लापर्वाही गरे डेंगुले लिन्छ ज्यानः यसरी सावधानी अपनाऔं
अहिले डेंगुको संक्रमण बढेको छ । डेंगुकै कारण धेरैको ज्यान समेत गएको छ । डेंगुको संक्रमण बढी जसो फैलने समय अहिलेको (गर्मीको मौसम) हो । डेंगु कसरी सर्छ र बच्न के गर्ने ?
कन्सल्टेन्ट फिजिसियन डा.खेमराज भुसाल यस्तो सुझाब दिन्छन् ...
डेंगु एडिस एजिप्टाई र एल्वौपेक्टस नामक जातको डेंगु भाइरसद्धारा संक्रमित लामखुट्टेले टोके पछि सर्ने रोग हो । .यो भाइरस डेंगु १,डेंगु २,डेंगु ३ र डेंगु ४ गरि ४ प्रकारको हुन्छ ।
अन्य देशमा डेंगु धेरै पहिलेदेखि देखापरे पनि नेपालमा भने सन् २००४ देखि देखापरेको हो ।
नेपालको सन्दर्भमा डेंगुको संक्रमण बढी हुने समय अहिलेको समयलाई लिइन्छ । सकिदो गर्मी र आउँदो जाडोको समयमा लामखुट्टेहरु बढी सक्रिय हुने हुँदा डेंगुका बिरामी पनि बढेको पाइन्छ ।
डेंगुका धेरै लक्षण अन्य रोगका लक्षणसंग पनि मिल्ने भएकाले अधिकांश बिरामीले लामो समयसम्म पनि डेंगुलाई ज्वरो आएको मानि यसैको उपचार गरेर बसेको पाइन्छ । जसले गर्दा अन्त्यमा बिरामीको मृत्यू समेत हुने गरेको छ ।
डेंगुका लक्षणहरु निम्न छन्:
एक्कासी अत्याधिक ज्वरो आउनु ।
असाध्यै टाउको दुख्नु ।
हड्डी तथा जोर्नीहरुमा धेरै दुख्नु ।
वाक्वाकी लाग्नु ।
शरीरमा स–साना विविरा आउँनु ।
आँखाको गेडी तथा गेडी तथा आँखा वरीपरीको भाग दुख्नु ।
खाना मन नलाग्नु ।
पेट दुख्नु ।
जीउ आलस्य हुनु ।
रक्तश्राव हुनका साथै शरीरका विभिन्न ठाँउमा दाँगहरु देखिन, बेहोस हुनु ।
डेंगुबाट बच्ने उपाय:
डेंगुबाट बच्ने सबै भन्दा प्रमुख उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो ।
घर वरपर पानी जम्ने खाल्टाखुल्टी पुर्ने । पानी जम्ने भाडाकुडाहरु नराख्ने ।
पानी जमेको ठाउँमा जाँदा वा बस्दा शरीर डाक्ने कपडा लगाउने ।
पानीको ट्यांकीलाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने ।
यो लामखुट्टेले दिउँसो टोक्ने भएकाले दिउसो सुत्दा पनि झुल भित्र सुत्ने
डेंगु जुनसुकै उमेर समुहका मानिसलाई लाग्न सक्छ ।
डेंगुको संक्रमण भएका सबैलाई खतरा हुन्छ भन्ने पनि हैन तर पनि दोहोरिएर डेंगु लागेमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसकारण पनि यस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जानुपर्छ ।
प्रस्तुतीः सर्मिला थापा