाही थाइरोइड हर्मोन उत्पादन बढी गराउने हुनसक्छ ।
जसलाई हाइपोथाइराडिजम भनिन्छ । अर्को अटो इम्युनिटले भने थाइरोइड ग्रन्थीको ‘अटो इम्युन डिस्ट्रक्सन’ गर्छ । नेपालमा मानिसले मलाई थाइरोइड भयो भन्नु यही ‘हाइपोथाइराडिजम’ हो ।
यसैगरी, इन्सुलिन हर्मोनको गडबढी भएपछि मुधुमेह हुन्छ ।
यो गढबढी कसरी हुन्छ भने मधुमेहको दुइवोटा टाइपमा टाइप वान पनि यही अटोइम्युन मेगानिजमअनुसार नै हुन्छ ।
यस्तै, प्यानक्रियाज ग्रन्थीमा ‘बिटासेल्स भन्ने क्षेत्र हुन्छ जसले इन्सुलिन बनाउँछ । त्यो बिटासेल्सको ‘अटो इम्युन डिस्ट्रक्सन’ भएमा यसले इन्सुलिन बनाउन पाउँदैन र मधुमेह हुन्छ, जुन टाइप वान मधुमेह हो ।
अर्को, टाइप टु मधुमेहमा बिटासेल्सले इन्सुलिन प्रर्याप्त बनाउँदा बनाउँदै पनि मोटोपनाले, जीवनशैलीले, असन्तुलित खानपान, अत्यधिक तनाव, व्यायामको कमीले इन्सुलिन रेसिस्ट्यान्स गराएर बिस्तारै त्यो इन्सुलिनले पहिला काम गर्न नदिने अवस्था निम्ताउँछ ।
कालान्तरमा बिटासेल्सले इन्सुलिन नै नपुगेको होकी भनेर उत्पादन बढाउन थाल्छ र बिटासेल्सको पनि बिस्तारै क्षमता कम हुँदै जान्छ । यसरी ‘टाइप टु’ मधुमेह हुन्छ ।
यससँगै एड्रेनल ग्रन्थी जुन मिर्गौलाको अपर पोलमा अवस्थित हुन्छ जसले ‘एक्ट्रा एक्सेस कट्टिसोल बनाउने जुन एड्रेलन ग्रन्थीभित्र कुनै ट्युमर निस्कियो, सेल्सहरू वृद्धि भयो भने कट्टिसोल ओभर प्रोडक्सन हुन्छ वा अल्डोस्टोरल प्रोडक्सन हुन्छ ।
कट्टिसल ओभर प्रोडक्सन भयो भने पनि मधुमेह गराउँछ, मुख सुन्निने, ढाडमा बोसो जम्मा हुने, तिघ्रा र पेटमा रातो–रातो मोटो धर्सा देखिने, मांशपेशीहरू कमजोर हुने जसले गर्दा बसेर उठ्दा गह्रो हुने, सिढी चढ्न गाह्रो हुने, कपाल कोर्दा दुख्ने हुन्छ ।
यस्तै, शरीरमा अल्डोस्टोरल (प्रेसर व्यवस्थापन गर्छ) वृद्धि भएमा शरीरमा पोटासियम कमी हुने, पे्रसर बढ्ने हुन्छ । एड्रेनल ग्रन्थी कुनै अवस्थामा ‘हाइपो फङ्सनिङ’ हुन्छ भन्नाले हर्मोन बढी पनि बनाउन सक्छ जसले यस्तो असर देखाउँछ ।
यदि कट्टिसोल कम बन्यो भने मधुमेह कम हुने, प्रेसर कम हुन्छ जसलाई एड्रिनल इनसफिसियन्सि’ भनिन्छ ।
यो पनि ‘प्राइमरी’ र सेकेन्डरी हुन्छ । यदी एड्रिनल ग्रन्थीमै समस्या छ भने त्यो प्राइमरी इन्सफिसियन्सि भयो । जसले प्रेसर कम हुने, थकान महशुस हुने, भोक नलाग्ने, जिउमा कालो दाग देखिने, जुन अंग घाममा देखिदैनन्, जस्तैः हत्केला, जिब्रो, हड्डिका समस्या हुने, हड्डी खिइने (विशेषगरी महिनावारी बन्द भइसकेका महिलालाई) लगायतका समस्या देखिन्छन् ।
हर्मोन गडबढीलाई कसरी व्यवस्थापन गर्ने ?
सबैभन्दा महत्वपूर्ण त दुई वटा हर्मोनको अवस्था छ, विशेषगरी मधुमेह र थाइरोइड । अहिलेको जल्दोबल्दो समस्या पनि यही छ । यो सँगै अन्य एड्रेनल ग्रन्थी, पिट्युटरी ग्रन्थी छन्, यिनीहरू जीवनशैलीसँग सम्बन्धित हुँदैनन् । तर, प्याङक्रियाज, जुन इन्सुलिन हर्मोनको कुरा गरियो यसले प्रत्यक्ष रुपमा जीवनशैलीसँग सम्बन्ध राख्छ ।
मोटोपना, व्यायमको कमी, खानपानमा असन्तुलन भएमा मधुमेह हुने हुँदा यी कुरामा ध्यान दिनुपर्छ । सँगै तनाव कम लिने, मेन्टल रिल्याकसन एक्टिभिट गर्ने । थाइरोइड सम्बन्धित गडबढीको कुरा गर्दा तुलनात्मक रूपमा जीवनशैलीको धेरै भूमिका छैन । अटोइम्युन मेकानिजसमले हुने हो भने त्यसमा हामीले केही गर्न सकिदैन ।
हड्डी खिइने समस्याको ‘रिक्स फ्याक्टर’ अत्याधिक मदिरापान, धुम्रपान, अल्छीपना, मोटोपना हुन् । ब्रेनको हर्मोन हाइपोथालामस, पिट्युटरी ग्रन्थी नियन्त्रणमा हुँदैन । मुख्यगरी, मधुमेह र केही हदसम्म थाइरोइड हुन नदिन जीवनशैलीलाई ठिक राख्न आवश्यक छ ।
हर्माेन गडबढी भएको आफैले थहा पाउन सकिन्छ ?
कुन हर्मोन गडबढी भयो, जसले कुन रोग निकाल्यो त्यसमा भरपर्छ । जस्तैः थाइराइडहर्मोनको गडबढीले कि हाइपोथाइराडिजस, कि हाइपोर्डथाइराडिजम हुन्छ । थाइरोइड ग्रन्थीले कम काम गरेर हुने ‘हाइपोथाइराडिजम’ ।
यस अवस्थामा थकान हुनु, काम गर्न मनै नलाग्नु, दिउँसो निद्रा लाग्नु, तौल बढ्दै जानु, कब्जियत हुनु, महिनावारी गढबढी हुनु, कपाल झर्नु लगायतका लक्षण देखिन्छन् । ‘हाइपोर्डथाइराडिजम’ अवस्थामा यसको विपरीत लक्षण देखिन्छन् ।
जस्तैः मानिस उत्तेजित हुनु, मुटु ढुकढुक हुनु, पसिना आउनु, गर्मी सहन नसक्नुलगायत हुन्छ । यस्ता लक्षण देखिएमा थाइरोइडको शंका गर्न सकिन्छ । यसकारण आफ्नो शरीरको हरेक ६ महिनामा परीक्षण गर्नुपर्छ । थाइरोइड, मधुमेह परीक्षण गर्ने । यी दुई अहिलेको मुख्य समस्या भए । यससँगै विवाहपछि पनि सन्तान भइरहेको छैन, यौनजीवन सन्तुष्ट भएको छैन भने त्यससम्बन्धी हर्मोनको परीक्षण गर्नुपर्छ ।
यसरी गर्ने उपचार
थाइरोइडको कुरा गर्दा हाइपोथाइराडिजम भएको छ भने परीक्षण गरेर प्रमाणीत गर्नुपर्छ । हर्मोन कमी छ भने त्यहाँ हर्मोन सप्लिमेन्ट गर्नुपर्छ । हर्मोनसम्बन्धी रोगमा समस्या भनेको कि हर्मोन घटि हुने कि बढी हुने ।
जसमा बढी छ भने हर्मोन उत्पादन कम पर्नुपर्छ, कम छ भने हर्मोन सप्लाई गर्नुपर्छ । जस्तंै, थाइरोइडमा हाइपोथाइराडिजम भनेको हर्मोन कम हुनु हो, यसको लागि बाहिरबाट टि फोर हर्मोन सप्लाई गरेर समय समयमा परीक्षण गरेपछि हर्मोनको अवस्था ठिक गर्न सकिन्छ ।
तर, ‘हाइपोर्डथाइराडिजम’ अर्थात हर्मोन बढी छ भने हर्मोन कम पार्ने औषधि सेवन गर्नुपर्छ । अथवा यसको तीन किसिमको थेरापी हुन्छ ।
जसअन्तर्गत औषधि लिएर हर्मोन उत्पादन दबाएर राख्ने, यो औषधि लामो समयसम्म दिनुपर्ने हुन्छ । न्यूनतम १८ महिना भनिन्छ तर, कसैले पाँच वर्षमाथिसम्म औषधि लिएर कन्ट्रोल गरिरहेका छन् ।
दोस्रो रेडियो आयोडिन एभिलेसन भनिन्छ । जुन आयोडिनयुक्त झोल दिएर थाइरोइड ग्रन्थीलाई नष्ट गर्ने । तेस्रो, सर्जरी । थाइरोइड ग्रन्थीलाई नै झिकेर फाल्ने । त्यसैगरी, हर्मोन गढबढीले टाइप वान मधुमेह छ भने जीवनभरी इन्सुलिन नै दिनुपर्छ ।
टाइप टु मधुमेह छ भने सुरूवातमा जीवनशैली परिवर्तन गर्नुपर्छ, व्यायाम गर्ने, तनाव कम लिने, मोटोपना घटाउने । यससँगै अवस्थाअनुसार चक्की औषधि, इन्सिुलन प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । यसैगरी, ‘सेक्स हर्मोन’ गडबढ छ भने थोरै भएमा एडिस्नल हर्मोन दिनुपर्छ । जस्तैः पुरुषमा टेस्टेस्टोेरल कमी छ भने टेस्टेस्टोरल इन्जेक्सन नै दिइन्छ ।
टेस्टेस्टोरल इन्जेक्सनले पुरुषको प्रजनन् क्षमतामा ह्रास ल्याउँछ, स्पम प्रोडक्सन हुन दिँदैन यसकारण फर्टिलिटीको इस्यु आउन सक्छ ।
यदि टेस्टेस्टोरलको डिफिसियन्सी छ र फर्टिलिटिको इस्यु छ भने त्यसमा पनि दुई किसिमका औषधि हुन्छन् । कि टेस्टेस्टोरल इन्जेक्सन दिने वा एचसिजी (हुमन क्रियोनिक गोनाटोट्रोपीन) । यसैगरी, महिलामा हर्मोन डिफिसियन्सी छ, खासगरी, प्रजनन् क्षमता भएका महिलामा पोलिसिस्टिक ओभिरियन सिन्ड्रमको अवस्था आउनसक्छ । त्यो अवस्थामा कुनै हर्मोन बढी हुन्छ, कुनै कम हुन्छ । विशेषगरी इन्डोक्राइनमा यो हर्मोन ग्रन्थी÷ग्रन्थीमा बहन्छ ।
तर, यो हर्मोन निरन्तर एउटै लेभलमा बहदैन । हर्मोनको सर्ज भनिन्छ, एउटा सर्जमा निश्चित रुपमा बहन्छ ।
आवश्यकता अनुसार बहनु पर्नेमा यदि निरन्तर हर्मोन बह्यो भने त्यो हर्मोनले काम गर्दैन । पोलिसिस्टिक ओभरियन सिन्ड्रोममा गोनाटोट्रपीन हर्मोन हुन्छ । एलएच र एफएचएस । यो चाहि पिट्युटरी ग्रन्थीबाट निस्किन्छ । एलएच बढी हुनसक्छ एफएचएस थोरै हुन्छ । सँगै मोटापना भयो भने मोटोपनाले इन्सुलिन प्रतिरोध गराउँछ ।
इन्सुलिन प्रतिरोधले पनि एलएचको कामलाई बढाउँछ र रिलिज भएका हर्मोन एसएचबिजी (सेक्स हर्मोन बाइन्डिङ ग्लोबुलिन) उत्पादन कम हुन्छ र फ्रि हर्मोन बढी हुन्छ ।
प्रोटिनसँग यो हर्मोन जति बाइन्ड भयो त्यति हर्मोनले कम काम गर्ने हुन्छ । हर्मोन जति प्रोटिनबाट छुट्टियो त्यति बढी काम गर्ने हुन्छ ।
त्यस्तो अवस्थामा इन्सुलिन प्रतिरोध कम गराउने औषधि ‘मेटोफोरमिन’ हुन्छ । कुन हर्मोन गडबढी भएको हो सोहीअनुसारका औषधि आवश्यक हुन्छ ।
सहज छैन औषधी उपचार
नेपालमा हर्मोन गडबढीको सबै औषधि सजिलै उपलब्ध हुने अवस्था छैन । विशेषगरी, डाइग्नोस हुने दुईवटा अवस्था होः मधुमेह र थाइरोइड । त्यसबाहेक थोरै मात्रामा पोलिसिस्टिक ओभेरियन सिन्ड्रम पनि हो । त्यसको केही हदसम्म उपचार छ । सेक्स हर्मोन डिभिसियन्सी भएका अवस्थामा पनि केही उपचारहरू छ । हड्डी खिइने समस्याहरूको केही औषधि छन् । तर, विभिन्न किसिममा आवश्यक टेस्टहरु उपलब्ध छैनन् । डाएग्नोसिस समेत सहज तरिकाले हुन पाइरहेको छैन । जसको औषधि पनि अभाव नै छ ।