भारतकी छोरी नेपालकी बुहारी: नेपाली भाषा नजान्दैदेखि सेवा

What's This?


Download our app to get more features

काठमाडौं, ११ असार । काठमाडौं घुम्न आउने जो–कोही पनि एकपटक अवश्य पुग्ने स्थान हो जावलाखेलस्थित चिडियाखाना ।

यो चिडियाखाना पुग्नुअघि एउटा नाम चलेका अस्पताल आउँछ, जसको नाम हो अल्का अस्पताल ।

तर, यो अस्पतालले बिरामीको उपचार मात्रै गर्दैन अल्का आइभिएफ सेन्टरमार्फत हजारौँ दम्पतीलाई सन्तान सुखको अनुभूति गराइसकेको छ ।

यो अनुभूति गराउने अभियानमा लागेकी छिन् डा. नूतन शर्मा । 

डा. शर्मा स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ तथा ल्याप्रोस्कोसपक सर्जन हुन् । साथै उनी भारतीय मूलकी छोरी तथा नेपाल बुहारी हुन् ।

उनले अल्का आइभिएफ सेन्टर खोलेको १० वर्ष भइसकेको छ भनेनेपालमा आएर सेवा गरेको १५ वर्ष पुगेको छ । हालसम्म उनको आइभिएफ सेन्टरबाट सबै प्रकारको निःसन्तानपनाको उपचार हुने उनी दाबी गर्छिन् ।

भारतको मुम्बईमा जन्मेकी डा. शर्माले भारतको कानपुर युनिभर्सिटीबाट एमबिबिएस पूरा गरेकी छिन् ।

यस्तै मुम्बईको महाराष्ट्र युनिभर्सिटीबाट डिप्लोमा इन गाइनोक्लोजी एन्ड अब्सटेटिक्स पूरा गरेकी छिन् । उनले बंगलादेशको ढाका युनिभर्सिटीबाट एमएस र ढाकाबाटै एमसिपिएस र डिप्लोमा इन अल्टासाउन्ड गरेकी छिन् । 
सिंगापुरबाट एड्भान्स आइभिएफ ट्रेनिङ र भारतबाट फेलोसिफ इन आइभिएफ गरेकी छिन् । 

बुबाले देखाएको बाटो
डा. शर्मा आफ्नै इच्छाशक्तिका कारण डाक्टर बनेको बताउँछिन् ।

उनले बाल्यकाल सम्झँदै भनिन्, ‘मेरो बाबाले मलाई सधैँ भन्नुहुन्थ्यो– मेरी बेटी डाक्टर बनेगी, मेरी बेटी डाक्टर बनेगी...,’ उनले थपिन्, ‘मलाई पनि डाक्टर हुने रहर थियो ।

परिवार र आफ्नो इच्छाका कारण आखिर डाक्टर भएरै छोडेँ ।’ 

निःसन्तान महिलाका पीडा सुनेर यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको उनी बताउँछिन् ।

भारतमा डिप्लोमा गर्दा अस्पताल आउने निःसन्तान महिलाका पीडाले यस क्षेत्रमा केही गर्न घच्घच्याएको उनले सुनाइन् ।

नेपालको परिप्रेक्ष्यमा अझै सन्तान नभएकी महिलालाई फरक दृष्टिले हेर्ने उनको भनाइ छ । 

१० वर्षे यात्रामा सबैभन्दा खुसीको क्षण 
बाँझोपनमा काम गरेको दश वर्ष बितिसक्दा उनी एउटा घटनाले असाध्यै खुसी भएको बताउँछिन् ।

उनले भनिन्, ‘दुःखी त कहिल्यै हुनुपरेन । खुसीको एउटा घटनामा म बिर्सन सक्दिनँ । केही महिनाअघिको मात्रै घटना हो ।

५४ वर्षकी एक महिला जसले महिनावारी सुकेको चार वर्षपछि जुम्ल्याहा बच्चा जन्माइन् ।’

ती महिला डा. शर्मासँग सल्लाह लिन पुगेकी थिइन् । महिलाको महिनावारी पुनः सुचारु गरी टेस्टट्युब बेबीको प्रयास गरिएको थियो । यो प्रयास पहिलोपटकमै सम्भव भएको उनले बताइन् । शर्माको यस

सेन्टरमा विदेशीदेखि विदेशमा बसोवास गर्ने नेपालीसमेत सेवा लिन आउँछन् । 

डा. शर्मा वैवाहिक जीवनमा प्रवेश गरेपछि मात्रै नेपाल आएकी हुन् । उनले प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट काम सुरु गरेकी हुन् ।

उनले भनिन्, ‘त्यसबेला धेरै गाह्रो भयो । न मलाई बिरामीले बुझ्थेँ, न म बिरामीलाई नै बुझ्थेँ । अंग्रेजी र हिन्दी बुझ्ने बिरामी अहिले त छैनन् त्यसबेला कसले बुझ्नु ?’  

काठमाडौंमै हराएँ
कुराकानीकै क्रममा डा. शर्माले एउटा रमाइलो, तर पीडादायी घटना सुनाइन् । एक दिन काम सकेर जब उनी माइक्रोबस चढेर डेरातिर फर्कंदै थिइन्, कहाँ ओर्लने भन्ने नजान्दा हराएको सुनाइन् ।

डा. शर्माले हाँस्दै भनिन्, ‘घर पत्ता नलागुन्जेल मुजे कहाँ जाना हे भन्दै रुँदै हिँडिरहेँ ।’ 

अनि कहाँ पुग्नुभयो त ?’

उनले भनिन्, ‘मंगलबजारको गल्ली रहेछ ।’

परिवार
कुनै पनि सफलतामा परिवारको ठूलो हात हुने उनी विश्वास गर्छिन् । यो यात्रामा परिवारका सदस्य सबैको साथ रहेको उनले बताइन् । उनले भनिन्, ‘म डाक्टर भएँ बाबाका कारण ।

यो ठाउँसम्म आइपुगेँ श्रीमान्का कारण । अब नेपाली भाषामा कुनै समस्या पनि छैन ।

मलाई त अब भारतको भन्दा नेपालकै माया बढी लाग्छ ।’

हाम्रो डक्टर म्यागेजिनबाट

Last modified on 2019-06-26 17:07:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts