अहो फेरी अर्को रेबिज बिरामी ? मनै खिन्न भयो !
मन खिन्न नहुन पनि कसरीरु नेपाल सरकारले एन्टी रेबिज खोप निशुल्क बिरतरण गर्दै आहिरहेको छ तर रेबिजको बिरामी देखिने क्रम भने रोकिएको देखिदैन। हालै तीन चार दिनको अन्तरालमा दुइ रेबिजका बिरामीहरु देखियो। गएको पाच महिनामा मात्र दर्जन भन्दा बढी रेबिजको बिरामीहरु देखियो। र अधिकांश बिरामीहरुले रेबिज बिरुद्धको खोप हुन्छ भनेर सुनेका पनि रहेछन।
यो पंक्तिकारले बिगत चार पाच बर्ष देखि रेबिज लागेका बिरामी वा बिरामीका आफन्तहरुसंग प्रतक्ष्य सम्बाद गरेको थियो, र यसको मुख्य उदेश्य भनेको निशुल्क खोप र उपचार निर्देशिका उपलब्ध हुँदाहुँदै पनि रेबिज संक्रमितहरु आउने क्रम किन जारी छ भनेर थाहा पाउनु थियो।
यो अनुसन्धान भन्दा अगाडी अथवा दश बर्ष अगाडिको तथ्यांकलाई पल्टाएर हेर्दा पनि बार्षिक टेकु अस्पतालमा औसतमा बाह्र देखि सोह्र जना रेबिजको कारणले भर्ना हुने गरेको देखिन्छ।
तर, अहिले त छ महिना नपुग्दै यो संख्या काटी सकेको देखिन्छ अथवा भनौ रेबिजको संख्या बर्षेनी बढ्दो क्रममा रहेको हो भन्ने प्रमाण हो।
कतिपयले त अस्पताल भर्ना नगरी घर फर्काउनेको गरेको छ, जुन यो उल्लेखित संख्यामा भने जोडेको छैन। यसै हिसाबले रेबिज बिरामी बढ्दै जाने हो भने नेपालले सन् २०३०मा रेबिज उन्मुलनको लक्ष्य पुरा हुने सम्भावना न्यून देखिन्छ। उसो भए किन रेबिज देखिने क्रम रोकिएन वा कम हुदै गएन होला त ?
यसको उत्तर थाहा पाउन वास्तमा कसैले चासो लिएको वा खोजिनीति गरेको भने पाहिदैन।
नेपालमा नीतिनिर्माताले पनि रेबिज निर्दे्शिका हुबहु बिदेशी निर्दे्शिकाको साभार गर्दा हाम्रो आफ्नो स्थानीय स्तरमा के कारणले रेबिज देखिने क्रम बढ्दो छ, र त्यसको समाधान कसरी गर्ने भन्नेमा स्वास्थकर्मीहरु बीच अन्यौता छाएको देखिन्छ, जसले गर्दा मोफसलमामा कार्यरत स्वास्थकर्मीहरुमा पनि दुबिधा देखिन्छन। यसको लागि हाम्रो देशको परिस्थितिमा आधारित राम्रो अनुसन्धान गरी उपलब्ध नतिजा प्रयोग गर्न सके मात्र नेपाल सुहाउदो निर्दे्शिका बन्ने वा बनाउन सकिनेछ।
यो पंक्तिकार झन्डै दुइ दशक टेकु अस्पतालमा कार्यरत रहदाको अनुभबलाई समेटेर हेर्दा रेबिज संक्रमित बढ्दै जानुमा यी कारण वा भ्रमहरु प्रमुख देखिएका छन
१० कुकर घरमा बस्छ त्यसैले खोप आवश्यक छैन।
त्यसो होइन, गाउघरतिर घरमा बस्दै आइरहेको कुकुर दिनभरी बाहिर जाने र अझ कहिले काहि केही दिन समेत नदेखिने गर्दछ, र त्यस्तो अवस्थामा त्यो कुकुर अरु बाहिरी कुकुरहरु वा जंगली जनावरको सम्पर्कमा आउन सक्ने सम्भावना हुन्छ। र घरको सदस्यलाई टोकेमा रेबिज संक्रमण सर्न सक्दछ। तर शहरमा अधिकांशले बाहिर जान नदिने भएकोले रेबिजको जोखिम भने न्यून हुने गर्दछ।
सानो कुकुरले टोकेको थियो त्यसैले खोप आवश्यक छैन।
गलत, कुकुरको बारेमा थाहा छैन भने सानो होस् वा ठुलो सुइ लगाउनु पर्दछ।
घाउ सानो थियो त्यसैले खोप आवश्यक छैन।
होइन, घाउ सानो भनेर खोप नलगाऊदा रेबिज संक्रमित भएर मृत्यु समेत हुने गरेको छ। त्यसैले खोप आवश्यक छ।
औषधी पसलमा गलत परामर्श दिदा।
नेपालमा बिशेष गरेर जहाँ चिकित्सकको उपस्थिति हुदैन, त्यहाँ औषधी पसलमा काम गर्नेहरुले नै घाइते हरुलाई परामर्श दिने गरेको पाहिन्छ। त्यसैले उनीहरुलाई जनावरको टोकाईको बारेमा समय समयमा बिशेष तालिम दिनु पर्दछ।
घाउ निको भैसक्यो खोप चाहिदैन। ९सानो घाउ भोलि पर्सि नै निको हुने गर्दछ
होइन, घाउ निको भैसकेको भएपनि यदी टोक्ने जनावर चिनिएन भने खोप लगाउनु पर्दछ।
टोकेपछि घरका परिवारले गाली गर्छ भनेर (बिशेष बालबालिका) वा आवश्यक नठानेर (बिशेष गरेर परिवाको पाका सदस्यहरु) घरको अरु सदस्यहरुलाई नभनेको।
बालबालिकामा कुनै घाउ देखिएमा वा शंका लागे तुरुन्त अभिभावकहरुले सोध्ने वा चासो लिने गर्नु पर्दछ, ताकी जनावरले टोकेको भए तुरुन्त खोप लगाउन सकियोस। परिवारका कसैलाई पनि कुनै जनावरले टोकेमा परिवारका सदस्यहरु बीच छलफल गर्ने वातावरण हुनुपर्दछ।
झारफुक गर्दा ठिक हुन्छ।
अधिकांश रेबिज बिरामी पहिले झारफुक गर्न गएको देखिन्छ। बिरामी पानी र हावा देखि डराउने भएकोले केही लागेको होला भनेर झारफुक गर्ने गरेको पाहिन्छ तर यसबाट रेबिज रोग निको हुदैन।
टिटानस सुइ लगाए, म दुक्क छु।
टिटानस सुइले रेबिज सक्रमणलाई रोक्दैन। त्यसैले जति सक्दो चाडो रेबिज बिरुद्धको खोप लगाउनु पर्दछ।
यी बाहेक अरु कारणहरु पनि हुन् सक्दछ। तर यी माथि उल्लेखित कारणहरुले गर्दा सबै भन्दा बढी रेबिज सक्रमण भएको र अन्तमा मृत्युबरण गर्नु परेको देखिन्छन।
तसर्थ यी समस्या र त्यसका समधानहरु बिना खाली निर्देशिकाहरु त्यो पनि बिदेशीहरुको अनुभबको आधारमा मात्र प्रकाशित गर्दै जाने हो भने, रेबिज देखिने यो रफ्तारलाई रोक्न सजिलो भने हुने छैन,र रेबिज निर्मुल गर्ने द्दण्घण् लक्ष्यमा पूर्ण बिराम नलाग्ला भन्न सकिदैन।