विश्व थाइराइड दिवस

थाइराइड सुन्नियो ? के हुन सक्छ कारण ?



Download our app to get more features

हिजो आज जनमानसमा थाइराइडको त्रास कुनै माहामारीकै रुपमा फैलिएको देखिन्छ । घर परिवार इस्टमित्र कसैमा थाइराइड देखिएको सुन्नेबित्तकै आत्तिएर  थाइराइड जचाउन आउने बिरामी को संख्या दिनानुदिन बढिरहेको देखिन्छ ।

थाइराइड कुनै रोग नभएर हामी सबैको घाँटीमा हुने  एउटा पुतली आकारको  ग्रन्थि हो र यस ग्रन्थिले निकाल्ने रसायनले   हाम्रो शरीरका  कोषहरुको दैनिक क्रियाकलापलाई सामान्य अवस्थामा राख्न मद्दत गर्छ । यस रसायनले हाम्रो मुटुको गति, श्वास प्रश्वास, शरीरको तौल , कोलेस्टेरोल , शरीरको तापक्रम , दिमागको ध्यान र एकाग्रता , निन्द्रा, त्यस्तै महिलाहरुमा महिनावारी आदिलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ । 

थाइराइड सुन्निएको कसरी चाल पाउने ?
साधारणतया थाइराइड बाहिरबाट हेर्दा देखिदैन र  थाइराइड सुन्निएको छ कि छैन भन्ने कुरा आफैले घाँटीमा छामेर, ऐनामा हेरेर अथवा कहिले काँही अन्जानवस कुनै अरु रोगको लागि भिडिओ एक्सरे, सी टि स्क्यान  वा  एम आर आइ गर्दा थाहा हुने गर्दछ ।
थाइराइड दुई किसिमले सुन्निने गर्दछ ( एउटा पुरै थाइराइड सुन्निने र अर्को चाँही डल्लो गाँठो जस्तो भएर सुन्निने ।
पुरै थाइराइड सुन्निने मुख्य गरेर स्वक्षम रोग या कुनै पनि किसिम को संक्रमणमा हुने गर्दछ र विभिन्न अनुसन्धानबाट पूरै थाइराइड सुन्निएको अवस्थामा थाइराइड क्यान्सर हुने सम्भावना एकदम न्युन देखिएको छ । चिकित्सकको सल्लाहमा औषधि खाएपछि सुन्निएको विस्तारै कम भएर जान्छ ।

यदि डल्लो गाँठो भएर सुन्निएको छ भने चाँही अलि बढि सचेत हुन जरुरी  हुन्छ र विभिन्न अनुसन्धानलाई आधार मान्दा के देखिन्छ भने डल्लो गाँठो भएर सुन्निएको अवस्थामा ९०५ गाँठोमा खासै डराउनु पर्ने अवस्था नदेखिए पनि १०५ गाँठोमा क्यान्सर देखिने गरेको छ  ।

थाइराइड  सुन्निएको चाल पाए के गर्ने ?
तुरुन्त चिकित्सक संग सल्लाह लिनु पर्दछ र चिकित्सकको सल्लाह बमोजिम रगतमा थाइराइड रसायनको मात्रा मापन गर्ने , भिडिओ एक्स रे गर्ने र आवश्यकता अनुसार सुन्निएको गाँठोबाट सुइको माध्यमले कोषहरु लिएर माइक्रोस्कोपमा हेरिने जाँच ( एफ एन ए सी ) गर्न सकिन्छ र एफ एन ए सी मा केहि खराबी देखिएमा थाइराइडको अप्रेसन पनि गर्नु पर्ने हुन सक्छ ।

अन्त्यमा थाइराइड आफैमा रोग होइन र आवश्यक भन्दा बढी त्रास मान्नुपर्दैन भन्ने जनचेतना समाजमा जगाउन जरुरी देखिएको छ र आफ्नो बारेमा आफै सचेत होऊ हल्ला को पछाडी नलागौ ।

Last modified on 2019-05-25 16:02:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts