ल्याप्रोस्कोपीबाट शल्यक्रिया गर्दा यस्ता फाइदा ? (भिडियोसहित)



Download our app to get more features

ल्याप्रोस्कोपीको प्रभावकारिता पछिल्लो समय बढ्दै गएको छ । विशेष गरी शरीरको भित्री अंगहरूको सल्यक्रिया गर्नुपरे यो प्रविधि प्रभावकारी र सहज हुन्छ । ल्याप्रोस्कोपी के हो र यसका फाइदा के के छन् ? इन्डोस्कोपी गाइनोकोलोजिष्टका विषयमा डा. रंगिना शाहसँग गरिएको कुराकानी ः–

के हो, ल्याप्रोस्कोपी शल्यक्रिया ?
ट्युमर वा अन्य समस्या भएको स्थानमा उपकरणको सहायताले एक सेन्टिमिटरको प्वाल पारिन्छ । त्यही प्वालबाट क्यामेरा छिराइ त्यसको अवस्था हेरी आवश्यक उपकरणमार्फत सल्यक्रिया गर्ने प्रविधि ल्याप्रोस्कोपी हो । एउटा प्वालबाट दुई, तीन ठाउँमा पनि सल्यक्रिया गरिन्छ । 
 

स्त्रीरोग उपचारमा अझै प्रभावकारी 
यो प्रविधिले उपचार गर्न मात्र हैन् रोग पत्ता लगाउन पनि सहज हुन्छ । महिलामा तल्लो पेट दुखेमा त्यहाँ केही समस्या भएमा पहिचान गर्न यो प्रविधि निकै प्रभावकारी मानिन्छ । बाँझोपनको अबस्थामा बच्चा किन बसेन ? डिम्बासयको अबस्था कस्तो छ ? नलीको अबस्था कस्तो छ ? नली खुल्ला छ की छैन् ? आदि समस्या पहिचान गर्न यो प्रविधि प्रयोग गर्न सकिन्छ । 
ल्याप्रोस्कोपी सल्यक्रियाका फाइदा 
पुरानो प्रक्रियाबाट सल्यक्रिया गर्दा भन्दा ल्याप्रोस्कोपीबाट सल्यक्रिया गर्दा धेरै फाइदा हुन्छ । 

  •     घाउ सानो हुने भएकाले दुखाई कम हुन्छ । 
  •    घाउ पाक्ने, संक्रमण हुने सम्भावना न्युन हुन्छ ।
  •     अस्पताल धेरै दिन बस्नु पर्दैन् ।
  •     सल्यक्रिया गरेको ४–५ दिनमै बिरामीले नियमित काम गर्न सक्छ । 
  •     बिरामीमा अन्य जटिलता आउने, रगत खेर जाने हुँदैन् ।
  •     घाउ पाक्ने डरले खानामा धेरै मुख बार्नु पर्दैन ।  

यो प्रविधि कत्तिको महंगो छ ? 
सुरुमा अलि महंगो जस्तो लागे पनि यो प्रविधि पुरानो तरिकाले गरिने सल्यक्रिया जस्तै पर्छ । किनकी सल्यक्रियाको लागि मात्रै यसमा प्रयोग हुने औजार अलि महंगो भएकाले खर्च बढी जस्तो लाग्छ । तर सल्यक्रियापछि अस्पताल बस्नु पर्ने, खानपान, अन्य समस्यामा लाग्ने खर्च जोड्दा उस्तै पर्न आउँछ । 

धेरै मानिस विश्वस्त हुन सकेका छैनन् नी ?
हो, ल्याप्रोस्कोपीप्रति अझै पनि मानिसमा धेरै भ्रम छ । विकसित देशहरुमा धेरै अगाडी प्रयोगमा आएको यो प्रविधि नेपालमा भने निकै पछि भित्रिएको हो । त्यसमा पनि सल्यक्रियापछि बिरामीलाई त्यति धेरै गाह्रो नहुने, घाउ सानो हुने भएकाले पनि यसबाट पूर्ण निको हँुदैन की ? पुनः सल्यक्रिया गरिहाल्नु पर्छ की ? लगायतका शंका उब्जने गरेको पाइन्छ । महंगो हुन्छ भन्ने जस्ता भ्रमले पनि ल्याप्रोस्कोपी प्रति मानिसको सही धारणा बन्न सकेको छैन् । यद्यपि, यसको महत्व फैलने क्रम पनि जारी छ । 

यो प्रविधिबाट सल्यक्रिया गर्दा समस्या दोहोरिन्छ र ?
होन, यो प्रविधि या पुरानो तरिका जुन सुकैबाट गर्दा पनि दोहोरीन सक्छ । पहिले जे कारणले भयो पछि त्यही कारण भएमा दोहोरीने हो । ल्याप्रोस्कोपी सर्जरीबाट ठुला ठुला ट्युमरहरु निकालिएको उदाहरण छ । विकशित देशमा रोबोटिक सर्जरी समेत आइसकेको छ ।
 

भिडियो हेर्नुहोस्

Last modified on 2019-07-05 08:33:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts